visit :- gopalsiwa.blogspot.com |
ओखलढुङ्गा, भदौ १३- आर्थिक अभावले परिवारले उपचार गर्न
नसक्दा ओखलढुङ्गा गाविस४ गोरुमारेभञ्ज्याङका सुस्तमनस्थितिका दुई बालक दुई
वर्षदेखि खोरमाथुनिएका छन् । स्थानीय शेरबहादुर र रहरी विश्वकर्माका दुई छोरा १२
वर्षीय निर्मल र ८ वर्षीय निराज उपचारको अभावमा खोरमा थुनिएका हुन् ।खोरमा थुनिएका
बालकहरूको स्वास्थ्य अवस्था दिनदिनै खराब हुँदै गएको छ ।
दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै
आएको विश्वकर्मा परिवारले काममा जाँदा जथाभावि हिँडडुल गर्ने चोटपटक लाग्ने,
हराउने
भएकाले थुन्नुपरेको बताए । बालकद्वयका बाबु शेरबहादुर विक रहर नभएर बाध्यताले
थुन्नु परेको गुनासो गर्दै ऋण काढेर विभिन्न अस्पताल चाहारेर उपचारगरे पनि रोग
निको हुन नसकेको उनले बताए । उनले खानासमेत खोरमै
खुवाउने गरेको बताए ।
जन्मजात शारीरिक लुलोपन र बोली नआउने
समस्या भएका बालकहरूको उपचार अभावमा मानसिक सन्तुलन गुमेपछि परिवारले खोरमाथुनेको
हो । तीन वर्षअघि वैदेशिक रोजगारीको कमाइले उपचार गरिए पनि रोग निको नभएको बालककी
आमा रहरी विकले बताइन् । अहिलेसम्मबालकहरूको उपचारमा दुई लाख रुपैयाँ ऋण लागेको
विश्वकर्मा परिवारको भनाइ छ ।
गरिबीको चपेटामा पिल्सिएको विश्वकर्मा
परिवारले बालकहरूको उपचारको लागि ओखलढुङ्गा नगरोन्मुख गाविसबाहेक कहीँबाट
सहयोगनपाएको गुनासो गरेको छ । गाविसले बालकहरूको हेरचाह र उपचारको लागि मासिक दुई
हजार रुपैयाँ दिँदै आएको छ । मजदुरी गरेर प्रतिदिन दुईसय रुपैयाँ कमाइले बालकहरूको
उपचार सम्भव नभएको विश्वकर्मा परिवारले बताएको छ ।
No comments:
Post a Comment