Wednesday, September 2, 2020

प्रदेश २ मा दलित हिंसाका घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन


 विभेद बिरुद्द अभियान -प्रदेश २ सरकारले दलितहरुमाथि हुने भेदभाव अन्तका लागि तयार पारिएकाे दलित सशक्ति ऐन अनुसारका काम प्रारम्भ गरेकाे छ ।

ऐनले व्यवस्था गरे बमोजिम मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा रहेको जातीय विभेद तथा छुवाछुत अनुगमन समितिकाे पहिलो बैठक आज मुख्यमन्त्री तथा मन्त्री परिषद्काे कार्यालयमा बसेकाे छ ।

पछिल्लो समयमा विभिन्न घटनामा निधन भएका १३ जना दलितहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैठक शुभारम्भ गरिएको हाे ।

बैठकले प्रदेश २ मा दलितसम्बन्धी घटेका घटनाहरुकाे छानबिन गरी समितिमा प्रतिवेदन पेश गर्नका लागि आन्तरिक मामिलामन्त्रीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।

रौतटह लगायतको घटनाहरुबारे छानविन गर्न १५ दिन समय सिमा दिइएको उक्त समितिमा प्रमुख प्रतिपक्षीदल नेकपाका सचेतक एवं अनुगमन समितिका सदस्य समेत रहेका सुन्दर विश्वकर्मा, प्रदेश सभा सदस्य सुनिता देवी मोची, प्रमिला देवी दास र प्रदेश प्रहरीका प्रमुख सदस्य सचिव छन् ।

त्यसैगरी बैठकले लकडाउनमा खाना नपाएर मृत्यु भएका सप्तरीका मलर सदा र विराटनगरमा उपचारको रकम तिर्न नसकी अस्पतालमा बन्धक बनेका भुटाई सदाको परिवारलाई १ लाख ५० हजारको दरले आर्थिक सहयोगका लागि प्रदेश सरकारमा सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

साथै रौतहटमा हत्या भएका निरंजन राम र मित्रा देवी बैठाको परिवारलाई समेत आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले दलित सशक्ति ऐनले परिकल्पना गरे अनुरुपमा कार्यहरुको प्रभावकारी कार्यान्वयनका लागि समेत प्रदेश सरकारलाई आग्रह गरेको छ ।

मुख्यमन्त्री राउतको अध्यक्षतामा रहेको अनुगमन समितिमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, सामाजिक विकासमन्त्री नवलकिशोर साह, प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलित सदस्यहरु सुन्दर विश्वकर्मा, चमेलीदेवी दास, प्रमिलादेवी दास, फुलियादेवी सदाय, रविन्द्र बैठा, सुनितादेवी मोची, श्यामपरी देवी राम, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव रुपेश साह सदस्य सचिव रहेका छन् ।

‘गुरुकुलमा दलितले पनि पढ्न पाउनुपर्छ’ भन्दा मच्चियो भाँडभैलो

 


विभेद बिरुद्द अभियान -सबै खालका विभेद र असमानताविरुद्ध नेपाली जनताले चलाएको विभिन्न कालखण्डका आन्दोलन र संघर्षपछि अहिले मुलुक संविधानतः संघीय लोकतान्त्रिक गणतन्त्रमा रहेको छ ।

तर, अहिले पनि देशमा जातीय विभेद र असमानमा कायम रहेको छ ।  यसको एउटा उदाहरण बनेको छ, बाग्लुङ नगरपालिका–४ कुँडुलेस्थित मुक्तिनाथ संस्कृत गुरुकुल । जहाँ दलित र जनजातिलाई पढ्न दिन नहुने भन्दै आक्रोश व्यक्त गरिएको एउटा भिडियो सामाजिक सञ्जालमा भेटिएको छ ।

उक्त गुरुकुलमा ब्राम्हणहरुले मात्र नभएर दलित र आदिवासी जनजातिले पनि पढ्न पाउनुपर्ने भिडियोमा तर्क गरिएको छ । यस्तो तर्क गर्ने व्यक्ति चन्द्रकान्त पौडेल हुन् ।पौडेलले यो तर्क गरिरहँदा उनका आसपासको उच्च जातका स्थानीय समुदायले भने कुनै पनि हालतमा गुरुकुलमा दलितलाई पढ्न नदिने भन्दै खुलमखुल्ला जातीय विभेदपूर्ण अभिव्यक्ति दिएका छन् ।यही कारण यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

गुरुकुलमा दलित र जनजातिले पनि पढ्न पाउनुपर्छ भन्ने व्यक्ति चन्द्रकान्त अर्याल भने विश्व हिन्दु संगठन एसिया क्षेत्रका प्रमुख रहेको बताइएको छ ।

विश्व हिन्दु संगठनका नेताले नै किन यति क्रान्तिकारी अभियान चलाए ? भन्ने कुरा बुझ्न बाँकी छ ।तर, भिडियो हेर्दा नेपाली समाजमा अहिले पनि जातीय हिसाबको उच्च र निच जाति रहेको र उच्च जातिले तल्लो जातिमाथि हेर्ने दृष्टिकोण र व्यवहार पुरातनवादी र विभेदपूर्ण रहेको देख्न सकिन्छ ।

बिजय राम हत्या प्रकरण : डिएसपीलाई निलम्बन गरि कार्यवाही नगरेसम्म आन्दोलन जारी रहने

 


विभेद बिरुद्द अभियान -रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका २० वर्षीय निरञ्जन राम चमारको हत्यामा संलग्न रहेको आरोपमा इलका प्रहरी कार्यलय गरुडाको हिरासतमा रहेका विजय रामलाई प्रहरीको चरम यातनापछि मृत्यु भएको घटनामा एक जना प्रहरी निरीक्षक र दुई जना प्रहरी हबलदार निलम्बन भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिजय राम समेतको सोधपुछमा संलग्न जिल्ला प्रहरी कार्यलय,रौटहटा प्रहरी निरीक्षक नवीनकुमार सिंह,प्रहरी हबलदार हिरोज मियाँ र मन्नस कुमार सिहंलाई उक्त घटनाको सम्बन्धमा प्रहरी नियावली २०७१ नियम ११५को देहाय (४) वमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागि निलम्बन गरिएको छ । प्रहरी निरीक्षक सिंहलाई जिप्रका रौतहटका सिफारिसमा गृहमन्त्रालयले र हबलदारद्धयलाई प्रदेश २ को प्रहरी कार्यलयले निलम्वन गरेको हो । सघर्ष समितिका घटनाका मुख्य दोषी डिएसपीलाई निलम्बन गरी कार्यवाही नगरेसम्म आन्दोलन जारी रहने जनाएको छ । 

प्रहरी हिरासतमा रहेका बिजय राम प्रहरी यातानापछि उपचारको क्रममा ११ गते बिहीबार राति १२.३० बजे वीरगञ्ज मेडिकल कलेजमा मृत्यु भएको थियो । मृतकको शव पोष्टमाडैनपछि काठमाडौं स्थित टिचिङ्ग अस्पतालमा छ । दलितहरुले विजय रामको हत्यामा संलग्न गरुडा इलका प्रहरी कार्यलयका प्रमु ज्ञानकुमार महतो सहितको टोलीलाई निलम्वन गरि कार्यवाही गर्नुपर्ने माँग राख्दै आन्दोलन गरीरहेका छन् ।

सर्घष समितिले भदौ १३ गते दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए । आज पनि शान्तिपूर्ण जुलस प्रर्दशन तथा इलका प्रहरी कार्यालय गरुडा अगाडी धर्नामा सयौं दलित तथा गैर दलितहरुको सहभागिता रहेका छन् । गत साउन ३१ गते निरञ्जन रामको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी गाउँछेउमा शव फालिएको थियो । प्रहरीले अनुसन्धानको क्रममा सोही ठाँउका २० वर्षीय अजयकुमार रञ्जन, १९ वर्षीय विवेक यादव, १९ वर्षीय अर्जुन राम, १९ वर्षीय सिकिन्द्र राम, १९ वर्षीय बिजयराम चमार तथा शेख आजादसहित ७ जनालाई पक्राउ गरेको थियो ।

शेख आजादको परिवारका एकजना महिलासँग अवैध सम्बन्ध रहेकै कारण आजादकै योजना अनुसार छिमेकी साथीसँग मिलेर निरञ्जन रामको हत्या गरिएको प्रहरी दावी छ । प्रहरीदे अवैध सम्बन्ध रहेको दावी गरेकै परिवारले पनि बलजफती ११ बर्षिया बालिकालाई टर्चर गरेर बयान दिन लगाएको पत्रकार सम्मेलन मार्फत जानकारी गराई सकिएको छ ।

उता सार्वजनिक भएको भोलिपल्टदेखि नै विजयका परिवार तथा दलित संघर्ष समिति रौतहटले चरणबद्ध रुपले गरुडा प्रहरीको बिरोधमा दलित अधिकारकर्मीहरुले प्रदर्शन तथा आन्दोलन गर्दै आएका छन् । आफ्नो निर्दोष छोरालाई हत्यामा फसाउन प्रहरीले हिरासतमा यातना दिएर आरोप कबुल गराएको मृतक विजयराम चमारका बुवा पनीलाल राम चमारको दाबी छ । प्रहरीले हत्याका मुख्य योजनाकारला ई छोडेको र यातनाको भरमा आरोप कबुल गराएकै कारण विजयराम चमार यातना सहन नसकेर मृत्युु भएको उनले आरोप लगाए । प्रहरीको कुटाइबाट छोरा विजयराम चमारको हत्या भएको बाबु पनिलालको आरोप छ ।

स्रोत:ablokit.com.np

उपचार खर्च तिर्न नसकी अस्पतालमा बन्धक मुसहर दम्पतीलाई पनि एक लाख ५ हजार सहयोग

 


विभेद बिरुद्द अभियान - भदौं १७ गते । कोभिडमा भोकको कारणले ज्यान गुमाएका सप्तरीको कञ्चनरुप नगरपालिकाका मलर सदा परिवारलाई प्रदेश २ सरकारले एक लाख ५० हजार रकम दिने निर्णय गरेको छ ।

गत जेष्ठ ६ गते भोकका कारण मृत्यु भएका सदा परिवारलाई उक्त रकम दिने निर्णय प्रदेश सरकारले गरेको हो । त्यस्तै विराटनगर स्थित गोल्डेन अस्पतालमा उपचारको रकम तिर्न नसकी अस्पतालमा बन्धक बनेका अग्नीसाइृ कृष्णासवर गाउँपालिका–६का शिवचन्द्र सदा उनको पत्नी मलिया देवी सदालाई १ लाख पचास हजार राहत दिने निर्णय गरेको प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले जनाएको छ ।

दलित सरोकार मञ्च नेपालले गत भदौं ८ गते शिवचन्द्र सदा मार्फत आर्थिक सहयोगका लागि मुख्यमन्त्री कार्यालयमा निवेदन दिएका थिए । मुख्यमन्त्री राउतका अनुसार रौतटहमा हत्या भएका निरन्जन राम तथा मित्रा देवी बैठाको परिवारलाई समेत राहत उपलब्ध गराउने निर्णय पनि भएको मुख्यमन्त्री राउतले जनाएका छन् ।

पानीको निकासको विषयमा बिबाद हुदाँ गत साउन ५ गते सप्तरीको अग्निसाईर कृष्णसवरण गाउँपालिका ६, महुलीका दिना साहको पुरै परिवार मिलेर शिवचन्द्र सदा (भुटाइ) र उनको पतनी मलिया देवी सदालाई निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट सख्त घाईते भएका सदा दम्पतीको विराटनगर स्थित गोल्डेन अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । तर औषधी उपचार वापतको एक लाख ६० हजारभन्दा बढी रकम तिर्न नसक्दा सदा दम्पती अस्पतालमा बन्धक भएर बसेका छन् ।

न्याय र औषधी उपचार खर्चका गत भदौं ८ गते नै दलित सरोकार मञ्च नेपालको सहयोगमा प्रदेश २का मुख्यमन्त्री र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय जनकपुर,राष्ट्रिक्ष् मानव अधिकार आयोग र जिल्ला प्रशासन कार्यलय सप्तरीमा निवेदन दिएका छन् । तर अहिलेसम्म कुनै सुनवाई नभएको कुरा अवलोकित दैनिकले निरन्तर रुपमा उठाउँदै आएका थिए ।

स्रोत:ablokit.com.np

विजय राम सहित दलितमाथि भएका घटनाका दोषीलाई कार्यवाही गर्न गृहमन्त्रीलाई सात बुँदे ध्यानाकर्षण


 विभेद बिरुद्द अभियान - राष्ट्रिय दलित लयर्स फोरमले रौतहट गरुडाको बिजय राम सहित देशभर दलितमाथि भएको हत्या हिंसाको घटका दोषीलाई काार्यवाही गर्न बुधबार गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

देशका विभिन्न ठाउँमा श्रृङखलापुर्ण तरिकाले दलितहरुमाथि हत्या हिंसा भैरहेको भन्दै फोरमले गृहमन्त्रीलाई सात बुँदे ध्यानाकर्षण ज्ञापनपत्र बुझाएको संस्थाका अध्यक्ष नारायण नेपालले जानकारी दिए ।‘राष्ट्रिय दलित लयर्स फोरम’ दलित समुदायका कानून व्यवसायीहरु सम्मिलित पेशागत संगठन हो ।

बन्दाबन्दीको अवधि मात्रैमा पनि मुलुकको विभिन्न जिल्लाहरु कालिकोट, रुकुम पश्चिम, इलाम, गुल्मी, कास्कीको पोखरा महानगरपालिका, रुपन्देही, मोरङ्ग, कैलालीको घोडाघडी, झापाको चारआली, वागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नंं.४ कुँडुले फेदी जस्ता स्थानमा दिनप्रतिदिन छुवाछूतको घटना घट्नु र छुवाछूतकै कारण करिब ११ जनाको कर्तव्यद्वारा नरसंहारकारी हत्या हुनुले देशमा छुवाछूत व्याप्त छ भन्ने प्रष्ट भएको समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

जातीय विभेदको घटनाको जाहेरी दर्खास्त सरल र सहज रुपमा दर्ता गर्न, दोषीलाई तत्काल पक्राउ गरी कारवाही चलाउन, यस्तो घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्न गराउन सबै जिल्लाका प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा परिपत्र जारी गरी पाऔं समेत ज्ञापनपत्रमा भनिएको छ । सात बुँदे ध्यानाकर्षण के छ ? 

१. रौतहट जिल्ला गरुडा नगरपालिका वडा नं.५ को निरञ्जन रामको हत्या (स्वयंमा जातीय भेदभावकै आधारमा भएको) र सोही हत्यामा जबरजस्त फसाउन सोही वडाका विजयराम चमारलाई इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी प्रमुख, प्रहरी नायब उपरिक्षक समेतले पक्राउ गरी प्रहरी हिरासतभित्र हत्या गरेको साबिती गराउन विजयराम चमारलाई अमानवीय तवरबाट यातना दिई करेन्ट समेत लगाई हत्या गरिएको छ ।जुन कुरा लासको पोष्टमार्टम रिर्पोटबाट पनि पुष्टि भइसकेको छ । यस पृष्ठभूमिमा विजयराम चमारलाई चरम यातना दिई हत्या गर्ने प्रहरी कर्मचारी विरुद्ध जाहेरी दर्खास्त दिँदा सम्बन्धित प्रहरी कार्यालयले हालसम्म दर्ता गर्न मानेको अवस्था छैन । यसैले जाहेरी दरखास्त सहज र सरल रुपमा दर्ता गरी, अभियुक्त प्रहरी कर्मचारीलाई तत्काल नियन्त्रणमा लिई सत्य तथ्य छानबिन गर्न सक्षम, विज्ञ, निष्पक्ष, विश्वासयोग्य, भरपर्दो र दलित समुदायको बिषयविज्ञ प्रतिनिधिसहितको अनुसन्धान अधिकारीले मुद्दाको अनुसन्धान गर्ने गरी कारवाही अघि बढाओस् । 

२. धनुषा जिल्लाको इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा भएको शम्भु सदाको प्रहरी यातनाबाट भएको मृत्युमा जाहेरी दरखास्त दर्ता भएको तर अभियुक्तहरुलाई पक्राउ गरी अनुसन्धान अघि नबढाइएको, जनकपुरको राजु सदालाई उपचारको क्रममा स्वास्थ्यकर्मी तथा नगरपालिकाको कर्मचारीहरुबाट भएको लापरवाही, उपेक्षा र अपमानबाट भएको मृत्युको घटनाको उचित छानबिन नभएको हुँदा अविलम्ब छानबिन गरी अभियुक्तहरुलाई कारवाही र पीडित परिवारलाई परिपूरणको व्यवस्था गरियोस् । 

३. सप्तरी जिल्लामा मोही मुद्दा जितेकै कारण विपक्षी÷अभियुक्तहरुद्वारा दलित भएर मुद्दामा हामीलाई हराउने भनी त्रिभुवन रामको हत्या गरिएको छ भने सिराहा जिल्लामा रोशन रामको पनि हत्या गरिएको छ । अभियुक्तहरुलाई कारवाही र पीडित परिवारलाई परिपूरणको व्यवस्था गरियोस् । 

४. धनुषा जिल्ला कमला न.पा. वडा नंं.७ को वडाअध्यक्ष तपेश्वर यादवले आफ्नो अगुवाईमा आएका जिम्मेवार व्यक्तिहरुले मिति २०७७।५।६ गते राती १०÷११ बजेको समयमा चन्दन सदाका परिवारका ५जना सदस्यहरुलाई मरनासन्न हुने गरी कुटपिट गरेकोमा हालसम्म सो कुटपिटमा वडा अध्यक्षसहितका व्यक्तिहरुका विरुद्ध जाहेरी लिन नमानेको र निजहरुलाई कानूनी कारवाहीको दायरामा नल्याएको हुँदा यथाशीघ्र कारवाही गर्न जोडदार माग गर्दछौं । 

५.यसै गरी कैलालीको घोडाघोडी, झापाको चारअलि जस्ता स्थानमा जातिय छुवाछुत तथा विभेदका घटनाहरु घटी दलित समुदायमा कुटपिट, आक्रमण भएको सम्बन्धमा पिडित पक्षलाई संरक्षण गरी दोषिलाई कारवाही गरियोस भनि माग गर्दछौं । साथै वागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नंं.४ कुँडुले फेदीमा अवस्थित श्रीमुक्तिनाथ संस्कृत पाठशालामा सबै जातजातीले पढन पाउनुपर्छ भन्ने बिषयमा दलित समुदाय माथि हातपातगर्ने गालि, गलौज गर्ने दोषीलाई अविलम्ब कानूनी कारवाही गरियोस भनि माग गर्दछौं ।

 ६. जातीय छुवाछूत तथा विभेदको कारणबाट मुलुक नै कलंकित हुने गरी रुकुम पश्चिम जिल्लाको चौरजहारीमा भएको नरसंहार, हत्याको सम्बन्धमा संघीय संसदबाट गठन भएको समितिले प्रदान गरेको प्रतिवेदनको सिफारिशको कार्यान्वयन भएको छैन । सो सिफारिशको कार्यान्वयन यथाशीघ्र गरियोस् । साथै पीडित पक्षको परिवारको संरक्षण गरी पीडित परिवारलाई मुद्दा पुर्पक्षको क्रममा अनुचित प्रभाव पार्ने संभावनाहरु देखिएकोले अनुचित प्रभावमा पार्ने कार्य रोकियोस् । सोही घटनामा प्रहरी प्रशासनबाट कर्तब्यको पालना नभएको र सो घटनामा भएको लापरवाहीको सम्बन्धमा पुनः छानबिन गरी दोषी प्रहरी उपर विभागीय र आवश्यक कानूनी कारवाही गरियोस् । 

७. जातीय विभेद तथा छुवाछूतका घटनाबाट घाइते भएका पीडितहरुको राज्यबाट नै निशुल्क उपचारको व्यवस्था गरियोस् । जातिय छुवाछुत तथा विभेदकोे घटनाको गंभिरतापूर्वक अनुसन्धान गर्न गराउन प्रहरी कार्यालयमा छुट्टै दलित सेल गठन गरियोस् । दलित समुदायको मानव मयार्दापूर्ण जीवन बाँच्न पाउने अधिकारलाई संरक्षित गर्न तथा संविधान र कानुनलाई व्यवहारिक कार्यान्वयनको गर्नको लागि जातीय विभेद तथा छुवाछूत जन्य घटनालाई शुन्य सहिष्णुताले हेरी अनुसन्धान प्रक्रिया अगाडी बढाउन समेत मातहतका निकायमा निरर्देशन जारी गरीयोस भनि नेशनल दलित लयर्स फोरमको तर्फबाट हामी देहायका कानून व्यवसायीहरुले इमेल मार्फत ध्यानाकर्षण गराएका छौं । कानुन व्यावसायीहरु

 १ अधिवक्ता नारायण नेपाल अध्यक्ष 

२ अधिवक्ता मोहन साशंकर सह अध्यक्ष 

३ अधिवक्ता श्याम विश्वकर्मा सह अध्यक्ष 

४ अधिवक्ता भोजमान लाम्गादे सचिव 

५ अधिवक्तासुन्दर सेनी कोषाध्यक्ष

 ६ अधिवक्ता चक्रमान विश्वकर्मा सदस्य

 ७ अधिवक्ता बाल्मिकी आउजी सदस्य 

८ अधिवक्ता सरस्वती नेपाल सदस्य 

९ अधिवक्ता राम बहादुर मिजार सदस्य 

१० अधिवक्ता वाल माया विश्वकर्मा सदस्य

 ११ अधिवक्ता शैलेन्द्र हरिजन सदस्य

स्रोत:ablokit.com.np


बिजय राम हत्या प्रकरण : अहिलेसम्म के भएको भयो ?

 


विभेद बिरुद्द अभियान - सप्तरी,भदौ १५ गते । प्रहरी हिरासतमा रहेका रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका १९ वर्षीय विजयराम चमारको प्रहरी यातनाबाट मृत्युभएको घटनामा संलगन डिएसपी ज्ञान कुमार महतो सहितको टिमलाई कार्यवाही गर्न मांग गर्दै सोमबार सप्तरीको बिसणपुर चौकमा दलितहरुले प्रदर्शन गरेको छ । 

संयुक्त दलित संघर्ष समिति सप्तरीको आयोजनामा गरिएको प्रदर्शनमा सयौंको संख्यामा दलितहरुले बिसणपुर चौकबाट शुरु भएको जुलुस बजार परिक्रमा गरि कोणसभामा परिणत भएको थियो । कोणसभामा संर्घष समितिका संयोजक प्रथमलाल राम, दलित नेता गंगा सदा, सियाराम पासवान लगायतका नेताहरुले सम्बोधन गरेका थिए । 

यता रौतहटको गरुडामा समेत दलितहरुले आन्दोलन जारी राखेको छ । इलाका प्रहरी कार्यालय अगाडी सयौंको संख्यामा दलितहरुले धर्ना दिएका छन । आन्दोलनमा दलित,मुश्लिम लगायत गैर दलितहरुको समेत उल्लेखनीय सहभागिता रहेको आन्दोलनको नेतृत्वकर्तामध्येका एक मदन अम्बेडकरले बताए । आन्दोलनमा पर्साबाट मनोज राम नेतृत्वको टोली समेत पुगेको छ । सर्लाही,बाराबाट समेत दलित अगुवाहरु आन्दोलनमा एकबद्धता व्यक्त गर्न पुगेका छन् । 

आन्दोलनकारीहरुले  विजय रामको हत्यामा संलग्न डिएसपी ज्ञानकुमार महतो लगायत टिमलाई तुरुन्त निलम्ब गरी कार्यवाही गर्नुपर्ने,उच्च स्तरीय छानविन समिति गठन गर्नुपर्ने,पिडीत परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने,निरन्जन रामको हत्याको मूल योजनाकार लखन साह र राजगिर साहलाई तुरुन्त पक्राउ गरी कार्यवाही गर्नु पर्ने,निरन्जन राम राम र बिजय रामलाई सहिद घोषणा गर्नुपर्ने र निदोर्ष व्यक्तिलाई तत्काल रिहा गर्नुपर्ने माँग अघि सारेका छन् । सर्घष समितिले भदौ १३ गते वृहत्त प्रर्दशन तथा इलका प्रहर िकार्यलय घेराउ,१४ गते विजय राम हत्यामा संलग्न डिएसपी लगायतका टिमलाई किटानी जाहेरी दर्ता,१५ र १६ गते शान्तिपूर्ण जुलस प्रर्दशन तथा इलका प्रहरी कार्यालय गरुडा अगाडी धर्ना र १७ गते मसाल जुलुश प्रर्दशन गर्ने कार्यक्रम तय भएको संर्घष समितिको संयोजक सोनेलाल रामले जनाएको छ ।

रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका २० वर्षीय निरञ्जन राम चमारको हत्यामा संलग्न रहेको आरोपमा इलका प्रहरी कार्यलय गरुडाको हिरासतमा रहेका विजय रामलाई प्रहरीको चरम यातनापछिउपचारको क्रममा ११ गते बिहीबार राति १२.३० बजे वीरगञ्ज मेडिकल कलेजमा मृत्यु भएको थियो । मृतकको शव पोष्टमाडैनपछि काठमाडौं स्थित टिचिङ्ग अस्पतालमा छ । गत साउन ३१ गते निरञ्जन रामको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी गाउँछेउमा शव फालिएको थियो । प्रहरीले अनुसन्धानको क्रममा सोही ठाँउका २० वर्षीय अजयकुमार रञ्जन, १९ वर्षीय विवेक यादव, १९ वर्षीय अर्जुन राम, १९ वर्षीय सिकिन्द्र राम, १९ वर्षीय बिजयराम चमार तथा शेख आजादसहित ७ जनालाई पक्राउ गरेको थियो ।

शेख आजादको परिवारका एकजना महिलासँग अवैध सम्बन्ध रहेकै कारण आजादकै योजना अनुसार छिमेकी साथीसँग मिलेर निरञ्जन रामको हत्या गरिएको प्रहरी दावी छ । प्रहरीदे अवैध सम्बन्ध रहेको दावी गरेकै परिवारले पनि बलजफती ११ बर्षिया बालिकालाई टर्चर गरेर बयान दिन लगाएको पत्रकार सम्मेलन मार्फत जानकारी गराई सकिएको छ । उता सार्वजनिक भएको भोलिपल्टदेखि नै विजयका परिवार तथा दलित संघर्ष समिति रौतहटले चरणबद्ध रुपले गरुडा प्रहरीको बिरोधमा दलित अधिकारकर्मीहरुले प्रदर्शन तथा आन्दोलन गर्दै आएका छन् ।

आफ्नो निर्दोष छोरालाई हत्यामा फसाउन प्रहरीले हिरासतमा यातना दिएर आरोप कबुल गराएको मृतक विजयराम चमारका बुवा पनीलाल राम चमारको दाबी छ । प्रहरीले हत्याका मुख्य योजनाकारला ई छोडेको र यातनाको भरमा आरोप कबुल गराएकै कारण विजयराम चमार यातना सहन नसकेर मृत्युु भएको उनले आरोप लगाए । प्रहरीको कुटाइबाट छोरा विजयराम चमारको हत्या भएको बाबु पनिलालको आरोप छ ।‘यो कुनै हालतमा मृत्यु होइन , हत्या हो ।’  

अहिलेसम्म के भएको भयो ?

प्रमुख जिल्ला अधिकारी बिच सहिद घोषणाको लागि सिफारिस गर्ने निर्णय : जिंगडियामा एकपछि अर्को गरी दुई जना नवयुवकको आकस्मिक मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले दुबै मृतकलाई सहिद घोषणा गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संयोजकत्वमा भएको सर्वपक्षीय बैठकले आठ बुँदे निर्णय गर्दै विजय रामको पोस्टमार्टम रिपोर्ट आएपछि र गृह मन्त्रालयको छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि दुवैको आधारमा सम्बन्धित सरोकारबालासित छलफल गर्ने, दुबै परिवारलाई आर्थिक सहयोग गर्न गरुडा नगरपालिकालाई आग्रह गर्ने, थप आर्थिक सहयोगको लागि केन्द्र तथा प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय भएको छ ।

 प्रहरी हिरासतमा रही उपचारको क्रममा मृत्यु भएको घटनाको छानबिनको लागि राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय दलित आयोग समेतको सहभागिता रहने गरी उच्चस्तरीय छानबिन आयोग गठनका लागि गृह मन्त्रालयमा अनुरोध गर्ने निर्णय भएको छ । सर्वपक्षीय बैठकमा सुरक्षा समितिका सम्पूर्ण सदस्य, केही नगरपालिकाका प्रतिनिधि, मानव अधिकार आयोगको प्रदेश कार्यालयका प्रतिनिधि तथा दलित प्रतिनिधि र मृतकको परिवारका तर्फबाट पनि प्रतिनिधिको सहभागिता रहेको थियो । छानबिन प्रतिवेदन र मृतकको पोस्टमार्टम रिपोर्ट नआएसम्म निषेधाज्ञालाई विचार गर्दै संघर्षका कार्यक्रम रोक्ने निर्णय पनि गरिएको छ ।

#बिजय_राम_हत्या_प्रकरण 

स्रोत:ablokit.com.np