अहिले सामाजिक संजालमा लकडाउन, क्वारेन्टाइन र सेल्फ आइसोलेसनको सकस संगै दशकौ देखि नेपाली समाजमा जातीय विभेदको कोरोना भाईरस बाट आफुहरु पिडित भएको भन्दै कथित दलित समुदाय सहअस्तित्व र समानताको कोरश गर्दै छन । जसरि अहिले लाखौं प्रयासका बाबजुद पनि कोरोना भाईरस फ्री मुलुक बनाउन सकिएको छैन त्यसै गरि नेपाली समाजमा दलित समुदायको सहअस्तित्व र समानताको लागि बर्षौ देखि जातीय छुवाछुतलाई दण्ड सजायको व्यवस्था गरिए पनि , छुवाछुत मुक्त रास्ट्र घोषणा गरे पनि , सविधानमा मौलिक हक अधिकारका कुरा लेखिए पनि नेपाल समाजमा कोरोना भाइरस जस्तै जातीय विभेदको भाईरस फ्री मुलुक बनाउन सकिएको छैन ।नेपाली समाजमा जरो गाडेर बसेको यहि विभेदको महामारीबाट कसरी मुक्त हुने भनेर बेला बेलामा सामाजिक संजालमा दलित समुदायका टाठा बाठा , बौद्दिकहरु ग्रुप बनाउदै जुरमुरिएका छन।त्यसो त् परिणाम भविष्यमा देखिएला तर सामाजिक न्याय र समानताका लागि यसरी जुटेका धेरैको अस्तित्व बिलिन भै सकेकोले धेरैका मनमा प्रश्न हुन सक्छ, साँच्चै जुरमुरिएका हुन् कि लकडाउनको सदुपयोग गरदै फुर्सिदिलो समयमा अभिनय मात्रै गरेका हुन् ?
त्यसो त् 'छुवाछुत, जातीय विभेद जस्ता कुसंस्कारहरु हिन्दुको बेदमा छैन्' भनेर जे जतिले ब्याख्या र बिश्लेष्ण गरे पनि नेपाली समाजमा हिन्दु धर्म भित्रको वर्ण व्यवस्थाको प्रभाव ले दलित समुदाय माथि धार्मिक , सामाजिक , सांस्कृतिक एवं राजनीतिक विभेद र दमन सृजन गरेको र नेपाली समाजमा ब्यबहारिक रूपमा जमेर बसेको कुरा धुर्ब सत्य हो ।फलस्वरुप दलितको हकहितको पौरवी गरदै अघि लागेका/राजनीति गरेका/ राज्य हाकनेहरूले/नीति निर्माण तहमा बिराज हूनेहरूले दलित समुदायलाई के जवाफ दिए, के कुराले फकाए-फुल्याए र शब्दजालमा सधैँ कस्तो आश्वासनको शृङ्खलाले झुलाइरहे, त्यो दशकौ देखि दलित समुदायले भोग्दै र अनुभूति गरदै आएका छन ।बर्षौ देखि बिभेदको शिकार भएर अमानवीय ढंगले जीवन बाचिरहेका कथित दलितहरूले देशमा आफ्नो हकअधिकारको कुरा गर्दा यसको नेतृत्व तहमा बसेकाहरू प्रति गुनासो, गाली र सत्तोसराप गर्नु ,जुट्नु निरन्तरको रीत बनेको छ ।तर विभेदको यहि पीड़ा बाऊ बाजेले भोगे भनेर सुंन्दै ,आफु पनि भोग्दै आफ़ना सन्तानले नभोगुन भनेर अहिले सम्म नेपालका सवै दलित समुदाय बीच एकता गरौ ,साझा सोच निर्माण गरौ भनेर जे जति संघ संस्था एवं व्यक्ति जुटे र जुट्ने रीत बने पनि विडम्बना ति सवैमा 'कब्जियत' भएको छ ,कब्जियतका कारण तिनिहरू भित्र दलित अधिकारको लागि केहि गरौ भन्ने निकास केही खुल्न सकेको छैन।
त्यसो त् पछिल्लो समय सतहमा देखिएको कब्जियतको मुख्य कारण भने एकथरि दलितलाई हिन्दुधर्म भित्र रहेको ब्रणाश्रम ब्यबस्थाका कारण बिभेद सृजना भएको हो ।जातीय विभेदबाट आजित दलित समुदायभित्र आफ़ैले बनाएको मन्दिरमा जान नपाउने/एकै धार्मिक आस्था राख्ने बीच अछूतको ब्यबहार हूने बिभेद हूने धर्म सामूहिक रूपमा त्यागौ कि त सामूहिक रुपमा सामाजिक सुधार गर्न उठौ भन्दा हैरानीले छोप्छ, हनहनी ज्वरो आउँछ । अर्कों थरि लाज न डर आफ़ना समुदायका बिपन्न र गरिवहरूका समस्या भजाएर अधिकारकर्मी बनेकाहरु नै उनीहरु माँझ अंतरघुलन हुन नसकने स्वघोषित ठूलो जातको पगरी लगाएर बसेका छन ।केहिले भने आफ्नो धर्ममा दलित समुदायका लाई तान्ने अस्त्र नै हिन्दु धर्मको जातीय विभेद बनाएका छन्। अनि नयाँ-नयाँ उपनाममा ध्रुवीकरण र गुटबन्दी खडा गरेर आफूअनुकूललाई रिझाएर राज्य बाट पृष्ठभूमिमा शुभ लाभ गर्न बानी परिसकेको छन। आफू-आफू सरसल्लाह गरेर मिल्न नसकेका दलित समुदायका यी अगुवालाई मानसिक रुपमा यति कब्जियत पिडित छन् कि हरेक एकताको पहली क़दममा सहयात्री दलित समुदायका संघसंस्था र बौद्धिक टाठाबाठा बीच छेडखानी र कट्टर मतविभेदले शिर उचाल्छ र एकता नामको उपहास गर्छ।
एक त डाडू-पन्यु हातमा भएका बाट /राज्य हाकने बाट बर्षौ देखि दलित समुदायले अहिलेसम्म शब्दजाल, लोलोपोतो मात्र पाऊँदै आए।अर्कों तिर आफ़ना जानेबुझेकाहरू शोक न सुर्ता भोक न भकारी भन्ने उखान झै धेरैजसो त एक थान घरसमेत हाँक्न नसक्नेहरू केही उपाय नलागेर दलित अधिकारको वकालतको तिकडममा हेलिएका छन् । अनि ति मध्ये धेरै जसो हिन्दु धर्म भित्रका बिभेदकारी संस्कारलाई सुधार गर्न संघर्ष गर्न सिकाउने जुटाउने भन्दा पनि धर्म परिवर्तन गर भने मात्र छन।अझ तिनमा पनि जुटने नाममा गाँड कोराकोर गरेर दश तिर मुख फर्काएर बसेका मात्र छन।अथवा जुटौ मिलौ भनेर दलित समुदायका अभियन्ता बीच सहमतिको प्रयास भइराखेको हुन्छ, तर ठोस निर्णयको लागि हाम्रा 'दलित समुदायका संघसंस्था र बौद्धिक टाठाबाठा'हरूमा आँट पलाउनै सक्दैन ।यस्ता वास्तविकता बिच दलित समुदायको एकता सहकार्य कति पैँतालामुनि छ, सामाजिक बिभेदको घानमा पिसिदा कानुनी उपचार दिलाऊँन बलियों आफनो संघसंस्था को छ ? सोध्न कतै गइरहनुपर्दैन, साक्षी आफ्नै आँखा छन् र अहिले सम्म एउटा दलितले अनुभूति गरेको मनले विमर्श गरी सत्य ओकलिदिन सक्छ ।राष्ट्रिय राजनीतिमा आएको ठूलो परिवर्तनहरु संगै देशमा राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र आयो। देशले नयाँ संविधान पायो, राष्ट्रपति पायो, तर दलितले मुक्ति पाएनन्। दलित समुदायको समतामूलक सपनामाथिको घात देखि आजित, थकित र हतास भएका दलित समुदायका अघि अब आफै भनुस अरू विकल्प के छ ?
निचोड़मा भनु पर्दा आपसी लुछाचुँडी र घोचपेचको दलदलमा मस्तराम दलित समुदायका संघसंस्था र टाठाबाठाहरूलाई सार्वजनिक धारामा पानी भर्दा मरणाशन हूने गरि आफ़ना समुदायका दाजुभाई दिदीबहिनी कुटिदा, कथित ठूला जातिका संग प्रेम गरेको परिणाम प्राण पखेरू उडाइदा,दलित भएका कारण सवैकुरा बाट वंचित हुनु पर्दा/निषेधको माहोलमा बाच्न बिवश हुदा, देश भित्रका बाट मात्र होइन सात समुद्रपारिबाट सम्म कोरश आएपनि आफ्नै ताल र लिँडेढिपीमा शक्तिको बल्छी थापेर छिर्के हान्ने र दबाब करकापमा परि मिलापत्र गराउने , घटना सामसुम पार्ने अभियान पेवा भएको छ दलित समुदायको वकालतगर्नेहरुमा ।जसको परिणाम दलित समुदायको हकहितमा अडांन लिन सक्ने नेतृव नहुदा दलित समुदाय प्रताड़ित भएका सामाजिकअरू मुद्दाहरू घटनाहरु ओझेल-धेरै ओझेल परेका छन् ।
ओझेल परेका कुराहरु सतहमा ल्याएर दण्डहीनताको अन्त्य गर्न हामी सबै दलित समुदाय न्याय र नेतृत्वका लागि एक भएर प्रतिरोध गर्नु पर्ने भएको छ । शिक्षा र आर्थिक रुपमा पिछडिएका दलित समाजमा सवै भन्दा पहिले सबैको शिक्षा र आर्थिक स्तर उकास्ने सामूहिक अन्तरघुलनिय पहल चाहिएको छ ।किनकी आजको युग लोकतान्त्रिक बिज्ञानको युग हो । बिज्ञानका हजारौं तथ्थहरुले मान्छे सबै एउटै भन्ने कुरा प्रमाणित गरिसकेको छ जसको पछिल्लो उदाहरण कोरोना भाइरसको कहरले पनि मान्छे सबै एउटै भन्ने कुरा नेपाली समाजलाई मात्र हैन दुनियालाई तथ्य बुझाएको छ। यो एकपटक मात्र होईन । सयौं पटक बिपत्ती,अप्ठेरो अवस्था र मानवको नै अस्तित्व संकटमा परेको बेला जस्तै मैं हूँ भन्ने सम्पन्न लाई समेत जात /धर्म/ धन/सम्पत्ति /कालों /गोरों जस्ता समाजमा विद्यमान सवैखाले बिभेद मिथ्या हो रहेछ भने बोध गराएको छ /प्रमाणित भईसकेको छ । आर्थिक, सामाजिक , राजनैतिक र शैक्षिक रुपमा बर्षौ देखि पछाडी पारिएको दलित समुदाय माथिको विभेद ,अपमान र हेयको बिरुद्ध आम दलित समुदायहरु एक भएर आन्दोलन र सघर्ष लाई हरेकक्षेत्रमा ब्यबस्थित रुपले जारि राख्न पर्छ । तर यो दुःखत परिस्थिति र माहामारीको माहोलमा विभेदको नाममा राजनीति र सस्था बनाउने,चलाउने, जमाउने सोचहरू बन्द गरौ। कसैको आफ्नो हुन नसकेको कोरोनाको माहामारीको चपेटोंमा टुहुरो जस्तै बनेको देशलाई काखी च्यापेर निरीह भावमा हाम्रो जीवन घस्रिरहेको छ।यो बेला भनेको नोभल कोरोना भाइरस (COVID19) बाट आफु सुरक्षित बनौ र अरूलाई पनि सुरक्षित रहन मद्धत गरौं /गर्ने हो ।