Saturday, September 30, 2017

दलित आन्दोलनका हस्ती प्रतापराम - त्रिभुवनचन्द्र वाग्ले

विभेद बिरुद्ध अभियान - असोज १४ , प्रतापराम लोहारले नेपाली दलित आन्दोलनलाई सङ्गठित गरी गैरसरकारी संस्थामार्फत दलित उत्थानमा विशिष्ट योगदान दिनुभएको छ । त्यसैले समाज सेवा र राजनीतिमा सक्रिय लोहार समाज सेवाकै क्षेत्रमा बढी परिचित हुनुहुन्छ । नेपाली दलित आन्दोलनको सङ्गठित इतिहास भगत सर्वजित विश्वकर्माको नेतृत्वमा बागलुङमा ‘विश्व सर्वजन सङ्घ’ (२००३÷२००४ साल), काठमाडौँंमा सहर्षनाथ कपाली अध्यक्षताको ‘टेलर युनियन’ र धरानमा जदुवीर विश्वकर्मा (पण्डित), हीरालाल तथा टी. आर विश्वकर्माको सक्रियतामा गठित ‘नेपाल समाज सुधार सङ्घ’ (२००४) बाट सुरु हुन्छ । यी संस्था राजनीतिक प्रकृतिका थिए । त्यस्ता संस्था दर्ता गर्ने प्रचलन थिएन । नेपाली दलित आन्दोलनका तीन प्रकारका संस्थागत प्रकृति देखिन्छ । पहिलो राजनीतिक दलित आन्दोलन, दोस्रो दलित सामाजिक प्रतिरोधात्मक अभियान र तेस्रो दलित गैरसरकारी सामाजिक सङ्घ संस्था परिचालन । यीमध्ये प्रतापराम लोहारले दलित गैरसरकारी सामाजिक सङ्घसंस्था परिचालनलाई प्रमुख महìव दिनुभए पनि राजनीतिक र सामाजिक दुवै आन्दोलनमा उहाँको योगदान छ । 
वि.सं. २०३४ मा “नेपाल राष्ट्रिय दलित जनविकास परिषद्” लाई सामाजिक सेवा समन्वय परिषद् (हालको समाज कल्याण परिषद्मा) दर्ता गराउने प्रसङ्गमा परिषद्ले समाजमा नयाँ मुलुकी ऐन (२०२०) लागू भइसकेको अवस्थामा कसैले पनि आफूलाई सानो÷ठूलो जातिको सम्झन हँुदैन भन्दै ‘दलित’ शब्द नहटाएसम्म ‘नेपाल राष्ट्रिय दलित जनविकास परिषद्’ लाई सामाजिक सेवा समन्वय परिषद्मा दर्ता गर्न दिइएन । 
वरिष्ठ दलित नेता तथा पूर्व सहायक मन्त्री प्रतापराम लोहारका अनुसार उहाँहरूको लामो प्रयासपछि २०३९ सालमा राजदरबारका तत्कालीन प्रमुखसचिव रञ्जनराज खनालले एक दिन नेता लोहारलाई फोन गरी एक घण्टाभित्र उहाँको अध्यक्षतामा सिद्धबहादुर खड्गी, हीरालाल विश्वकर्मा र टि.आर विश्वकर्मा सदस्य रहने गरी नामै तोकेर सङ्गठन दर्ता गर्न लिखित निवेदन दिन सूचित गर्नुभयो । सो समितिमा प्रतापराम लोहारले हीरालाल कपाली (न्यूरोडका) र चन्द्र कपालीको नाम पनि समावेश गरी दरबारमा निवेदन बुझाएपछि दरबारका मुख्यसचिवको तोक आदेशअनुसार नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ नामक संस्था जिल्ला प्रशासन कायलय काठमाडौँमा दर्ता भयो । सङ्घ संस्था दर्ता ऐन २०३४अनुसार काठमाडौँ जिल्ला प्रशासनमा २०३९ भदौ २९ गते दर्ता नं. ६ । ०३९।४० मा दर्ता भएको नेपाल राष्ट्रिय समाज कल्याण सङ्घलाई जिप्रका काठमाडौँँको मिति २०५० साउन १० को निर्णयअनुसार संस्थाको नाममा ‘दलित’ शब्द थप गरी ‘नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ’ नामाकरण गरिएको हो । 
यसरी दलित सामाजिक संस्था आधिकारिक रूपमा दर्ता गर्न प्रतापराम लोहारको योगदान रह्यो । पछिल्लो जानकारीअनुसार, हाल यस सङ्घका ७२ जिल्ला शाखा छन् । यस संस्थाले अन्तर्राष्ट्रिय दातृ संस्थाको सहयोगमा विभिन्न जिल्लामा नेपाल छात्रवृत्ति कार्यक्रम, पाँच जिल्लामा आधारभूत शिक्षा परियोजना र अन्य केही जिल्लामा आयमूलक तथा शिक्षामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । सङ्घबाट छात्रवृत्ति पाएका विद्यार्थी चिकित्सक, इन्जिनियरदेखि सांसद् र मन्त्री बनेका छन् भने ठूलो सङ्ख्यामा नर्स र मध्यमस्तरका स्वास्थ्यकर्मी उत्पादन भएका छन् । सङ्घले अमेरिकन, युरोयिनलगायतका परियोजनाको साझेदारीमा कृषिमूलक, आम्दानी र स्वरोजगारका कार्यक्रम सञ्चालन गरेको छ । यसको श्रीगणेश गर्ने श्रेय प्रतापराम लोहारलाई नै जान्छ । 
वि.सं. २००१ भदौ २४ गते महाकाली अञ्चलको दार्चुलास्थित छापरी, मलेरामा जन्मनु भएका प्रतापराम लोहारमा रहेको प्रजातन्त्रप्रतिको आस्थाले भित्रीरूपमा नेपाल राष्ट्रिय दलित समाज कल्याणलाई नेपाली काँग्रेसकै मातृसस्ंथाका रूपमा स्थापित गर्नुभयो । अहिले नेपाली काँग्रेसमा रहेका अधिकांश दलित नेता कुनै न कुनै कालखण्डमा उक्त सङ्घमा आबद्ध थिए र यसबाट ठूलो आर्थिक र राजनीतिक संरक्षण पाएका थिए । पञ्चायतविरुद्ध कुनै कार्यक्रम गर्न नपाइने बेलामा सो सङ्घमा आबद्ध भएर विभिन्न मञ्चमा अधिकारका कुरा उठाएको वरिष्ठ दलित नेता (स्व) पदमसिंह विश्वकर्माले बताउनु भएको सन्दर्भ यहाँ उल्लेखनीय हुनेछ । यसरी नै आर्थिक संरक्षण दलित नेताले पाएका थिए । खासगरी काँग्रेसले । 
यसका साथै लोहारले जन्म जिल्ला दार्चुलाको तत्कालीन धारी गाउँ पञ्चायतमा स्थानीय बासिन्दाबाट विद्यालयका लागि करिब १२० रोपनी जग्गा प्राप्त गरी श्री बहुउद्देश्यीय निम्न माध्यमिक विद्यालय बारबाँजको नाममा दर्ता गराई १६ कोठे विद्यालय भवन निर्माण गराउने कामको नेतृत्व गर्नुभएको थियो । उहाँको नेतृत्वमा सो जग्गामा श्रमदान जुटाएर चारैतिर पर्खालले घेरी खेती गर्ने उद्देश्यले कुलो निर्माण गरिएको थियो । उहाँले श्री बहुद्देश्यीय जनविकास निम्न माध्यमिक विद्यालय बारबाँज संस्थापक अध्यक्ष तथा जिल्ला शिक्षा समितिको सदस्य पदमा रहेर १२ वर्ष काम गर्नुभएको थियो । वि.संं. २०२२ देखि २०३४ सम्म दार्चुला जिल्लाका विभिन्न दुर्गम स्थानमा उहाँले विकास निर्माणका काम अगाडि बढाउनु भएको थियो । 
वि.सं. २०३४ मा गाउँफर्क अभियानको महाकाली अञ्चल सदस्य–सचिव हुनुभएका उहाँ बहुदलीय प्रजातान्त्रिक व्यवस्था पुनः स्थापनापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) को केन्द्रीय सदस्य हुनुभयो । राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा उहाँ सहायकमन्त्री बनाइनुभयो । यसपछि प्रतापराम लोहार काँग्रेसमा प्रवेश गर्नुभयो । यसअघि केही कालखण्डमा बाहेक उहाँ काँग्रेस नै हुनुहुन्थ्यो । पुनः प्रवेशपछि उहाँलाई तत्कालीन पार्टी सभापति सुशील कोइरालाले नेपाली काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गर्नुभयो । 
समाजसेवातर्फ उहाँले नेपाल रेडक्रस सोसाइटी जिल्ला समिति दार्चुलाको सचिव, विद्यालय सञ्चालक समितिका सदस्यलगायत विभिन्न सामाजिक सङ्घसंस्थाका विभिन्न पदमा रहेर सामाजिक कार्य गर्नुभएको थियो । सामाजिक सेवा भावनाको कदर गर्दै उहाँलाई तत्कालीन राजाबाट २०३२ सालमा आदर–पत्र बक्स भएको थियो । नेपालका दलित समुदायको सेवा गरेबापत वि.सं.२०५३ मा भारतीय दलित एकेडेमीले डा. अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कारले सम्मानित गरेको छ । उहाँले नेपालका करिब ७० जिल्लाका साथै भारत, बङ्गलादेश, हङकङ, थाइल्याण्ड, जापान, फ्रान्सको भ्रमण गर्नुभएको थियो । गोरखापत्र बाट साभार 

मुस्लिम यूवकसँग प्रेम गरेको भन्दै ‘जातीय’ बहिष्कार

विभेद बिरुद्ध अभियान - असोज १४ –मुस्लिम युवकसँग प्रेम गरेको भन्दै धनगढीमाई नपा-२ की १८ वर्षीया रमिता सदायलाई स्थानीय सदायहरूले एक हप्तादेखि सामाजिक बहिष्कार गरेका छन् ।दलित समुदाय भित्रकै करिव ४० घर परिवार रहेको सदाय समुदायले पीडितलाई उनकै घरमा नाकाबन्दी गरेर राखेका छन् भने गाउँमा पानी खानसमेत दिइएको छैन ।
आफ्नै घर छेउमै रहेको सार्वजनिक ट्युवेलमासमेत पानी प्रयोग गर्न दिइएको छैन । रमिताले घर छेउको पानी प्रयोग गर्न नपाएपछि एक किलोमिटरको दुरीमा रहेको चौधरी गाउँबाट पानी ल्याएर गुजारा चलाइरहेकी छन् । उनलाई अरूको घरमा जान र अरू पनि उसको घरमा जान र बोल्न प्रतिबन्ध लगाइएको छ ।गाउँका अगुवा ५५ वर्षीय श्यामसुन्दर सदाय र उनकी ४७ वर्षीया पत्नी पलासदेवी सदायको अगुवाइमा युवतीलाई सामाजिक बहिष्कार गरिएको जनाइएको छ ।
आफूलाई हरूवाचरूवाहरूको जिल्ला सचिवको परिचय दिने श्यामसुन्दरले प्रधानमन्त्री यस गाउँमा आएपनि आफूले गरेको निर्णयफिर्ता नलिने बताएका छन् । र, उनले गाउँका कसैले पनि रमितालाई पानी दिए उनीहरूलाई पनि सामाजिक बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
धनगढीमाई नगरपालिका-२ धनगडा बस्ने मुस्लिम युवक मो. नसिरसँग प्रेम गरेकी युवती ८ महिनाको गर्भवतीसमेत छिन् । तर, युवतीलाई गर्भवती बनाएर मो. नसिर हालसम्म फरार रहेका छन् । आमा नभएकी रमिताका बाबु कुस्मा सदाय बिरामी छन् । दाजु भाउजूसँग बस्दै आएकी रमितालाई घरमा नराख्न उनका दाजु सञ्जित सदायलाई गाउँलेले ठूलो दबाव दिएका छन् ।
पीडितको छिमेकमा रहेकी सोमनी सदायकी ६ वर्षीया छोरी श्यामा सदा रमिताको घरमा जाँदासमेत श्याम सुन्दरले आफूलाई गाली गरी धम्क्याएको सोमनीले बताइन् ।
सिरहाका मानव अधिकारकर्मीहरूसहित राष्टिय मानव अधिकार आयोग जनकपुरका अधिकृत दिप यादवलगायतको टोलीले असोज ११ गते घटनाको अनुगमन गरेको छ ।
मानव अधिकार संरक्षण केन्द्र सञ्जालले आरोपितहरू श्यासुन्दर सदाय र पलास सदायविरूद्ध इलाका प्रहरी कार्यालय लहानमा असोज ११ गते उजुरी दिएर कारबाहीको माग गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी नरेशराज सुबेदीका अनुसार घटनाको अनुसन्धान गरी आरोपितलाई कारबाही गरिनेछ ।

Friday, September 29, 2017

सामाजिक सुरक्षा भत्ताको चेक बोकेर वडा सचिव प्रेम नेपाली बेपत्ता

विभेद बिरुद्ध अभियान - असोज १३- पाल्पा - पाल्पाको रम्घा गाउँपालिका–४ हुँमिनका वडा सचिवले चेक बोकेर सम्पर्कमा नआएपछि सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन । वडा सचिव प्रेम नेपालीले असोज ९ गते रम्भा गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ताको करिब रु १७ लाखको चेक बोकेर कार्यालयको सम्पर्कमा नआएपछि सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेको वडाध्यक्ष भोजबहादुर विश्वकर्माले बताउनुभयो ।
गाउँपालिकाबाट चेक बुझेपछि पटकपटक फोन गर्दासमेत सचिवले अध्यक्षको फोन उठाएनन् । असोज १० गतेसम्म अध्यक्षको फोन नउठेपछि दशैँमा ज्येष्ठ नागरिक, एकल महिला तथा दलित बालबालिकाले भत्ता बुझ्न नपाएको गुनासो छ ।
सामाजिक सुरक्षा भत्ता कहिले वितरण गर्ने हो भनेर वडा कार्यालयमा आउने ज्येष्ठ नागरिकलाई रित्तै फर्काउन बाध्य भएका छन् । हुमिनकी ८६ वर्षीया जमुना श्रेष्ठले दशँैअघि भत्ता बुझ्न पाएको भए केही खर्च गर्न राहत हुने बताउनुभयो ।
दशैँमा हुमिनमा सामाजिक सुरक्षा भत्ता वितरण हुने सम्भावना देखिएन । असोज ९ र १० गतेसम्म तानसेन रहेका वडासचिव कार्यालयमा हाजिर नभएपछि भत्ता वितरण गर्न नसकिएको हो । जिल्ला सदरमुकाम तानसेनदेखि वडा कार्यालय हुमिन एक डेढ घण्टामा नै पुगिन्छ ।
सरकारी मोटरसाइकलसमेत लिई सम्पर्कमा नआउँदा थप समस्या देखिएको स्थानीय बासिन्दा बताउँछन् । घर गएपछि यहाँ दलित बालबालिका, ज्येष्ठ नागरिक र एकल महिलाले भत्ता पाउन नसक्दा दुखेसो पोखेका छन् । स्थानीय बालकुमारी श्रेष्ठले आँखाले राम्रोसँग देख्नु हुन्न, कानले सुन्नुहुन्न, तर दशैँमा भत्ता पाए चामल किनेर खाने बताए पनि भत्ता बुझ्न पाउनु भएन ।
रम्घा गाउपालिका–४, हुमिनमा ५२ जना दलित समुदायका सहित १८२  जना ज्येष्ठ नागरिक, ५७ जना एकल महिला, र ४५ जना दलित बालबालिका रहेको कार्यालयले जनायो । वडाध्यक्ष भोजबहादुर विश्वकर्माले असोज १० गतेसम्म सचिवले सम्पर्क नगरेको र सम्पर्कमा नआएपछि दशैँपछि भत्ता वितरण अध्यक्षको उपस्थितिमा हुने बताउनुभयो ।
चार महिनामा ज्येष्ठ नागरिकले आठ हजार, एकल महिलाले चार हजार, ज्येष्ठ दलितले चार हजार र दलित बालबालिकाले रु दुई हजार ४०० प्रतिव्यक्ति सामाजिक सुरक्षा भत्ता बुझ्छन् ।

सुनसरीकी अन्जु परियार ११ महिना देखि ओमानको एक घरमा बन्धक

विभेद बिरुद्ध अभियान, असोज– १३  । वैदेशिक रोजगारीको क्रममा ओमान पुगेकी एक नेपाली चेलीले आफूलाई उद्दार गर्न र नेपाल फर्काउन आग्रह गरेकी छिन् । सुनसरी जिल्लाको झुम्का घर भएकी अन्जु परियार ११ महिना अघिदेखि ओमानको एक घरमा बन्धक बनेर घरेलु कामदारको रुपमा कामगर्न बाध्य बनाइएकी छिन् ।
आर्थिक अवस्था कमजोर भएपछि वैदेशिक रोजगारीको क्रममा कुवेत जान भनेर हिंडेकी परियारले आफूलाई झुक्याएर ओमानमा लगेर बेचेको आरोप लगाएकी छिन् । ओमानको एक घरमा काम गर्दै आएकी उनले आफूलाई चरम यातना दिइएको र घरेलु हिंसाको शिकार भइरहेकोले उद्दार गरी नेपाल फर्काउन आग्रह गरेकोे पिडित परियारलाई उद्दृत गर्दै कतार स्थित हाम्रा सम्वाददाता वि.वि खरेलले जनाएका छन् ।

पिडित परियारलाई करिव ११ महिना अगाडी इटहरी कि एक चिनजान गरेकी महिला मार्फत् दिल्ली एरपोर्टबाट श्रीलंका हुँदै ओमान पु¥याइएको थियो । ओमन लगेपछि आफूलाई ओमानको एक घरमा काम गर्नेगरी १२ सय रियालमा बेचिएको र आफू घरेलु मजदुरको रुपमा काम गर्न बाध्य पारिएको आरोप लगाएकी छिन् । आफूजस्तै झुक्याएर ओमानमा लगेर बेच्ने गिरोहको नाइके नेपाली महिला कृष्ण गुरुङ नाम गरेकी महिला आफ्नो परिवार सहित ओमनमा सलला घर नम्बर २१ मा बस्ने गरेको समेत उनले बताएकी छिन् ।

पिडित अन्जु परियारले उक्त महिला एजेन्ड कृष्ण गुरुङलाई फोन गर्दा ‘त्यही काम गर होइन भने साहुलाइ भनेर तलाइ ठिक पार्छु’ भनेर धम्की दिएको उल्लेख गरिन् । दैनिक १९ घन्टा घरायसी काम गर्नुको साथै खानसमेत नदिइ कुटपीट समेत गर्नेगरेको भन्दै उद्दारको लागि पहल गरिदिन आग्रह गरेकी छिन् ।

पिडित अन्जु परियारसँगै केही अन्य नेपाली महिलाहरु पनि ओमानको गरेलु कामदारको रुपमा बन्दधक भएको खबर पाएपछि कतारस्थित हाम्रा सम्वाददाता वि.वि खरेलले ओमानस्थित नेपाली राजदूतावास र नेपालका श्रम मन्त्री फर्मुल्लाह मन्सुरसँग सम्पर्क गरी जानकारी दिएको बताए ।

Wednesday, September 27, 2017

मुखमा थुक्थे, अहिले लुक्छन् : शारदा रेग्मी विश्वकर्मा

विभेद बिरुद्ध अभियान ११ असोज। महेन्द्र राजमार्गमा पर्ने बाँकेको कोहलपुरबाट करिब १०–१२ किलोमिटर पश्चिम जाँदा दाहिनेतर्फ एउटा सेतो बोर्डमा नेपाल सरकारको चिन्ह सहितको साइनबोर्ड देखिन्छ, जसमा लेखिएको छ, ‘वैजनाथ गाउँपालिका कार्यालय ।’ अनि तल धर्काले ‘दायाँतिर’ भनेर देखाइएको छ । गाउँपालिकाको भवन नयाँ र सुन्दर छ । भवन रहेको प्रांगण भने अझै सफा र दुरुस्त भएको छैन, जसले नवनिर्वाचित पदाधिकारीलाई जिम्मेवारी बोध गराइरहेझैं देखिन्छ । भवनभित्र एउटै कोठामा नवनिर्वाचित अध्यक्ष तथा उपाध्यक्षको दुइटा टेबल छन् । अध्यक्ष मानबहादुर रुचाल ठकुरीको सँगै रहेको उपाध्यक्षको टेबलमा रहेको नामले सहजै ध्यानाकर्षण गर्छ, ‘शारदा रेग्मी विश्वकर्मा– उपाध्यक्ष ।’
एकैछिनमा एक अधवैंशे, अनुहारले नै ब्राम्हण देखिने गोरी, हँसिली र अलि मोटो शरीरकी महिला आएर उपाध्यक्षको कुर्सीमा बसिन् । चिनजानपछि कुरा सुरु भयो । समाज जति परिवर्तन भए पनि ब्राम्हण तथा दलित भनिने जातिका बीचको वैवाहिक सम्बन्धलाई समाजले अझै मान्यता दिएको छैन । त्यसैले अनायास वार्ताले उनको उदाहरणीय ‘रेग्मी विश्वकर्मा’ थरतिरै बाटो लियो ।
कुरो २०४० सालतिरको रहेछ । पाल्पाबाट एक रेग्मी परिवार बर्दियाको बाँसगढी नजिकको एउटा गाउँमा बसाइँ सरेछन् । ती रेग्मीलाई जुन जग्गा मन पर्यो, सो जग्गा २०२८ सालतिरै जाजरकोटबाट तराई झरेका विश्वकर्मा थरका व्यक्तिको रहेछ । जग्गा किनबेचपछि छिमेकी बनेका विश्वकर्मा र रेग्मीका छोरा र छोरीबीच पनि चाँडै नै ‘मुटु लेनदेन’ भएछ । प्रेमिल हृदय आफूलाई प्रेम गर्नेको मुटुमा बास बसेपछि कुनै हालतमा बास फेर्दैन भनेझैं नन्द र शारदा पनि छुट्टिन नसक्नेगरी बाँधिएछन् । तर समाजले सहजै मान्ने कुरा भएन । उनीहरूले यो कुरा थाहा पाएका थिए । बरु समाजको साथ छाड्ने तर आफ्ना बाँधिएका हात नछाड्ने मनसाय भएको यो जोडी भारततिर पलायन भएछ ।
छोरीको बिहेलाई सहज रुपमा लिन शारदाको परिवारलाई निकै गाह्रो परेछ । रेग्मी परिवारले थातथलो सबै बेचबिखन गरेर कोहलपुरतिर बास सारेछन् । तीन महिनापछि नन्द र शारदा बर्दिया घर फर्के, घरको सहारा पाउने आशामा । तर नन्दका परिवार पनि अन्तर्जातिय बिहेबाट हुनसक्ने सम्भावित समस्याको भार उठाउने मनस्थितिमा देखिएन । नवविवाहित जोडीको समस्या जस्ताको तस्तै रह्यो । त्रसित, भयभित, भविष्यको अन्योल र समाजको सम्भावित हिंसाबाट प्रताडित जोडीले बास पाएनन् ।
नन्दकी बहिनी र नाताले शारदाकी नन्दको बिहे भएको गाउँ रहेछ बैजनाथ गाउँपालिका । नन्द र शारदाले त्यतै बसेर दुखजिलो गर्ने मनसाय गरे, नातेदारले सहयोगको हात बढाए । तर शून्यबाटको यात्रा सजिलो रहेन । शारदा र नन्द हरेक प्रकारको काम गरेर ज्यान पाल्ने अभियानमा संघर्ष गर्दै रहे । शारदाले हरेक प्रकारको मजदुरी र ज्यालादारी गरिन् । नन्द आफ्नो प्रकारले परिवारको जिम्मेवारी वहन गर्दै रहे । एकबाट दुई हुन पो गाह्रो, दुईबाट चार हुन समय लागेन । शारदा दुई छोराकी आमा पनि भइन् । घर चलाउन झनै गाह्रो हुँदैगयो ।
“दुःख, पीडा र अरुले गरेको अपमान सहन नसकेर म एकदिन दुइटा काखे बालक च्यापेर मर्छु भनेर हिँडें । पुलबाट दुइटै छोरासहित हाम्फाल्छु र यो दुःखी संसारबाट बिदा लिन्छु भन्ने मनसाय थियो,” सितिमिति कसैलाई नकहने मनभरिको बह उनले कहिन् । तर पुलमा पुगेपछि उनलाई कता–कता चेत आयो । “यी छोरा मेरा संघर्षका प्रतीक हुन् । यीनको जीवन समाप्त गरेको खण्डमा मैले गरेको संघर्ष र दुःखको कुनै अर्थ हुँदैन भन्ने लाग्यो, अनि सरक्क घर फर्कें ।”
घर फर्कंदैमा दुःखका दिन सकिनेवाला थिएनन् ।
“धेरै दुःख गरियो, भनेर साध्य छैन,” सम्झिन नचाही नचाही उनले आफ्ना दुःख सम्झिन् । एकपल्ट सुनसरीमा एउटा काम पाएर गइन् । जात ढाँटेर डेरामा बसेकी उनलाई सधैं आफ्नो जातको पोल खुल्ला भन्ने डर रह्यो । त्यसबेला बाढी पीडितलाई काउन्सिलिङ गर्न गएकी शारदा धेरै दिन त्यसरी आफैंलाई लुकाएर बस्न सकिनन् । एउटा दलित थरकी व्यक्तिलाई घरबेटीले गरेको व्यवहार देखेर उनको मन काँप्यो, फर्केर आइन् ।
तर, गाउँमा न त समृद्धि थियो न सुरक्षा । उनको माइतीका नातेदार धेरै टाढा थिएनन् । “कसैले बाटोमा भेट्दा मुखमै थुक्थे । मुखको थुक पुछेर आफूलाई बलियो बनाउनु पथ्र्यो,” थुकले दिएको चोट आलो भएझैं भयो उनलाई यो बताउँदा । तर अहिले उनीसँग तिनै नातेदार मुख लुकाएर हिँड्छन् ।
अहिले उनी बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष छिन् । दुवै छोराको बिहे भयो, चारजना नाति पनाति पनि छन् । छोरालाई भने उनले गैरजातिय बिहे गर्न प्रोत्साहन गरिनन् । दुवैले जातमै बिहे गरे ।
हालै निर्वाचित भएकी शारदाले दलित र पिछडिएका वर्गमा बसेर धेरै काम गरिन् । आफूले रोजेको पार्टी नेकपा एमालेको धेरै कमिटिमा बसेर पनि सक्रिय रहिन् । उनले पार्टीमा र जातिय मुक्तिका लागि गरेको कामको नालीबेली लगायो भने अर्को लामो कथा हुन्छ । तर जातिय आन्दोलनका क्रममा नौ वर्ष वैकल्पिक संसद चलाएको र त्यसबाट माग गरिएका कतिपय विषय अहिलेको संविधानमा समाहित भएको कुरा सुनाउँदा भने उनी प्रफुल्लित हुन्छिन् ।
संसार परिवर्तन भयो, जात–पातको भेदभाव धेरै कम भयो तर उनको पिताजीको जातिय भ्रम अझै फिक्का भएको छैन । “उपाध्यक्षमा विजयी भएपछि मेरा कर्मपिता तेज बहादुर खड्काले बुबालाई भेट्न जाने सल्लाह दिनुभयो । भेट पनि भयो तर आत्मियता भएन,” सुन्नेको पनि मन भरिएर आउने दुःख बिसाइन् शारदाले । त्यतिमात्र होइन, करिब १२ किलोमिटर पर बसेका बुबाले हालैको तीजमा ३–४ सय महिला नातेदारलाई बोलाएर दर खुवाए तर उनको नामको निमन्त्रणा आएन । बुबाले जस्तो गरेपनि आमा र दाइसँगको सम्बन्ध सुध्रेको छ, उनले त्यसमै चित्त बुझाएकी छिन् । आफूलाई सहारा दिने तेज बहादुर खड्का, नर बहादुर सुनार, ध्वजवीर लोहार, कुन्ती खड्का, शान्ता बस्नेत, रत्ना बस्नेत आदि नै उनका नजिकका नातेदार अनि बैजनाथका बासिन्दा सबै उनको परिवार बनेको छ ।
“मैले दुई थरीको दुव्र्यवहार भोगेकी छु, एउटा दलित हुँदाको र अर्को दलितसँग सम्बन्ध गाँस्ने ठूलो भनिने जातको चेली हुँदाको । मलाई दलित अधिकारको लागि लड्न यो भन्दा ठूलो बल अरु केही चाहिएन । अधिकारको मेरो लडाइँ अझ अघि बढ्छ,” शारदा रेग्मी बिकले कमरेडी जोसका साथ कुराको बिट मारिन् ।बाह्रखरीमा खबर छ ।

Tuesday, September 26, 2017

अन्तरजातीय विवाह गराई दिएको भन्दै शिक्षकलाई जागिर बाट निष्काशन , घरमा तोडफोड र आगजनी

नरी बडु- विभेद बिरुद्ध अभियान - असोज १० - शिवनाथ गाँउपालिका-६ कनालीका विस्थापित शिक्षक करन रानाको घरमा अज्ञात व्यक्तिले आगजनी र तोडफोड गरेको प्रहरीले जनाएको छ ।गैरदलित परिवारकी छात्रा दलित केटासँग विवाह गरेपछि विद्यालय व्यवस्थापन समितिले निष्काशन गरी गाँउबाट विस्थापित भएका शिक्षकको घरमा असोज ७ गते बेलुका आजगनी गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको हो ।
गैरदलित छात्रालाई दलित केटासँग विवाह गर्न शिक्षक करन रानाकी पत्नी शिक्षिका राजु रानाले सहयोग गरेको स्थानीयको आरोप छ ।राजु राना स्थानीय कृष्ण निमाविमा शिशु कक्षा पढाउने शिक्षिका हुन् भने उनका पति करन राना हिरापुर मावि कनालिमा निमाविमा राहात कोटाबाट अध्यापन गराउँदै आएका थिए । १३ वर्षीया छोरी र नौ वर्षीय छोरालाई लिएर सदरमुकाममा विस्थापन जीवन बिताइरहेका पीडितको घरमा आगजनी गरेपछि धनमाल र लत्ताकपडा सबै जलेका छन् ।
“उपल्लो जातिको छोरीलाई तल्लो जातिको केटासँग भगाउनमा तेरो र तेरो पत्नीको हात छ भन्दै मलाई गाँउबाट विस्थापित गरियो ।”-रानाले भने । न्यायको लागि महिनौँदेखि राना परिवार सदरमुकाममा बस्दै आएका छन् ।
“नयाँ घरमा आगजनी गर्‍यो भनेर आफन्तले खबर गरे, सबै सम्पत्ति र लत्ताकपडा घरभित्रै थियो ।”-रानाले दोहोर्‍याए ।
न्यायको लागि पहल गरिदिन भन्दै उनले इन्सेक जिल्ला प्रतिनिधिलाई असोज ३ गते निवेदन दिएका थिए । इन्सेक प्रतिनिधिले जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रमुखसँग भेट गरी घटनाको बारेमा बुझ्दा जिल्ला शिक्षा कार्यालयले शिक्षकलाई स्थापित गर्ने प्रतिवद्धता जनाएको थियो ।
विस्थापित करन रानको घरमा आगो लगाउने व्यक्तिहरूको खोजी कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका इन्स्पेक्टर सुरेन्द्र वमले बताए ।
आफ्नै गाँउबाट विस्थापित भई जिल्ला सदरमुकाम शाहिलेकमा बस्दै आएका ३५ वर्षीय करन राना र ३० वर्षीया पत्नी राजु रानाले स्थानीय गैरदलित समुदायकी छात्रा र दलित समुदाय भगाउनमा आफ्नो कुनै हात नरहेकेा बताउँदै आएका छन् ।
एक महिना संम्म सम्पर्कविहीन बनेका गैरदलित समुदायकी छात्रा र दलित समुदायका केटा ०७३ चैतको अन्तिम साता सम्पर्कमा आएका थिए । छात्राले दलित केटासँग आफूखुशी गएको प्रहरी समक्ष बयान दिएपनि केटीको उमेर २० वर्ष नपुगेकाले उनलाई आ-आफ्नो परिवारको जिम्मा लगाइएको थियो ।
सोही घटनापछि शिक्षक दम्पति र उनका छोराछोरी विस्थापित भएका हुन् । गैरदलित समुदायले आफूहरूलाई गाँउमा आए मार्ने धम्की दिने गरेको पीडित शिक्षक रानाले गुनासो गरे । शिक्षा नियमावली अनुसार कुनै अपराध विना शिक्षकलाई निष्कासित गर्न नपाइने भएपनि व्यवस्थापन समितिले भने नियमावलीको अवज्ञा गर्दै शिक्षकलाई निष्कासित गरेको थियो । गाँउलेहरूले निष्कासन गर्न दबाव दिएपछि करन रानालाई विस्थापित गर्नु परेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितले कुनै कसुर बिना शिक्षकलाई कामबाट निकाल्न नसक्ने र विस्थापित करन राना को घरमा आगजनी गर्ने व्यक्तिको तत्काल खोजि गरी कारबाही प्रक्रिया अगाडि बढाउने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।
“त्यसरी कसैलाई कामबाट निकाल्न पनि पाइँदैन । घर तथा सम्पतीमा आगो लगाउने कुरा त सरासर कानुन विपरीत भएकाले तत्काल दोषीमाथि कारबाही गरिन्छ ।”-जोशीले भने ।

Monday, September 25, 2017

दशैँको आस्था किन स्खलित हुदै गइरहेको छ ? - गोपाल शिवा

विभेद बिरुद्ध अभियान - असोज ९ - जीवनशैलिको आँखी झ्यालबाट चिहाउदा आफुले बाल्यकाल देखि मनाउदै भोग्दै आएको दशैँ पनि अब त् कथा जस्तो , ईतिहास  जस्तो , किवदन्ती जस्तो लाग्न थालेको छ । किनकि यो जीवन हिन्दु राज्य बाट धर्मनिरपेक्ष लोकतान्त्रिक राज्य बन्दा सम्म मनाएको दशैको स्मृति , किस्सा र अनुभव अनुभूतिको सृंखलाको साक्षि बनेको छ ।

दशैँ र तिहार पारिवारिक पर्व  हुन्  । पारिवारिक पुनर्मिलन, भेटघाट र खानपिन मुख्य पक्ष हुने भएकाले कपडा फेर्ने र तिख्खर स्वादको खानेकुराको परिकार परिकार धित मरूनजेल खादै साथिभाइ संग खेल्दै बिताउने ति दशैहरु कम्ताको रमाइलो हुदैन थियो ।मेरो मानसपटलमा अझै सुरक्षित छन ति दशैहरु जसमा वर्ष दिनसम्म टाढा रहेका परिवारका सदस्य एवं आफन्तजनबाट टीका, जमरा र आशिर्वादका लागि भेला हुने शुभ अवसर र आफन्तले टिका लाएर दिने नया २०/५० रुपियाँको नोट खल्तीमा हुदा संसार नै किन्न सक्छु भन्ने मिठो भ्रम हुन्थियो । तर अहिले त्यो दशैँ कतै हराए जस्तो भएको छ । दुई तिन दशक देखि भोग्दै आएको दशैँ अहिले बर्तमानको जिन्दगि बाच्दा सम्म आफै लाइ किवदन्ती जस्तो लागेको छ ।पछिल्लो केहि बर्ष देखि त दशैँ  हरेक साल आउदै जादै गरेको छ तर झन् झन् बाल्यकालको जस्तो दशैँको उल्लाश र खुसि रित्तिएको अनुभव हुदै गएको छ।अरु त कुरा छोडौ  मामाघर जादा पनि पिङ्गखेल्न पाईने अहिले केहि बर्ष देखि मनको लड्डु घिउ संग खानु भन्ने उखान जस्तै भएको छ । कहिलेकाही त आफै लाई लाग्छ के पहिलेको जस्तो दशैँ हराएकै हो त ? कहिल्यै नफर्किने गरि इतिश्री भैसकेकै हो त ? 

म जस्तै दशकौ देखि दशैँ मनाउदै आएका र म जस्तै अहिले अनुभूति गर्नेहरुको मन मस्तिस्कमा दशैँको आस्था किन यसरि स्खलित हुदै गइरहेको भन्ने बारेमा आ–आफ्नै तर्क र बिचारहरु होलान तर मलाइ के लाग्छ भने नेपालीहरूको प्रमुख र राष्ट्रिय चाड समेत मनिने दशैं केहि बर्ष अघि सम्म कानूनीरुपमा नै अनिवार्य मान्नुपर्ने अवस्था थियो ।तर एक दशक देखि अर्थात एकातिर २०६२/०६३ को दोस्रो जनआन्दोलनपछि हाम्रो देश नेपाल नेपाल बहुसांकृतिक, बहुभाषिक, बहुधार्मिक, बहुजातीय मुलुक भएकाले धर्मनिरपेक्ष राज्य भनी घोषणा भई संविधानमा समेत उल्लेख भइसकेको स्थिति छ  ।राज्यलाई धर्मबाट अलग राखेर राज्यले सबै धर्मलाई समान व्यवहार गर्नु पर्छ भनेर हामीले लोकतान्त्रिक पदती लाई आत्मसाथ गरेका छौ  ।  

अर्को तिर बजारमा महंगीले गर्दा गरिब जनताहरुले खाना खान नपाइरहेका बेला यो दशैले धनी र गरिव बिचको भिन्नता, पीडाको महसुस गराउछ । देशमा विहान के खाँउ बेलुका के खाँउ हुने गरिबि, उत्पीडित, दलित , हरुवा चरुवा जस्ता कमजोर वर्ग र समुदायका नेपाली नगन्य मात्रामा छन् । उनीहरुका घरमा न त दशैको रौनकता छ न त घर सिंगार्ने तामझाम नै । धनिहरुका घरमा सधैँ दशै नै दशै, राम्रो लाउन र मिठो खान उनीहरुलाई कहिले दशै कुर्नु पर्दैन । तर रातदिन पसिना चुहाउने ती गरिबि, उत्पीडित, दलित , हरुवा चरुवाहरुको झुपडिमा बिस्ट र मालिकको हात कहिले माथि पर्ला , झर्ला र खाउला बालबच्चाको अंग ढाकौला भनेर आशमा बाचेको छ ।यसरि कोहि  दशैको जोहोका लागि अहिले पनि ऋण खोज्न भोतीरि रहनु परेको छ  भने अर्को थरि कोहि  दशै आयो कि गहना , कपडा र ठूलाठूला खसी बोका राँगाको होडमा उद्दत छन । रास्ट्रिय चाडपर्वले यस्तो एउटा नराम्रो बाध्यता सृजना गरिदिएको छ जसले गर्दा हुदा खानेलाई पर्व आइ दिदा पीडाको महसुस गराउदै सधै चिमोटि रहन्छ ।

अर्का थरि दशकौ देखि एकात्मक राज्यसत्तावाट शोषित, पिडित र उत्पिडित हुँदै आएका हिन्दु धर्मवलम्बीहरू सोही धर्मका कथित उच्च जाति बाट हेपिदै आएका छन। नेपालका कतिपय समुदायमा एकै धर्मका कथित दलित समुदायसँग चरम भेदभाव रहेकोले त्यसलाई सहन गर्न नसकी आजित भएर दलित तथा पिछिडिएका समुदाय आत्म सन्तुस्टी  र समतामुलक समाजको अपेक्षाको  विकल्पको रूपमा अन्य धर्ममा प्रवेश गर्दै छन्  ।यस्तो विषम बस्तु स्थितिमा हिन्दू धर्मको रक्षा गर्न र धर्मको प्रवद्र्धन गर्न हिन्दू जातिहरूमा रहेको विद्यमान छुवाछूत तथा भेदभावलाई सदाको लागि अन्त्य गर्नु जरुरी छ ।हिन्दूवादी सङ्गठनहरूले पहलीकदम चलाउनु पर्ने अपरिहार्यता देखिएको छ । अत : हिन्दुहरुको महानतम संस्कृति पर्व लाई पछिला पिढी सम्म अपनत्व ग्रहण गर्दै जगेर्ना गर्न बेलैमा आर्थिकरूपमा सम्पन्न हिन्दूहरूले विपन्न परिवार तथा पछाडि पारिएका समुदायको उत्थानका लागि लगानी बढाउनु जरुरी छ । अन्यथा आउने दिनमा दशैँ औपचारिकताको नमुना मात्र हुन् सक्छ । 

अन्त्यमा, नेपाली समाजमा हिन्दुहरुको महान चाड दशै सम्पुर्ण नेपालीको घर आगनमा खुसी, उमङ्ग, उत्साह लिएर आएको छ । आस्था राखनु हुने हिन्दुहरुको महान चाड आफ्नो गच्छेअनुसार मनाउ ।   तपाइँ र तपाइको सपरिवारको सुख सुमृद्धि र सु-स्वास्थको कामना सहित बडादशैंको हार्दिक मंगलमय शुभकामना  । 

ज्योतिषी विष्णु बस्याल कथित दलितहरुको घरमा गएर पूजा गराउने अभियान चलाए

विभेद बिरुद्ध अभियान - असोज ८ -नेपाली समाजमा जातपातको आधारमा मानिसहरुबीच भेदभाव कायमै छ । यो भेदभाव विरुद्ध कानून बनेतापनि कथित दलितहरुलाई मन्दिरमा प्रवेश गर्ने अनुमति कथित उचो जातले दिदैनन् । ब्राह्मण तथा पुरेतहरु उनीहरुको घरमा पूजा गराउन जानु त परै जाओस् , उनीहरुसंग छोइदैनन् । समाजको यो तुच्छ व्यवहारको विरुद्धमा उत्रिनुभएको छ एक ब्राह्मण, ‘ज्योतिषी विष्णु बस्याल’ ।

पाल्पाका ज्योतिषी बस्याल हाल कथित दलितहरुको घरमा गएर पूजा गराउने अभियानमा लाग्नुभएको छ । उहाँ भन्नुहुन्छ, ” दलितहरुले धर्म परिवर्तन गर्नुको मूल कारण हामी पण्डित बर्गले गर्ने भेदभावले हो। हामीले धर्म जागरणका ठूला ठूला कुरा गर्छौँ । 

एउटा दलितले हिन्दु धर्म सँस्कारसँग सम्बन्धित कुनै पूजा गराउन खोज्छ तर हामी उसको घरमा गएर पूजा गराउँदा जातै जान्छ कि झैँ गर्छौँ। जात कर्मले निर्धारण गर्ने हो। मैले सुरु गरेको यो अभियानमा सम्पूर्ण पण्डित वर्गले साथ दिनुहुनेछ आशा गर्छु। यस कार्यमा कसैको आपत्ति छ भने म सँग तर्कका साथ आउनुहोला।”


यस अभियानलाई अझ वृहत बनाउन उहाँले सबै जातका मानिसहरुलाई एकै ठाउँमा राखेर सामूहिक पूजा समेत गराउनुभएको छ । सफल स्टोरिजसंगको कुराकानीमा उहाँले भन्नुभयो , ” धेरै अगाडि सरकारले छुवाछुत अन्त्यको कानुन बनाएता पनि व्यवहारमा लागू भएको छैन। अझ दलितकै घरमा पण्डित गएर पुजा गराउनु मैले सामान्य माने पनि अपत्यारिलो जस्तो रहेछ। सबैभन्दा बढी भेदभाव पण्डितहरुबाट भएको छ भन्ने गुनासो छ 

। पण्डितहरु नै अघि सर्दा भेदभावको अन्त्य छिटो हुन्छ भन्ने मलाई लागेको छ। मुल उद्देश्य पुजा गराउनु मात्र होइन।भेदभावको अन्त्य र धर्म रक्षाको लागि पुजा एउटा माध्यम हो। धार्मिक पथ हो। ”उहाँको यो काममा ब्राह्मण वर्गबाट र अरु जातीबाट पनि आलोचना र व्यंग्य आउने गर्छन् । तर उहाँ कुनै त्यस्ता प्रतिक्रियाबाट विचलित नभइ आफ्नो कामलाई अझ प्रभावकारी र व्यापक बनाउने योजनाका साथ अगाडी बढिरहनुभएको छ ।

जातपातको अबधारणा मान्छेको हो,धर्मलाई दोष किन ?-खुशी पाठक

विभेद बिरुद्ध अभियान - असोज ८ - जातपातको अबधारणाले आफ्नो वजन त्यतिखेर गुमायो जब समाजमा प्रवेश गरेर यसले बिकृतीहरुलाई अङ्कमाल गर्‍यो । हिन्दु धर्मलेनै सुरु गरेको यो दार्शनिक अबधारणाले हिन्दु धर्मलाईनै बिकृतीहरुको संसारमा डुबायो। आजकोको संसारको सन्दर्भमा बिस्तृत बिबेचना गर्नु जरुरी छ । आधुनिक युगमा आइपुग्दा समेत जातमा अल्झिएर लड्ने नेपाली समाज माथी उठ्न सकिरहेको छैन । विशेष गरि जातपातको जन्म दिने र आज सम्म पनि स्याहार सुसार गर्न तल्लिन हिन्दु धर्म सम्प्रदायका मानिसहरु रहेका छन । यो एउटा बिकृती हो । समाज लाई चारैतिरबाट जेलिएर रहेको कुसस्कार नै हो।

आधुनिक युगमा अबतारित भएका विभिन्न विद्वान ,नैतिकवानहरु पनि जातपात को कुरामा सधै असहमत रहेको पाइन्छ । महात्मा गान्धी जस्ता महान पुरुस जातपातको शब्द पनि सुन्न चाहदैनथे,विश्व कवि रबिन्द्रनाथ ठाकुरको विश्वकोषमा जातपात को अबधारणा कता हराएको छ कता,स्वामी बिबेकानन्द भन्नुहुन्छ हे हिन्दु तिम्रो धर्म भान्सा घरमा छ र तिमिले त्यो सर्बब्यापी भगवान लाई आफ्नु भात पकाउने भाडोमा नजर बन्द गरेर राखेका छौ।

कर्म अनुसार पैदा हुने जातपात सृष्टि मा जहाँ पनि छ।युरोप होस या अमेरिका, अफ़्रिका,वा एसिया नै किन नहोस।हामिले जातपात लाई दिने मान्यता नै सत्यको रुप हो भने,जस्तो कि हिन्दु समाज मा दिइन्छ।अरु बिकसित रास्ट्रहरुले कुनै किसिम को बिकास नै नगर्नु पर्ने नि!जातपात को मान्यता जस्तो हिन्दु समाज मा प्रचलित छ

अबस्य पनि सत्यको अंस होइन । जातपात सामाजिक बिकृती मात्र हो।यस सृष्टि बिचित्रता ले गर्दा जातपातले स्थान ओगटि रहेको छ । परापुर्बक काल देखिनै अयोग्य राजाको छोरोले राजकिय सम्मान छोड्न सकेन,अयोग्य ब्राह्मण पुत्रले कुनै मेहनत नै नगरी प्राप्त हुने दान रासी लाई त्याग्न सकेन।यसरी नै आफ्नो काम लाई सहि तरिकाले अङ्गाल्न नसक्ने हरुको भिड लाग्यो।यसरी ब्राह्मण ,क्षेत्री बैस्य शुद्र जात हरु सीप तथा बिचार हरुको मनोदशा बुझाउने स्तर हुनुपर्नेमा जन्मले निर्धारित गर्ने योग्यताको केन्द्र हरु हुन पुगे।

बिकृतिको सुरुवात भयो ,हुदा हुँदै बिकृतिको गगनचुम्बी पर्बत नै खडा भैसकेको छ।समय बित्दै जान थाल्यो एउटा बिकृतिले अर्को बिकृतिलाइ जन्म दिन थाल्यो ।छुवाछूत यिनै अन्धबिस्वास बाट उब्जिएको अर्को बिकृती हो।विश्व मै मानव को जात भनेको नारी र पुरुष हो।यो त एउटा भनाइमा मात्र सिमित रहेको छ।समान मौलिक हक अधिकार को हिस्सेदार स्त्री जातिलाइ त्यही बिकृतिले केबल सन्तान उत्पादन गर्ने कुनै खास जात नभएको बर्ग को रुपमा स्थापित गरेको छ।

यो दोस हामी सबैको दोस हो। बेद, रामायण ,उपनिषद्, महाभारत जस्ता ग्रन्थ हरु तयार पार्ने हिन्दु समाज..आजको हिन्दु समाजले जातपात को रुढीबादी बिकृतिलाइ समातिराख्न सुहाउदैन।जातपात को अबधारणा यहि बिकृतिकै रुपमा अल्झिरह्यो भनी धर्मको पनि कुनै अस्तित्व रहदैन।

जातपात ,छुवाछूत ,मेरो धर्म मात्र धर्म हो अरुको धर्म बकवास !यी यस्ता अनगिन्ती अबधारणा हरु नै धर्म मा देखा परेका बिकृती हरु हुन।सन्सार मै हिन्दु धर्म मा झै महान बिचार हरु सिकाउने अरु धर्म छैनन तर रुढीबादिले भने हिन्दु धर्मलाइ छोड्न सकेन भने एउटा अभिलाषा को रुपमा मात्र परिचित हुन जान्छ।हिन्दु धर्म लाई प्रेम गर्ने हरुलाई चुनौतिको विषय बनेको छ। यस धर्म को पबित्र स्वरुपलाइ परिबर्तित बनाउन।

हिन्दु धर्म मानव लाई विश्व मानव को रुपमा रुपान्तरित गर्न खोज्दछ तर रुढीबादले एउटा साधरण मानव पनि हुन दिदैन।रुढीबाद कुनै एउटा धर्म अथवा चलन नै होइन यो त अज्ञानताको उपज र सामाजिक बिसङ्गती मात्र हो।

रुढीबादी लाई सनातन धर्म को रुप दिइयो हिन्दु धर्म मा।जब कुनै समाज अथवा रास्ट्रमा बिबेकसिल मानिस हरुको नितान्त अभाव हुन्छ त्यहा पाख‍न्डि हरुको भिड हुन्छ।सनातन धर्मको नाउमा रुढीबादी धर्मको प्रचार प्रसार हुन गयो।पाखन्ड हरुको शासन यस्तो चल्यो कि कन्चनमय हिन्दु धर्म बिकृतिको आक्रमण ले घाइते बनायो।ब्राह्मण वाद भनेकै रुढीबाद हो।जसको बिरुद्ध भगवान बुद्द्ले ठुलो धार्मिक क्रान्ति चलाउनु भयो।बुद्द्ले दिनु भएको धर्म नैतिकता ले भरिपूर्ण भएको धर्म हो।

बुद्द्को दर्सन एउटा प्राबिधिक मार्ग् हो जहाँ धेरै कुरा गरिदैन तर थाहै नपाइ परम गन्तव्य मा पुगिन्छ।बुद्द्को भासामा पाखन्ड लाई ठाँउ छैन।कतिपय मानिस हरु उनिहरुको हरेक काम ढोग तथा छलकपटका स्वार्थमय हुन्छन। तर यसलाई पनि अहिले विसंगतिपूर्ण बनाइदैछ |शान्तिको प्रतिक मानिने बुद्धको मुर्ति छेउमा बसेर असान्ती मार काट भैरहेको छ |यो आधुनिक धर्ममा देखिएको ठुलो समस्या हो |

जातपात सृष्टि मा निहित अबधारणा हो।जन्मले कसैको जात निर्धारण गर्दैन।ब्राह्मण क्षेत्री बैस्य सुद्र कोहि जन्मिएर आउनी ब्यक्ति हरु होइनन।त्यसैले पनि होला भगवान बुद्द्ले जात्पात को घोर बिरोध गर्नु भएको।धर्म को अन्तर्ध्यान को कथा सिर्जना गरेको पाइन्छ।

धर्मलाइ जोगाउन खोज्दा समाजमा धेरै बिकृती हरुको सिर्जाना हुन पुग्यो बाल बिबाहको प्रथा चल्यो,बहु बिबाह को प्रचलन ले स्थान ओगटयो,बिधवा बिबाह को प्रथा मा रोक लगायो अनि सति जाने अमानुसिक प्रथा सुरु गर्यो।यो रुढीबाद कै कारणले छुवाछूत जस्तो जघन्य सामाजिक बिकृतिको जन्म भयो हिन्दु धर्म सिदान्त र उच्च्तम बिचार को उद्गम स्थान हो भने अर्को तिर अ्मानबिय सस्कार हरुको सागर पनि हो।यहि कुसंस्कार हरुको सागर को नाम हो रुढीबाद।

धर्म र जातजातिको नाउमा कसैमाथी पनि तुच्छ व्यबहार नगरौ।धर्ममा जेलिएका युगौ युग देखिका कुसंस्कार को बिरोध अनि सुधार को आह्वान गरौ । जात जातिको नाउमा बिद्रोह सिर्जना गरेर ठुलो भैदैन । जुन जुन धर्म माने पनि धर्म आफ्नो ठाँउ मा रहन्छ धर्मका सबै बिचार सिद्धान्त हरुलाइ मनन गर्नै पर्छ भन्ने छैन।धर्म लाई बलियो बनाउन धर्मावलम्बी हरुले नै सुधार्नु पर्छ । धर्मका अबधारणा हरुलाइ संसोधन गर्न डराउनु पर्ने कुनै कारण नै छैन किन कि भगवान ले बिज्ञान र प्रबिधी लाई यस धर्तीमा पठाएको कारणनै हो बिकृती हरुको पहाड लाई भत्काउन । हामिलाइ डर के को जब कि आधुनिक ठुला ठुला धर्मका प्रबर्तक हरु नै हाम्रै समर्थनमा सहभागी रहन्छन्।

धर्ममा केहि बन्देज र सिमाहरु पक्कै हुन्छन | जुनसुकै धर्म भनेको पनि अनुसाशनको सिमा निर्धारण गर्ने मध्यम मात्र हो |तर यसलाई अलिकति टाठा बाठा र समाजमा अलिकति हैसियत भएकाले समाजको सुरुवात तिरनै आफ्नो हातमा लिएका थिए र धर्मको नाममा सासन गरिरहेका थिए र अहिले पनि छन् |तर कुनै पनि धर्म मानिस र समाजको बिरोधमा हुदैन बिपक्षमा हुदैन |धर्मले मान्छेलाई फरक रुपमा हेर्दैन | यो त धर्मको नाममा भरमा फैलाउने हरुले गरेको एउटा अन्याय मात्र हो |

Sunday, September 24, 2017

स्वतन्त्रमा उठेर मुसहर समुदायबाट पहिलो वडाध्यक्ष बने बहादुर सदा मुसहर

विभेद बिरुद्ध अभियान - आश्विन ८  , २०७४-आर्थिक रूपले अति विपन्न विष्णपुर गाउँपालिका–६ का बहादुर सदा मुसहर लेखपढ गर्न जान्दैनन् । हस्ताक्षरसम्म गर्न सक्छन् । उनै बहादुर स्थानीय तह निर्वाचनबाट आफ्नो वडाको अध्यक्ष चुनिएका छन् । त्यो पनि दलबाट होइन, स्वतन्त्र हैसियतमा उठेर । उक्त वडामा न उनको जातिको बाहुल्य छ न त प्रशस्त पैसा । वडावासीका समस्यामा समाधानमा सधैं तत्पर भएकैले उनी लोकप्रिय छन् । यही स्वभावका कारण उनी अति विपन्न मुसहर समुदायबाटै वडाध्यक्ष बन्ने पहिलो व्यक्ति भएका छन् । 
७४ वर्षीय बहादुरलाई जनप्रतिनिधिका रूपमा काम गरेको अनुभव नौलो भने हुने छैन । २०५४ मा पनि साबिकको इटहरी विष्णुपुर गाउँपालिकाको वडा सदस्य चुनिएका थिए । ‘जनप्रतिनिधिबाट हटेपछि पनि २० वर्षसम्म जनताको सेवा गरें, वडावासीले त्यसैकारण फेरि अवसर दिएका छन्,’ शुक्रबार गाउँपालिका कार्यालयमा प्रमाणपत्र लिएर शपथग्रहण गरेपछि उनले भने । मनोनयनका बेला बहादुरलाई विभिन्न दलले टिकट दिन नखोजेका होइनन् तर उनले अस्वीकार गरे ।
‘राजनीतिक आवरणभन्दा स्वतन्त्र भएर उम्मेदवार हुन मन लाग्यो,’ बहादुरले भने, ‘जनताले मेरो विश्वासलाई पत्याए ।’ चारैतिर पैसाको चलखेल र जातीय नारा उठिरहेकाले उम्मेदवारी दिँदाताका आफू नै जित्नेमा ढुक्क भने नरहेको उनले बताए । ‘प्रचारमा जाँदा अरू उम्मेदवारको ‘हाइफाइ’ देखेर जितिँदैन भन्ने लागेको थियो’ बहादुरले भने, ‘मसित एक पैसा पनि थिएन, कार्यकर्ता घरबाट खाएर आउँथे, प्रचारप्रसारमा लागेको २–४ हजार टोलवासीले जुटाइदिए ।’ २ सय २९ मत प्राप्त गरेका बहादुरको चुनाव चिह्न टोपी थियो । निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिकका उम्मेदवारले १ सय ५८ मत मात्र ल्याए । 
आफ्नो वडामा के–के योजना अघि बढाउने भन्ने उनले निक्र्योल गरिसकेका छैनन् । तर, हरेक घरमा शौचालय बनाउने योजना भने उनले जित्नुअघि नै तय गरिसकेका थिए ।
‘बस्तीका महिला शौच गर्न बाँसघारी, खेतबारी जानु राम्रो होइन,’ शुक्रबार शपथपछि उनले भने, ‘जथाभावी दिसापिसाब गर्दा बस्ती फोहोर हुने भएकाले पहिलो प्राथमिकता वडाका घरघरमा शौचालय  बनाउनु हुने छ ।’ बस्तीको बाटो पक्की बनाउने उनको दोस्रो प्राथमिकता छ । ‘योजना धेरै छन्, पाँच वर्षमा विस्तारै गरूँला तर शौचालय निर्माण नगरी अन्य कुनैमा हात हाल्दिनँ,’ बहादुरले भने । ०६८ को जनगणनाअनुसार सप्तरी, सिरहा, धनुषा र मोरङमा मुख्य बसोबास रहेका मुसहरको कुल संख्या २ लाख ३४ हजार ४ सय ९० छ ।

मलद्वार नभएका १० महिने नरेन्द्र सुनारलाई आमाबुबाले छाडेर भागे

विभेद बिरुद्ध अभियान , कञ्चनपुर-असोज ८ । मलद्वार नभएका कञ्चनपुरको महाकाली नगरपालिका–२ नयाँ टोलका १० महिने बालक नरेन्द्र सुनारलाई ओछ्यानमै छोडी आमाबुबाले नयाँ जीवन साथीका साथ भागेपछि उनको विजोग भएको छ ।
नरेन्द्र जन्मेको पाँचौँ दिनमा बुबा हीरालालले गाउँकै महिला भगाएर बेपत्ता भएपछि आमा सपनाले पनि नरेन्द्रलाई जन्मेको २२ दिनमै ओछ्यानमै सुतेको अवस्थामा छाडी परपुरुषसँग भागेपछि हजुरआमा बुबाको जिम्मामा उनी छन् । नरेन्द्र हाल १० महिनाका भए तर उनको जन्मदादेखि नै मलद्वार नहुँदा बायाँ पेट चिरेर वैकल्पिक मलद्वार बनाइएको छ ।
गाउँकै प्राथमिक स्वास्थ्य केन्द्रमा जन्मेको २४ घण्टापछि मात्रै उनको मलद्वार बन्द भएको परिवारजनले थाहा पाएका थिए ।
बान्ता गर्न थालेपछि उनलाई भारतीय सहरको अस्पतालमा लगेर जाँच गर्दा मलद्वार नभएको थाहा पाएको बाजे मोहनलाल सुनारले बताउनुभयो । मलद्वार नहँुदा उपचार गराउनका लागि नरेन्द्रका बाजेबज्यैले भएको जायजेथा बेचेर रु दुई लाख बढी खर्च गरिसकेका छन् ।
अझै भारतको बरेलीस्थित एक अस्पतालले तीन लाख भारतीय रुपैयाँ खर्च आउने भनेपछि खर्च जुटाउन नसक्दा अप्ठेरोमा परेको छु मोहनले भने “नरेन्द्रलाई बचाउन भएभरको जग्गाजमिन पनि गयो । अब कसरी औषधि गर्ने हो भन्ने चिन्ताले सताएको छ ।” आर्थिक अवस्था निकै नाजुक भएकाले सहयोगी हातको खोजीमा रहेको उनले बताए ।
बालकको भविष्यलाई लिएर उनका बाजेबाज्यै चिन्तित भएका छन् । महाकाली नगरपालिकाका नगर प्रमुख वीरबहादुर सुनारले समेत बालकको शल्यक्रियाका लागि सबै पक्षलाई सहयोग गर्न आग्रह गरेका छन् ।

Tuesday, September 19, 2017

निरोज नेपालीको उपचारमा आर्थिक संकट, सहयोग गरिदिन आमाको आग्रह


विभेद बिरुद्ध अभियान - असोज ३-  यी हुन् सिन्धुपाल्चोक माङ्खा-४ का १५ वर्षका निरोज नेपाली उपाचारको अभावमा ढाँडमा आएको बडेमानको पाक्दै गरेको ऐजेरुले यिनलाई अपाङ्ग, पूर्ण अपाङग बनाएको छ  । 

आर्थिक रुपमा अति नै गरिब रहेका निरोजका बाबु अम्बर नेपालीको सामान्य सिलाईको कमाई, ३ छोरी, यहि अपाङ्ग छोरा र पत्नीको एकमात्र बाँच्ने आधार हो । निरोजका साथीहरु एसएलसीले दिईसके । निरोज भने स्थानीय बालशिक्षा माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्छन् । यसअघि निरोज भने स्थानीय सेतीदेवी प्राथमिक विद्यालयमा पढ्थ्ये तर त्यति धेरै स्कूल जान पाउदैनन् । बोकरे लगेर मुढो पसारे झै पसारिदिनु पर्छ  । उनीसंग हृविल चियर, बैशाखी र अन्य उपकरण थिएन र भए पनि भौगोलिक विकटताका कारण पहाडका कान्ला छिचोल्दै स्कुल जान समस्या हुने अवस्था रहेको छ   । 

अहिले उनका बाबाआमा राजमार्गको छेऊमा सानो लुगा सिउने पसल खोलेर बसेका हुनाले हृविल चियरमा बसेर स्कूल पठाउन सकेका छन् उनका बाबाआमाले ।उनी उत्तानो परेर सुत्न नै पाउँदैनन् । उनको ढाडको ऐजेरु नचल्ने उनको दुवै खुट्टा भन्दा बढी पीडादायक छ उनलाई । दुईटा सिरहानीमा कोखे कोल्टो फेरेर एकै ठाउँमा लडिरहँदा उनलाई हुने पीडाले यो राज्यको संवेदनालाई छोएको छैन  । राज्य त परको कुरो- स्थानीय प्रशाशनको अभिलेखमा कति दर्जन संघसंस्था (विस्तारवादी एनजीओआइएनजीओ)हरु छन् बालबालिकाको क्षेत्रमा काम गर्ने ? जसले निरोजहरुको नाममा कतिले धेरै फर्जी सहयोग देखाएर कुम्ल्याएँ तर बास्तबिक पिडितको भने यस्तो दुःखद् जीवन छ  । 

पत्रकार Amit Ghimire संग छोराको जीवन रक्षाको लागि उपचारमा आर्थिक सहयोग गरिदिन अपिल गर्दै निरोजकी आमा भनिन कति-कति आए, फोटो खिचे केके सोधे र लगे । लगे मात्र, केही ल्याएनन्" । 

कतारको सडक दुर्घटनामा परेका गिरीबहादुर विक ७ वर्षदेखि कोमामा

असोज ३- २०७४-कृष्णाकुमारी विकलाई रातमात्रै परिदिओस् जस्तो लाग्छ । रात परेपछि अर्थोप्लास्ट रिहाब सेन्टरको बिलको चिन्ता लिनु पर्दैन । ९३ हजार रुपैयाँको बिललाई सम्हालेर राखेकी छन् । यो सेन्टरको पछिल्लो बिल श्रीमान् गिरीबहादुर विकलाई उपचार गरेबापतको हो । जसको भुक्तानी गर्न उनले सकेकी छैनन् । 
गिरी ७ वर्षदेखि कोमामा छन् । उनी सन् २०११ डिसेम्बर २ तारिख कतारको सडक दुर्घटनामा परेका थिए । हमाद अस्पतालले गिरीलाई त बचायो तर पहिलेजस्तो अवस्थामा ल्याउन सकेन । गिरीलाई गत भदौ १० मा काठमाडौं ल्याइएको थियो ।
सास रहेसम्म आस रहन्छ भन्छन् । ३४ वर्षीया कृष्णाकुमारीलाई आशा लाग्यो । गाउँ लैजाने आँट आएन । थप उपचारका लागि काठमाडौंको अस्पतालमा राखिन् । गिरीलाई ल्याएका चिकित्सको टोलीले बयोधा अस्पतालको जिम्मा लगाएर फर्के । बयोधामा ४२ दिन राखे । उनले खर्च धान्न सकिनन् । ४२ दिन राख्दा झन्डै ६ लाख सकियो । सामान्य फिजियोथेरापी गर्नका लागि गिरीलाई ग्वार्कोस्थित अर्थोप्लास्ट अस्पतालमा ल्याएर राखियो ।
अर्थोप्लास्टमा फिजियोथेरापी हुन्छ । यसमा राखेबापत बेडको एक हजार तिर्नुपर्दथ्यो । ‘धेरै लामो समय राखेपछि मेरो अनुरोधमा बेडको शुल्क आधा भयो । तर औषधि र घाउको ड्रेसिङ गर्दा दिनमा हजार रुपैयाँ त नाघिहाल्छ,’ उनले भनिन्, ‘मैले आफ्नो क्षमताले सकेसम्म गरें । उताबाट क्षतिपूर्ति आएको थियो । त्यसबाटै उपचार भयो । त्यो रकम उपचारमै सकियो । अब थप उपचार खर्च धान्न मुस्किल पर्ने भयो ।’ 
***
गिरीले हमाद अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा पाएका थिए । उनलाई हेरविचार गर्ने छुट्टै नर्स थिइन् । नर्सले हरेक दिनको रिपोर्ट तयार परेर डाक्टरलाई बुझाएकी हुन्थिन् । गुणस्तर खाना खुवाइन्थ्यो । एउटा विशेष कोठामा राखिएको थियो । यी विषयमा कृष्णाकुमारी जानकार थिइन् । अस्पतालमा भेट्न गइरहने आफन्त, गाउँले दाजुभाइले हप्तापिच्छे नै गिरीको खबर दिइरहेका हुन्थे । उनीहरूको सल्लाह हुन्थ्यो, ‘नेपाल लगे यहाँको जस्तो उपचार पाइँदैन । तिमीले अस्पतालको खर्च धान्न सक्दिनौं । यतै राम्रो छ । ल्याउने कुरा नगर ।’ 
उनलाई श्रीमान् भेट्ने इच्छा थियो । बारीमा उब्जेको अन्नपातले ६ महिना पुग्थ्यो । नेपालमा ल्याएर उपचार गर्न सकिने अवस्था नभएपछि उनले पनि जोड गरिनन् । हमाद अस्पतालले बिरामीको जिम्मा लिन नेपाल सरकारलाई अनुरोध गर्‍यो । सरकार आफैंले बिरामीको जिम्मा लिएन । सरकारले विदेशमा कोमामा परेका बिरामीलाई ल्याएर उपचार गर्ने व्यवस्था पनि मिलाएको थिएन । सरकारले पनि जिम्मेवारी लिन पन्छिएपछि हमाद अस्पतालले दिनहुँ कृष्णालाई फोन गर्‍यो । कतारस्थित नेपाली दूतावासले आफूले मात्रै फोन गरेन कि बागलुङ सेवा समाजका अगुवाहरूलाई पनि सम्झाउन दबाब बढायो । ‘हमाद अस्पतालले बिरामीलाई नबुझ्ने हो भने क्षतिपूर्तिबाट आएको रकम महिनाको तीन लाख काटदै जाने बताउन थाल्यो । दूतावासका सर/म्याडमले पनि गिरीलाई बुझ्नुबाहेक अर्को विकल्प नभएको बताउन थाले,’ कृष्णाले भनिन्, ‘केही विकल्प नभएपछि नेपालमा ल्याएर उपचार गर्न राजी भएँ ।’ 
कृष्णाले कैयौं पटक दूतावासलाई भनेकी थिइन्, ‘कतारले त्यत्रो वर्ष उपचारको जिम्मा लियो । नेपालमा ल्याएपछि हाम्रो सरकारले उपचारको व्यवस्था मिलाइदिनुपर्छ । तर दूतावासले त्यसको व्यवस्था नमिलाई बिरामी पठाइदिए ।’ 
दूतावास र हमाद अस्पतालले जबर्जस्ती जिम्मा लगाउँदा गिरी परिवारको हाल के भयो ? अर्थोप्लास्ट अस्पतालमा गएर हेर्दा कसैको मन थामिँदैन ।
***
गिरीका बाबु डलबहादुर ६३ वर्षका भए । उनका तीन छोरा र दुई छोरी छन् । एउटा छोरी सुस्तमनस्थितिकी छिन् । ३५ वर्षको उमेरमा श्रीमतीको मृत्यु भए पनि उनले दोस्रो विवाह गरेनन् । बच्चाहरूलाई हुर्काएर बसे । गिरी उनका कान्छा छोरा हुन् । गिरीको अवस्था देखेपछि डलबहादुरको मनमा चैन छैन । धेरै तनाव भएपछि उनी पनि गएको फागुनमा प्यारालाइसिस भए । ‘ससुरा र छोरालाई एकै ठाउँमा राखेर उपचार भइरहेको छ,’ कृष्णाले भनिन्, ‘दुवै जना अलग–अलग कोठामा छन् । ससुराको अवस्था सुधारोन्मुख रहेको कान्तिपुरमा क्झाबर छ ।’ 
डलबहादुरलाई एक्लै कोठामा बस्न गाह्रो हुन्छ । छोराको अनुहार हेर्न लठ्ठी टेक्दै घरीघरी कोठा पुग्छन् । ‘बरु म पहिले मरेको भए मेरो मन त शान्त हुन्थ्यो,’ भन्छन्, ‘म निकै अभागी बाबु रहेछु ।’ 
कतारबाट ल्याउँदा गिरीको टाउकोमा चोट लागेको दागमात्रै थियो । मोटोघाटो थिए । अरू घाउखटिरा केही थिएन । अहिले पछाडि घाउ भएको छ । घाउ बढेर भित्री हड्डीलाई छोएको छ । घाउले विस्तारै गलाउँदै लगेको छ । यसले कृष्णालाई झन् आघात बनाएको छ । 
उनलाई अरूले गाउँमै लैजान सुझाव दिन्छन् । अरूले ‘सबै पैसा सकाइस्’ भन्दै गाली पनि गर्छन् । हरिचौरको डाँडामा घर छ । डाँडामा पुग्न हरिचौर बजारबाट दुई घण्टा लाग्छ । वरिपरि औषधि पसल छैन । अक्सिजन पुर्‍याउन नै गाह्रो छ । केही भइहाले अस्पताल ल्याउने एम्बुलेन्स छैन । सेन्टरले पनि बिरामी लिएर जान भनेको भन्यै छ । ‘साथमा भएको पैसाजति सकिइसक्यो । कि पहिला नै राख्नुहँुदैन्थ्यो भने । केही भए तपाईंहरूलाई दोष दिन्न । सबै जिम्मेवारी म लिन्छु भनेर कागजमा सहीछाप गरेकाले बस्न दिइरहेको छ,’ उनले भनिन् ।
***
छोरी पेटमा चार महिनाको हुँदा गिरी कतार गएका थिए । त्यतिखेर छोरो ९ वर्षको थियो । छोरोलाई बाबुको सम्झना छ । छोरीले बुझ्ने भएपछि आफ्नो बाबुको विषयमा सोधिरहेकी हुन्थिन् । कृष्णासँग देखाउने फोटो थिएन । कोमामा रहेका फोटो पत्रिकामा छापिएको थियो । त्यो पत्रिका लुकाएर राखेकी थिइन् । घरमा रुवाबासी भएका बेला छिमेकीले छोरीलाई फोटो देखाइदिँदा झस्किएकी थिइन् । ‘फोटो देखेपछि छोरी निकै दिन बिरामी भइन् । कतारबाट ल्याउँदा पनि मैले देखाएकी थिइनँ । दिदीबहिनीले लगेर भेटाइदिएछन् । अवस्था देखेर उनी तर्सिइन्,’ उनले भनिन् । 
ससुरा बिरामी भएर काठमाडौं ल्याएपछि गाउँमा छोरी एक्लै भइन् । गत वैशाखबाट अस्पतालमै बस्न थालिन् । ‘सुरुसुरुमा ढोकाबाट हेर्थिन् । बुबा भनेर माया पनि लाग्ने । तर नजिक गएर हेर्न डराउँथी,’ उनले भनिन्, ‘पछि सुम्साउने, हँसाइदिने गर्न थालिन् ।’ 
छोरा र छोरी अस्पतालबाटै स्कुल जाने गर्छन् । छोरो १० र छोरी ५ कक्षामा पढ्छिन् । बाबुको कारणले दुवैको पढाइमा बाधा पुगेको छ । उनीहरूलाई गहिरो चोट परेको छ । ‘स्कुलका सरहरूले छोराको पढाइ खराब हुँदै गएको बताउन थालेपछि होस्टेल पठाइदिएको दुई साता भयो । छोरा ममी अस्पतालमै जिन्दगी बित्ने भयो भन्छ । स्कुलमा किताब हेर्‍यो कि बाबाको मात्रै अनुहार देख्छु भन्छ । मनमा पढाइ राख्दैन । छोरी पनि त्यही भन्छे । स्कुलमा गएपछि के हुन्छ हुन्छ भन्छन् । बाबुको सम्झना आउँछ । पढाइ त बिग्रेको छ । उनीहरू बाध्यताले मात्रै स्कुल गएका छन् । शान्त दिमागले बसेका छैनन् ।’ 
गत शनिबार छोरो आफ्नो साथीलाई लिएर बुबालाई भेट्न आएको थियो । उसको साथीले भन्यो– ‘लक्ष्मण पढदैन । एकदमै रोएरमात्रै बस्छ ।’ 
उसले भन्न थालेको छ, ‘एसएलसी पास भएपछि बुबा जुन ठाउँमा यस्तो भएको थियो । म पनि त्यहीं गएर दु:ख गर्छु ।’ कृष्णाकुमारीले भने छोरालाई ‘बहिनी र मलाई हेर्ने तिमी हो भनेर सम्झाइरहेकी’ छिन् । 
***
गिरीलाई जाउलो, दूध र जुस पाइपबाट तालिकाअनुसार खुवाइरहन्छिन् । अलिकति बढी भयो भने गिरीलाई पखाला लाग्छ । एक वर्षदेखि सँगै बसेर स्याहारसुसार गर्दा पनि चिनेको नचिनेको ठम्याउन गाह्रो परिरहेको छ । ‘म सुम्सुम्याइराख्छु । यता हेर्नु न भन्छु । कुनै प्रतिक्रिया छैन । कोठा वरिपरि आँखा घुमाइराख्नुहुन्छ । मलाई नै हेरेको भन्ने छैन । अहिलेसम्म दुवै जनाको आँखा जुधेको छैन,’ उनी भन्छिन्, ‘कुरा गरेको सुन्नुहुन्छ । हामी यता बसेर वास्तै नगरी हँसाउने कुरा गर्दा आफंै हाँस्नुहुन्छ । कहिलेकाहीं नेपाली फिल्मको फाइट सिनमा हानेको, पिटेको देख्दा हाँस्नुहुन्छ । अहिले त त्यो पनि बन्द छ ।’ 
गिरीसँग विवाह भएको १८ वर्ष पुग्दैछ । भागी विवाह भएको थियो । कृष्णाकुमारीले गिरीसँग दुर्घटना हुनु केही घण्टाअघि अन्तिम पटक बोलेकी थिइन् । त्यो शुक्रबार उनी भुल्न सक्तिनँ । गिरीले छोरीलाई कपडा र ब्लाङ्केट एकजना साथीमार्फत पठाइदिन विमानस्थल जान लगेको भन्दै फोन गरेका थिए । ‘हरेक दिन फोन हुन्थ्यो । त्यो दिन तीन–चार पटक लामै कुराकानी भयो । छोरीसँग पनि कुरा भयो,’ उनले आँसुको ढिक्का खसालिन्, ‘त्यो नै सायद अन्तिम बोली हुन गयो ।’ 
यहाँ ल्याएपछि सबैले तनाव झेलिरहेका छन् । ‘सबै डमाडोल भयो । उता आँखाले देख्नुपरेको थिएन । एकछिन तनाव हुन्थ्यो । छोराछोरीले सोध्दा ठीक भएर आउनुहुन्छ भन्थ्यो,’ उनले भनिन्, ‘यता आएपछि केही सुुधार हुन्छ कि भनेर मैले कुनै कसरत बाँकी राखेको छैन ।’ 
यस्तो बिरामीलाई सरकारले विशेष रूपमा हेर्नुपर्ने जस्तो उनलाई लाग्छ । तर, उनले कुनै सरकारी सुविधा पाएको छैन । आफ्नो मान्छेको माया आफंैलाई लाग्छ । ‘कमाइ हुनेसम्म मात्रै उसलाई आफ्नो ठान्ने, जब ऊ थला च्याप्यो भने वास्ता नगर्नु महापाप हो । को चाहिँ अजम्बरी भएर आएको छ र ? एक दिन मर्नु न छँदै छ तर किन पाप गर्नु ? मैले के कसरी हुन्छ बाँचुन्जेल सजिलो पारेर राख्छु । पैसाको माया नगरेर भए पनि मेरो चाहना उहाँको मरण सजिलो बनाइदिउँ भन्ने हो ।’ 
तर, उपचार जारी गर्न रकम कसरी पो जोहो गर्ने हो ? कृष्णाकुमारीलाई सबैभन्दा चिन्ता यसकै छ । 

म यसरी जातीय विभेदको शिकार भए - प्रदिप नेपाली

विभेद बिरुद्ध अभियान - असोज ३- अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ | जसलाई हामी श्रदाभावले उतिकै सम्मान गर्छौ | गुरुलाई हिन्दु शास्त्रले ब्रह्म, बिष्णु र महेश्वोर मानेको छ | गुरुलाई माता पिता जस्तै समान मानिन्छ | तिनै गुरुले दिएको संदेश मुलक ज्ञान र अर्ति उपदेश हाम्रा लागी प्रेरक बनेका हुन्छन |
दलित भनेर थाहा पाएपछी नेपाली समाजले कति सम्म तल झरेर कति सम्म निच ब्यबहार र आचरण गर्छ भने कुरा हामीले दिनहुँ नेपाली समाजमा देख्दै, भोग्दै र सुन्दै आएका छौ | म पनि त्यसैको शिकार भए |
म एउटा साधारण परिवारमा जन्मेको व्यक्ति, पढाईमा खासै कम्जोर भने थिइन | हरेक परीक्षामा राम्रो अंक ल्याएर पास गर्थे तर दलित विद्यार्थी भएकाले शिक्षकबाटै अपहेलित हुँदाको पिडा सहि नसक्नु छ | शिक्षकबाटै विभेद गरीएको पिडाले मेरो बाल मस्तिस्कमा घरिघरि पिरोलिरहन्थ्यो | कथित दलित भएकै कारण शिक्षकबाट न्युन स्तरको ब्यबहार गरिदा सम्म यो बिभेद हो, अन्याय हो भन्ने हिम्मत समेत गर्न सकिन ।
दोलखा जिल्लाको पवटी गाउँपालिका १ मा रहेको श्री सत्यश्वोर मा.वी. म पढेको विद्यालय हो | सात कक्षाको अन्तिम परिक्षाफल आउन केहि दिन बाकी थियो मेरो मनमा डर थियो न कतै फेल पो हुन्छु कि ! हाम्रो घर र यी पात्र (पढाउने शिक्षक)को घर नजिकै थियो उनि अलि झोक्कि स्वभाबका थिए कसैले पनि ठाडो शिरले हेर्न सक्दैन थे म पनि त्यहि ढ्यांगको परे कसोकसो गरेर मैले ममीको सहयोगमा उनको घरैमा गएर आफ्नो अंक हेर्ने अवसर पाए तर त्यो अवसरमा मैले विभेद सहन पर्यो | उनले पढाउने बिषयको नम्बर हेर्न गएको म, ति शिक्षकले मलाई पशु सरह व्यवहार गरे त्यो आज सम्म मेरो मनमा ताजा छ | समानताका स्वर उराल्ने, साहित्यकार लक्ष्मीप्रसाद देवकोटाको ‘’मानिस ठुलो दिलले हुन्छ जातले हुदैन’’भन्ने पाठ धेरै पटक पढाएका, कोठे बहस, ओठे समर्थन र टूटेफुटेका व्यवहार देखाउने तथाकथित माथिल्लो वर्गका ति शिक्षकले संसार घुमेर आएको कुकुरलाइ उनि बसेको कोठा भित्र पस्न दिए तर मलाई सुकुल दिएर बाहिर बसाले त्यो पनि बार्दली भन्दा १० मिटर पर | उनि मेरो कापी जाँच्दै थिए कतिबेर मेरो पर्खाईको फल पाउछु भनेर म कुरेर बसेको थिए | कापी जाँच्दै गरेका शिक्षक झट्ट बाहिर निस्किए- ए प्रदिप ! भित्र जाडो भो बाहिर बसौ, जवाफ दिएँ- हुन्छ सर !
करिब पौने घण्टा बसियो यतिकैमा उनलाई पानी प्यास लागेछ उनकी दिदिलाई पानी ल्याइदिन भने, दिदीले उनि बसेकै छेउनिर पानी राखीदिईन, हामी बाहिर अलग-अलग गुन्द्रीमा बसेका थियौ मैले त याद गरेको पनि थिइन तर उनले याद गरेका रैछन उनि बसेको गुन्द्रिको सानो भागले म बसेको गुन्द्रिको भागलाई छोएको रहेछ यतिकैमा गिलासमा हालेको पानी पनि पिएनन् र फिर्ता गरीदिए | म कुनै अधर्मी थिइन, न फोहोरी थिए, म पनि उनि जस्तै मान्छे थिए मैले पानी छोएको पनि थिइन बस गुन्द्रीले गुन्द्रीलाई छोएको त थियो  केहि समय पछी मन अमिलो पार्दै घर फर्के | शिक्षकको त्यो व्यवहारले मेरो मनमा अनेक कुरा खेल्न थाले मेरो यो जातले मलाई कति पछी पारेको रहेछ भन्ने त्यति बेला थाहा पाए, आज सम्म मेरो पिडा कसैलाई भनिन त्यो दिनको कुरा मेरो मानसपटलमा हरपल घुमिरहन्छ | आजपनि ति शिक्षकको रवाफ उस्तै छन् म पनि उस्तै छु | मनमा आक्रोश भएपनि बाटोघाटोमा भेट्दा शिर निहुराएर सम्मान गर्छु |
मेरो जन्म थलोमा यस्ता बुद्दिभ्रष्टहरुको कमि भने छैन यस्तै अर्का पात्र छन् पेशाले उनि पनि शिक्षक नै हुन्, चोकमा बसेर होटल ब्यबसाय पनि गर्छन क्यारे आफुलाई बडो बुद्दिजिबि ठान्ने तिनको सोच यति संकुचित छ की उनको बोलाईले नै प्रष्ट पार्छ- मेरो घर र उनको होटल नजिकै छ एकदिन सोहि (म पढेको) विद्यालयका पुराना शिक्षकहरु बसेर कुराकानी गर्दै रहेछन म पनि घुम्दै पुगे छलफलकै क्रममा खानाको कुरा निस्कियो र उनले प्याच्च भनिहाले ‘’साना जातले खाना नचिन्ने’’ कुरो आफै खोले ! एक दिन होटलमा खाना खान आएको ग्राहक मध्य एक व्यक्तिले भात काँचो भएछ भने रे ‘भात काँचो’ भन्ने सानो जात थिए रे ! के काँचो भातलाई काँचो भन्न नहुने ? कहाँ सम्मको दरिद्र सोच  ति होटल वालाको |
समाज परिवर्तनका पहरेदार मानिने शिक्षित व्यक्तिहरु बाटै यस्ता किसिमका अमानवीय ब्यबहारहरु हुँदा नेपाली समाजले कहिल्यै मुक्तिको सास फेर्न पाएन |
त्यो समाज आज पनि जहाँको त्यहि छ खासै सामाजिक परिवर्तन भएको देखिदैन सो क्षेत्रमा अधिकांश दलित समुदायको बसोबास छ तर त्यो गाउँमा तिनै तथाकथित ठुला जात भनिएका व्यक्तिको हालीमुहाली छ | सरकारी सेवा सुबिधा लगायत अन्य बिकाशका कार्यक्रमहरु उनीहरुकै हातमा पुग्छ | लुछाचुडी गर्छन, विकास र परिवर्तनका क्षेत्रमा कसैको ध्यान जादैन,  त्यसैले पनि त्यो समाजले खोजेको जस्तो परिबर्तन अझै हुन सकेको छैन ।
धर्मका ठेकेदार हूँ भनेर धर्म कै उपहास गर्ने असत्ति, घटिया र दरिद्र सोच भएका छन् समाजमा | मान्छेलाई मान्छे देख्न नसक्नेहरु ढुंगाको देवता पुजेर पुण्य कमाउन खोज्छन |
दलित समुदायले चाहेको साँस्कृतिक परिवर्तन हो, मनोवैज्ञानिक परिवर्तन हो | मलाई दलित भन सहन सक्छु तर त्यहि समाजमा बसेर घृणा नगर, अमानवीय व्यवहार नदेखाउ |
दलित समुदायलाई युगौ देखि शुद्द वा अछूतका नाममा छुवाछुत गर्ने, थिचोमिचो गर्ने, हत्या, सामाजिक बहिस्कार गर्ने समाजका केहि जत्थाहरुले गर्दा ठुल्ठुला राजनीतिक परिवर्तन भएपनि नेपाली समाज परिबर्तन हुन नसकेको प्रष्ट छ |
साना तथा तल्लो वर्गका मानिसलाई छुवाछुत, भेदभाव साना जातले उनिहरुको घरमा गएर काम गर्नु पर्ने, बहिर बस्नुपर्ने जस्ता कुसस्कारले दलित जातीलाई संधै पछाड़ी पारीरह्यो | कुनै ब्राह्मणको घर भित्र पस्न वा खाना पाउनु परिवर्तन होइन | त्यसैले समय रहदै मानव बनौँ । छुवाछूत र जातीय विभेदबाट माथि उठौँ ।
छुवाछुत जस्ता अमानवीय ब्यबहारको जति निन्दा गरे पनि कमै हुन्छ | २१ औं शताब्दीको आधुनिक युग सम्म आईपुग्दा पनी छुवाछुत अन्त्य हुन नसक्नु दुखको कुरा हो | आज पनि दलित र गैह्र दलितहरुको पानी खाने धारा अलग-अलग हुने, मठ-मन्दिर छिर्न नपाउने, पानी छोएको निहुमा ज्यानै जाने गरेका विभिन्न प्रकारका घटनाहरु हामी सामू छर्लंग छ |
अन्तरजातीय प्रेम बिबाह गरेकै निहुँमा आजित मिजारलाइ झुन्डयाएर मारियो | लक्ष्मी परियारलाई बोक्सीको आरोपमा मलमुत्र खुवाएर कुटपिट गरि निर्मम हत्या गरियो | यी जघन्य घटनाका उदाहरण मात्र हुन् | नेपाली समाजमा दिनहु अनेक घटनाहरु घटीराखेका छन्, हामीले देखिराखेका छौ |
सबिधानमा जे जे लेखेको भए पनि जातभातसँग जोडिएका अपमान, विभेद र हिंसाका घटनाहरू/ मुद्दाहरू न्याय दिलाउने निकायको प्राथमिकतामा कहिल्यै परेनन, पारींएनन र पर्दैनन् । कथित दलितहरू सामाजिक जीवनमा अन्यायको सिकार भए भने पनि सवै समयन्त्र के कसरी हुनछ मिलापत्र गराऊँनै उद्दत हुन्छन ।
६०/६५ लाख दलित रहेको नेपालमा करीब ७ दशक बितिसकेको छ दलित मुक्तिको लागि आन्दोलन सुरु भएको | हिजो अरुको उदेश्यमा बन्दूक़ बोक्ने, हरेक आन्दोलनमा अघि लाग्ने दलितसमुदायको आज बृहत एकताको आवश्यक देखिन्छ | साझा सोच उदेश्य नहुदा, दलित शक्ति आन्दोलन कम्जोर हुदै जादा नेपाली समाजमा एक पछि अर्कों अमानबिय घटना हूँदैछन । जब अन्यायको बिरुद मार्ने/मर्ने अवस्था हुदैन ठाउको ठाउ कारबाही गर्न सक्दैनन् तबसम्म दलितले मरिरहनु पर्छ, पछी परिरहनु पर्छ |
सदियौदेखि जरो गाडेर बसेको जातीय विभेद, लैंगिक विभेद, महिला हिँसा जस्ता कुंसस्करलाई निर्मूल पार्नको निम्ति विभेदमा परेका सम्पुर्ण समुदाय एक जुट भएर निर्णायक आन्दोलनको सुरुवात गर्नुपर्छ | जब सम्म दलित शक्ति एक हुदैन अबको ५० वर्षमा पनि उही समस्या रहने छ |

Friday, September 15, 2017

प्रहरी नियन्त्रणमा मृत्यु भएका थुनुवा बिकको शवलाइ किन वेवारिशे भनियो ?

विभेद बिरुद्ध अभियान - भाद्र ३० , -घोराही उपमनपा-१४ का ३९ वर्षीय गङ्गटे भनिने देवबहादुर बिकको प्रहरी हिरासतमै मृत्यु सम्वन्धि घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को एक टोलीले भदौ २८ गते प्रहरी हिरासत तथा सम्वन्धित प्रहरी निकाय एवं थुनुवासंग भेटघाट गरी जानकारी लिएको छ ।इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख भोला महतको नेतृत्वमा आएको पाँच जना अधिकारकर्मीहरूको टोलीले घटनाको विषयमा सङ्घीय प्रहरी इकाई कार्यालय तुलसीपुरका एआइजी मिङमार लामा, घटना छानबिन समितिका संयोजक तथा एसएसपी दिलिपकुमार चौधरी, दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंह चन्द, वडा प्रहरी कार्यालय लमहीका इन्स्पेक्टर सुरज खड्का, हिरासतका गार्ड र मृत्यु भएका बिकसँगै रहेका अन्य थुनुवाहरूसँग भेट गरी घटनाका विषयमा जानकारी लिएको थियो ।

अधिकारकर्मीहरूको टोलीले गङ्गटेको शव पोष्टमार्टम रिपोर्ट, एआइजी कार्यालयले सार्वजनिक गरेको घटनाको प्रतिवेदनको प्रतिलिपिसमेत लिएको इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महतले जानकारी दिए ।अनुगमन टोलीमा इन्सेक क्षेत्रीय कार्यालयका संयोजक महत, क्षेत्रीय कार्यालयका प्रलेख अधिकृत नारायण सुवेदी, एड्भोकेसी फोरमका बसन्त गौतम, वि ग्रुपका गोपालनाथ योगी र इन्सेक जिल्ला प्रतिनिधि सहभागि थिए ।
अधिकारकर्मीहरूको टोलीसँग एआइजी लामाले थुनुवाको मृत्यु भएपनि प्रहरीको कुटपिटबाट नभई पहिलेकै बिरामीका कारण भएको पुष्टि भएको बताए । उनले चोरीको आरोपमा भदौ १३ गते गिरफ्तार गरिएको र १४ गते बिहान एक्कासी बेहोस भइ ढलेपछि राप्ती उपक्षेत्रीय अस्पतालमा लैजाँदा चिकित्सकहरूले मृत घोषणा गरेको बताए ।भदौ १४ गते बिहान मृत घोषणा भएका गङ्गटेलाई जिल्ला प्रहरी कार्यालयले आफ्नो फेसवुकमा घोराही लमही सडक खण्डको चौपट्टा भन्ने स्थानमा मृत भेटिएको भन्दै सूचना पोष्ट गरी भदौ १६ गते शवको अन्त्येष्टी समेत गरेको थियो । 

यसै गरि वडा प्रहरी कार्यालय लमहीमा थुनुवाको मृत्यु भएको बिषयमा छानविन गरी प्रहरीले पनि विवरण सार्वजनिक गरेको छ । अनुसन्धान टोलीले प्रहरी नियन्त्रणमा मृत्यु भएका थुनुवालाई वेवारिशे शव फेला परेको भनेर प्रहरीले गलत सूचना दिएको ठहर गरेको छ । यस घटनामा प्रहरी दोषी देखिएको ठहरसहित छानविन टोलीले जिल्लाका जिम्मेवार प्रहरी अधिकारीलाई विभागीय कार्वाहीको सिफारिस गरेको छ । 

गलत सूचना दिने र माथिल्लो तहमा घटनाको रिपोर्टिङ नगर्ने जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंह, वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक सुरज खड्कासहित मुद्दा फाँटका जिम्मेवार प्रहरीलाई हदैसम्मको विभागीय कारबाही हुने अनुसन्धान प्रमुख एसएसपी दीलिप कुमार चौधरीले बताए ।विकलाई लुटपाट र चोरी डकैतीमा संलग्न रहेको आशंकामा पक्राउ गरिएको र प्रहरी नियन्त्रणमै मृत्यु भएको उनले बताए । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीको पोष्टमार्टम रिपोर्टमा फोक्सोमा घाउ भएको र त्यही कारणले मृत्यु भएको खुलाइएको चौधरीले जानकारी दिए । हिरासतमै थुनुवाको मृत्यु भन्ने कुराले अप्ठेरोमा पर्ने डरले प्रहरीले गलत सूचना प्रवाह गर्दा समस्या भएको हो ।’-एआइजी लामाले भने- सूचना लुकाउने एसपी दुर्गा सिंह चन्द, इन्स्पेक्टर सुरज खड्का र हिरासतमा खटिएका एकजना हवल्दारलाई विभागीय कारबाहीका लागि सिफारिस गरेका छौँ ।