‘पैसा होइन पासो छ परदेशमा
बोलाउँदै छन् आफन्तले स्वदेशमा
पन्छी फर्केर स्वदेश आऊ
शान्तिको गुँड सानो देशमै बनाऊ….’
बोलाउँदै छन् आफन्तले स्वदेशमा
पन्छी फर्केर स्वदेश आऊ
शान्तिको गुँड सानो देशमै बनाऊ….’
केहि महिनाअघि ‘नेपाल आइडल’को मञ्चमा प्रतिष्पर्धी अमित बरालले ‘पन्छी’ बोलको यो गीत गाउँदा उपस्थित अधिकांशका आँखा रसाए। निर्णायकको कुर्सीमा बसेकी इन्दिरा जोशी त ग्वाँग्वाँ नै रोइन । उनले आँखाभरी आँसु पार्दै गीतले विदेशमा रहेको आफ्नो कान्छो भाइलाई सम्झाएको बताइन्। अहिले सर्वत्र नेपालमा पुष्पन प्रधानको यहि गीतको चर्चा छ। ५० लाख नेपालीहरु बैदेशिक रोजगारमा रहेको नेपाली समाजको प्रतिबिम्ब लाग्ने यो गीत ले केही न केही कथा भन्न खोजिरहे जस्तो लाग्छ । त्यहि भएर यो गीत अहिले अधिकांश नेपाली श्रोताको मन छोएको छ , आँखा रसाएको छ ,हरेकका मोबाइल, ल्यापटप र कम्प्युटरमा गुन्जिन थालेको छ ।
त्यसो त आज पनि यहि गित गुनगुनाउदै रोजगारीको अवसर नभेटेर विदेश जाने युवा युवतीको संख्या थुप्रै छ । विदेशमा पुगेर आफ्नो घर परिवार र आफ्नी मायालु सम्झेर फर्कनेको संख्या पनि कम छैन ।देशको चिन्ता लिएर देशको भविस्यको लागी केही गर्नु पर्छ भनेर सकारात्मक सोच बोकेका युवाहरुको घुइचो पनि विदेश तिर हानिएको छ भने जिम्बेवारीबाट,आफ्नो कर्तव्यबाट एवं ‘फलानाले त यति कमायो रे … बजारमा घर घडेरी जोड्यो रे’ भने सामाजिक चर्चाले आफ्नो पनि शहर बदल्ने चाहना र संकल्प बोकेर विदेशिनेको पनि कमि छैन। नेपालको निराशलाग्दो आर्थिक/राजनीतिक अवस्था र बेरोजगारीले नेपाली समाजलाई यति नराम्ररी गाँजेको छ कि नेपालीहरू विदेश जान चाहने क्रम तुरुन्तै रोकिने छाँट छैन ।
चरम गरिबीले गर्दा बालक भएर हुर्किन नपाई कामका लागि भारत तिर हिडेका एक जना मेरा मित्र संग हिजो जम्का भेट भयो । दशकौ भारतमा काम गरेर घर फर्किएका थिए । भारतमा हुदा गाडी चलाउन सिकेर आएका रहेछन , यता गाडी चलाउने काम पनि पाए, तर वल्लोपल्लो घरका दौतरी सबै विदेशतिर हिँड्न थालेपछि उनले आफू एक्लै गाउँमा अड्न नसकिने मानेछन कि क्या हो उनि पनि मलेशिया पुगे । केहि बर्ष मलेशिया बसेर फर्किएका उनी सोचे जस्तो कमाइ भएँन भन्दै थिए तर पनि जीविकोपार्जन गर्न सक्ने भएर फर्किएका थिए, आफ्नै सानो झुपडी बनाउन सकेका थिए , किस्तामा भए पनि आफ्नै गाडी निकालेर कुदाउने सामर्थ्य बनाएका थिए । तर त्यतिले नि नपुगेर फेरी खाडी तिर जान खुट्टा उचालेका रहेछन। यो त एउटा प्रतिनिधि घटना मात्र हो। यसरी एक ठाउँमा पाउनु दुःख पाएर घर र्फकेको मानिस फेरी अर्को देश गए पछि सबै ठिक हुन्छ, मेरो आर्थिकस्तर बलियो हुन्छ भन्दै खुट्टा उचाल्नु हाम्रो रहर कि बाध्यता ? हैन भने नेपाली समाजमा बैदेशिक रोजगार किन नसा जस्तो बनेको छ ? किन एक ठाउँमा पाउनु दुःख पाएर घर र्फकेको मानिस फेरि मान्छे अर्काे ठाउँमा तयार हुन्छ ? दोस्रोपल्ट पनि रित्तो हात र्फकेको मानिस फेरि विदेश जान किन खुट्टा उचाल्छ ?
सबैका आ–आफ्नै समस्या, तर्क, विचार र प्रतिक्रियाहरु छन् ।तर मलाइ के लाग्छ भने जिन्दगि चुनौती र संघर्ष दुवै हो। एका तिर देशमा नाताबाद र कृपाबाद हावी भएर काम गर्ने क्षमता भएकालाइ भन्दा नेताका आशेपाशे भाइभारदार अनि उनिहरुका आफन्तहरुमा मात्र अवसहरु सिमित छन ।भने अर्को तिर समयको काल खण्ड फेरिदा ऋतुहरु फेरिए झैँ मान्छेको स्वभाब पनि फेरिदै जान्छन, ईच्छाहरु ,कर्तब्य र दायित्वहरु बढ्दै जान्छन । बैदेशिक रोजगारीका सकारात्मक पाटोहरु देखेर बेरोजगारी बाट निकास पाउन आफ्नो खुसीको लागि आफ्नो सुन्दर भविष्यको लागि मान्छे एक बाट अनेक बाटाहरुको खोजीमा दौडिरहको हुन्छ । अनन्त जिन्दगीको आफ्नो बाटो आफै बनाउनु पर्छ भन्ने संकल्प लिएको उसको अघि जे जसरि भए पनि विदेश हानिने निचोड मात्र ठिंग उभिन्छ।त्यस पछि चुनौती र संघर्षको यात्रामा गुड छोडर बेग हानेका चरीहरु युद्धमा हिडेको सिपाई झैँ निडर र आफ्नै गुडलाई सम्झेर कुनै दिन फर्कने आश बोकेर उदेश्यको प्राप्तिको लागि अघि बढ्न थाल्दछन । फेरी पनि संकल्प सहित बैदेशिक रोजगारमा हुने र जान तम्तयार हुनेहरुले जव यो गित सुन्दछन त्यसबेला उनीहरुको मनमा कस्तो अनुभव हुन्छ होला ? मनमा जिज्ञाशा उठेको छ ।
अझ यो भन्दा पनि बढी जिज्ञाशा त बार्षिक गतिलो रेमिटयान्स भित्रेको प्रतिदेन सार्वजनिक गर्ने राज्यले ३/४ जना नेपालीको लास बाकसमा फर्किदा पनि गीतमा भनिए झैँ पासो छ परदेशमा भने मर्म कहिले बुझ्छ होला ? अनि बैदेशिक रोजगारले उब्जाएको सामाजिक समस्याबारे आखा चिम्लेर बिदेश नगए सम्म कुनै मुल्य नै नदिने अन्धो नेपाली समाजलाइ यो गीतले छुन्छ कि छुन्न होला ?
अन्त्यमा, जसरि दिन र रात अर्थात प्रकृतिले उज्यालो र अध्याँरो गरेर बाडिँदिएको छ त्यसै गरि हरेक कामका पनि सकारात्मक र नकारात्मक पक्ष रहेका हुन्छन । नकारात्मक पक्षहरु भए पनि बैदेशिक रोजगारका सकारात्मक पाटो पनि छन् । जसलाई नजरान्दाज गर्न मिल्दैन । बैदेशिक रोजगारीले रेमिटान्स मात्र भित्राउदैन नयाँ प्रबिधि, ज्ञान र सिप पनि भित्राएको छ । शिक्षामा पहुच वृद्धि भएको छ । नेपालीको जीवनस्तर वृद्धि भएको छ । ५० लाख नेपालीहरुको बेरोजगारी समश्यालाई केहि हद सम्म निराकरण गरेको छ । तर मेरो निचोड के भने अरुको देश बनाउने श्रम र शक्ति आफ्नै देशमा खर्च गर्ने देशमा बाताबरण बनोस् ,राज्यले युवा जनशक्तिलाइ उपयोग गर्ने नीति नियम र ब्यबहार थालोस जसले गर्दा अब आउने हाम्रो पुस्ताले रोजगारीको लागि बिदेशको यात्रा तय गर्ने परिस्थितिको अन्त्य होस।देशमै शान्तिको गुँड बनाएर परिवार संग रमाउने सस्कार र सस्कृति बनोस।