बाजुरा, भाद्र ११ - दलित भएकै कारण एक प्रहरी जवान बुढीनन्दा मेला भर्नबाट वञ्चित भएका छन् ।
ठाडो उकालो पार गर्दै चरी दह भन्ने स्थानमा पुग्यो । त्यस ठाउँमा बुढीनन्दा जाने तीर्थालुसहित पुजारी भेला भएका थिए । केहीबेरमै प्रहरी टोलीमा दलित भएको भन्दै विरोध सुरु भयो । उनलाई मेला जानबाट वञ्चित गराइयो । 'पुजारी श्रीलाल बोहराले बोलाएर दलित जाने भए यात्रा अघि बढ्दैन भने,' सहायक निरीक्षक चन्दले भने, 'त्यसपछि जनकलाई नै सोधें, उनले भैगो सर मेरा कारणले अप्ठ्यारो हुने भए जान्न भन्यो ।'बजुराको बुढिन्दा मन्दिरमा अपमानित भएका प्रहरी जवान जनक बिक जिल्ला प्रशान कार्यलयमा घटनाको बारेमा जनगरी गराउदै : तस्बिर सौजन्य :बसन्त बिस्वकर्माको फेसबुक बाट |
भक्कानिँदै सोमबार प्रमुख जिल्ला अधिकारी धु्रवराज जोशीसहित आफ्नै अधिकृतसामु प्रहरी जवान विकले आफूमाथि जातीय विभेदका कारण भएको घटना सुनाउँदा उपस्थित सबैका आँखा रसाए । पुजारी बोहराले भने आफूले तीर्थालुको मागअनुसार उक्त कुरा असई चन्दलाई भनेको भए पनि कसैलाई जबर्जस्ती नगरेको दाबी गरे । 'घटना सुन्दा साह्रै दुःख लाग्यो,' जोशीले भने, 'अनुसन्धान गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिन्छु ।'
- Source:ekantipur
No comments:
Post a Comment