Saturday, August 31, 2013

बेलबारी घटनाले उब्जाएका प्रश्नहरु

लेखक : अमर बराईली
 दलित अधिकारकर्मी
लेख साभार :हाम्रो यातायत
पुर्वाञ्चलको मोरङ्ग जिल्ला बेलबारीबाट करीब २ कि.मी.दक्षिण करमडाँडामा श्रावण ७ गते अन्नपुर्ण बोडिङ्ग स्कुलमा स्थानिय समाज बसेको हुन्छ । समाजबाट बेलबारीमा स्थानिय होटलमा काम गदै गरेकी माया सार्कीलाई बोलावाट आउँछ र समाज बसेको स्थानमा माया सार्कीको उपस्थित हुन्छ र न्याय दिन बसेको समाज र स्थानिय जीवन भेटवाल र उनको परिवारले जुत्ताको २ जोडी माला र कालो मोसो तयार गरिएको हुन्छ । समाज बसेको स्थानमा माया सार्कीको उपस्थित हुन्छ र केहि बेर माया सार्की प्रति प्रश्न गरिन्छ अनि आक्रोशित रुपमा पुर्व योजना अनुसार तयार गरिएको कालो मसो र जुुत्ताको माला माया सार्की लाई लगाईन्छ र माया सार्कीको बकालत गरे वापत फाईट साप्तहिक का कार्यकारी सम्पादक मनोज विश्वकर्मालाई पनि बोलाईएको हुन्छ उनी समेतलाई कालो मोसो लगाई लगाईएको कपडा समेत लछार पछार गरि  मरनासन्न हुनेगरी कुटपिट समेत गरिन्छ ।
पुर्वाञ्चल जस्तो सभ्य र शिक्षीत आवादी बसेको ठाउँमा यस्तो अमानविय घट्नाले आज नेपाल मात्रै नभएर विश्वमा पनि चर्चाको विषय वनेको छ । सञ्चार माध्यमले दिन प्रतिदिन समाचार लेखिरहेको छ । नेपालमा अहिले पनि पुर्वमा जातिय भेदभाव र महिला हिंसा नघटने भनेको भनि हामीले गर्व गर्न ठाउँ छैन । २१ औ शताब्दीमा मानवले मानवलाई यसरी दुव्र्यवहार
गरिएको घट्ना शायदै पहिलो हुनुपर्छ ।
माया सार्की आफु काम गरेको होटलबाट घर फर्किने क्रममा बलत्कार गर्ने पुरुषको आवाज स्थानिय जीवन भेटवालको भएको किटानी जाहेरी ईलाका प्रहरी कार्यालय बेलबारीमा स्थानिय पत्रकार मनोज विश्वकर्माको सहयोगमा माया सार्कीले दिन्छीन र जीवन भेटवाललाई पक्राउ गरिन्छ र माया सार्कीले बलात्कारको प्रयास गर्ने पुरुषको हात रगत आउने गरी २ पटक टोकिएको वयान दिन्छिन् । पक्राउ गरिएका जीवन भेटवालको हात हेर्दा माया सार्कीले दिएको वयान अनसार नदेखिएकोले माया सार्कीले जीवन भेटवाल सँग माफी मागी मिलापत्र कागज गराई दुवै पक्ष आ आफनो घर लाग्छन ठिक त्यसको भोलीपल्ट श्रावण ७ गते समाज बसी जुत्ताको माला लगाई सार्वजानिक रुपमा वेईज्जती गरिन्छ ।
नेपालको अन्तरिम संबिधान को धारा १२ र १३, जातिया छुवाछुत भेदभाव र कसुुर सजाय ऐन २०६८ , छुवाछुत मुक्तराष्ट्र घोषणामा उल्लेख गरिए अनुसार जातिय भेदभाव तथा विभेद,जातिको कारण सार्वजानिक रुपमा दुव्र्यवहार गरिएको खण्डमा सजायको भागीदार हुन् । कानुनमा उल्लेख गरिए अनुसार पनि समाजमा यस्ता खाले घट्नाले प्रश्रय पाउनु भनेको हामी र हाम्रा लागि दुर्भाग्य सिद्ध भएको छ । साथै कानुनको ठाडो उपहास गरिएको छ ।
सायद दलित महिला र गरिवी भएको कारण पनि त्यहाँको सभ्य  समाजले पशु जस्तै दुव्र्यवहार गरेको छ । अलिक सम्पन्न महिला गैरदलित महिला भएको भए यस्तो दुव्र्यवहार गर्न साहस कसैले पनि गर्न सक्दैनथ्यो होला । यो घटना दलित भएकै कारण महिला भएकै कारण ,गरिब भएकै कारण घटेको हो । हुनसक्छ त्यहाँको समाजले जुन घटना घटाउनको लागि भुमिका खेल्यो त्यहाँको समाजले किन काननी उपचारको बाटो रोजेन किन न्याय दिन सकेन ,जिवन भेटवालले किन कानुनी बाटो रोजे्नन कानुनी बाटो रोजेर पनि त न्याय पाउन सक्ने थिए होलान । त्यहाको समाजलाई हामी प्रश्न गर्न चाहन्छौ किन त्यस्तो घटना घटाईयो किन न्याय दिन सकेन शायदै त्यो समाजमा अरु महिलाहरुले किन यस्तो घटना घट्न दियो त ।
उक्त घट्नामा हाल सम्म के भयो
१. घटना घटाउने पिडक जीवन भेटवाल सहित ६ जनालाई सार्वजाकि मुद्धा दर्ता गरि १५ दिनका लागि म्याद थपियो ।
२.घट्ना को अध्यायन पत्रकारको टोली र मानवअधिकार क्षेत्रिय कार्यालय विराटनगरले अनुगमन समेत गरियो ।
३.दलित सघर्ष समिती गठन भई घट्नाको विरुद्ध बेलबारी र घटना स्थलमा बिशाल –याली र ईलाका प्रहरी कार्यालय बेलबारी अगाडी कोण सभा गरी पिडीतलाई न्याय र पिडक लाई कानुनी कारबाहीको लागि जोडदार माग ग–यो ।
४.दलित संघ संस्थाहरुले काठमाण्डौ सिहदरबार अगाडी धर्ना र जुलुश गरी विरोध जनायो ।
५.नेपालको ७५ वटै जिल्ला मा विरोध –याली सम्पन्न भयो ।
६.राष्टिय दलित आयोग बाट जिल्ला प्रशासन ,जिल्ला प्रहरी ,मानव अधिकार आयोग का कार्यालयमा उक्त घटना मा छुवाछुत र विभेद ,महिला हिंसा घटनामा मुद्धा चलाउनको लागि समन्वय र पहल गरिएको छ ।
७.नेपाल सरकार बाट मोरङ्ग जिल्ला प्रहरी प्रमुखको संयोजकमा ३ सदस्यीय छानविन आयोग गठन
८.मिती २०७० श्रावण १४ गते बेलबारीको ईलाका प्रहरी कार्यालय अगाडी बिशाल खबदारी सभा सम्पन्न भयो ।
९.उक्त घटनाका मुुख्य अभियुक्त कुष्ण बहादुर सुन्दासलाई पक्राउ गरिएको ।
१०.राष्टिय दलित आयोगको छानविन समितीले प्रतिवेदन सार्वजानिक गरेको ।
उक्त घटनाको सम्बन्धमा दलित संघ सस्था, मानव अधिकार संघ सस्था , महिला संघसस्थाहरुले व्यापक विरोधका कार्यक्रमहरु हाल सम्म पनि नेपालका ७५ वटै जिल्लामा सम्पन्न भईरहेका छन् । हामी दलित संघसस्थाहरुको पनि एउटै आवाज रहेको छ साथै हाम्रो आवाज भनेको घट्नाका पिडीतलाई उचित क्षतिपुर्ति , न्याय र पिडकलाई हदै सम्मको कानुनी सजायको व्यावस्था गरी समाजमा यस्ता खाले घटनालाई निर्मुल पारी निज विस्थापित भएकी माया सार्की र मनोज विश्वकर्मालाई त्यही समाजमा फुलमाला लगाएर स्थापित गराउनको लागि तपाई हामीले सहयोग र समन्वय गरी यस्ता दुव्र्यवहारलाई समाजबाटै अन्त गर्नको लागि हातमा हात काँधमा काँध मिलाए अगाड बढौ ।
यो एउटा दलित को मात्र समस्या नभएर सार्वजानिक सबैको चासोको विषय पनि हो । साथै दलित अधिकारवाला संघ संस्थाहरु, नागरिक समाज, प्राशासनिक निकाय, पत्रकार, मानवअधिकारबादी, विद्यार्थी, राजनैतिक दल , समाजसेवी , व्यावसायी, महिला अधिकार संघ सस्था लगायत सरोकारवाला निकायहरुमा पिडीत लाई उचित क्षतिपूर्ति र न्याय अनि पिडकलाई हदै सम्मको कानुनी कारबाही चलाउनको लागि जोडदार माग गर्नको लागि हामी सबै लागी प–यौ भने मात्र माया सार्की र मनोज विश्वकर्माले  न्याय पाउनु भनेको सम्पुर्ण दलित समुदाय र सम्पुुर्ण महिलाहरुले न्याय पाएको ठहरिने छ ।

No comments:

Post a Comment