कालीकोट जिल्लाको जुबिथा गाउँ विकास समिति वडा नं. ४ का मनवीर सुनारको
हत्याको विपक्षमा ठूलो आवाज उठ्यो । संविधानसभामा रहेका दलित सभासद्हरुले
पनि यो विषयलाई गम्भीरतापूर्वक उठाए । राजनीतिक पार्टीसम्बद्ध दलित
संगठनहरु पनि एकतावद्ध भएर आन्दोलनमा उत्रिए । फलतः राज्यले मनवीर सुनारको
परिवारलाई क्षतिपूर्ति दिन तयार भयो । तैपनि नेपाल बन्द लगायतका
कार्यक्रमहरु अगाडि सारिएपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलित
समस्याबारे संसदलाई नै सम्बोधन गर्नुपर्यो ।
के भन्नुभयो त प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ? यहाँ जानकारीका लागि जस्ताको तस्तै दिइएको छ ।
के भन्नुभयो त प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ? यहाँ जानकारीका लागि जस्ताको तस्तै दिइएको छ ।
’सम्मानीय प्रधानमन्त्रीले दलितको समस्या सम्बन्धि संसदमा गरेको सम्बोधन
(२०६८।९।१४)
(२०६८।९।१४)
सम्माननीय सभामुख महोदय,
कालिकोट जिल्लामा यही मसिर २४ गते छुवाछुतको कारणवाट श्रृजित घटनामा
सोही जिल्लाको जुविथा गाँउ विकास समिति वडा नम्वर ४ वस्ने मनवीर सुनारले
ज्यान गुमाउनु परेको छ । यो अमानवीय र मानवता विरोधी घटनाले नयाँ नेपालको
कल्पना गर्ने सबै नेपालीलाई स्तव्ध बनाएको छ । सामाजिक सद्भाव र
सहिष्णुतामा विश्वास गर्ने नेपाली समाजको अन्तरनिहीत तत्वलाई यसले चुनौति
दिएको छ । एक्काइसौ शताब्दीको यो कालखण्डमा नेपालमा भएको यस प्रकारको
मानवता विरोधी घटनाले आधुनिक मानव सम्यतालाई नै झस्काएको छ ।
जातीय भेदभाव र छुवाछुत घुणित समाजिक व्यवहार हो । सामाजिक व्यवहार
क्षणभरमा हटाउन सकिने विषय पनि होइन । नियम, कानुन र प्रतिवद्धताले मात्र
सामाजिक व्यवहारमा एक्कासी परिवर्तन ल्याउन नसकिने कुराको उदाहरण हो यो
घटना ।
नेपालको अन्तरिम सविधानले सबै किसिमका भेदभावलाई निषेध गरेको छ । नेपाल
सयुक्त राष्ट्र संघका मानव अधिकार सम्बन्धी सबै महत्वपूर्ण मापदण्डहरुको
पक्ष भै सकेको छ । यी मापदण्डहरुले मानिस मानिस बीचको कुनै पनि किसिमको
भेदभावलाई स्वीकार्दैनन् । त्यसैगरी व्यवस्थापिका संसदले नेपाललाई छुवाछुत
मुक्त देशको रुपमा घोषणा गरेको कुरा पनि स्मरणिय छ । जातीय भेदभाव र
छुवाछुतलाई गैरकानुनी अपराधको रुपमा घोषण गरी जातीय भेदभाव तथा छुवाछुत ऐन,
२०६८ पनि कार्यान्वयनमा रहेको छ । अन्तराष्ट्रिय प्रतिवद्धता र राष्ट्रिय
कानुनमा उल्लेखित मानव अधिकार सम्वन्धी व्यवस्थाहरुको नियमित अनुगमन गर्न
राष्ट्रिय मानव अधिकार आयोग कार्यरत छ । यसै गरी नेपाल सरकारले भेदभावपूर्ण
व्यवहारवाट वढी पीडित हुदै आएका दलितहरुको हक संरक्षण र हित प्रवर्धन गर्न
राष्ट्रिय दलित आयोग गठन गरी कार्यरत रहेको छ ।
यसप्रकार नेपालमा सबै प्रकारका जातीय भेदभाव र छुवाछुत निवारणको लागि
कानुनी र संरचनागत व्यवस्था गरिएको छ । राज्यस्तरमा यस्ता व्यवस्था हुदा
हुदै पनि परंपरागत रुपमा भेदभाव र छुवाछुतवाट पीडित हुदै आएका दलितहरु अझै
पनि सुरक्षित हुन सकेका छैनन । उनीहरु अझै पनि छुवाछुतको समाजिक व्यवहारवाट
पीडित हुदै आएको छन् ।
मनवीर सुनारको मृत्युको घटनाले छुवाछुतको उग्ररुपको प्रतिनिधित्व गर्दछ
भन्ने मलाई लाग्दछ । उक्त घटनामा मत्यु भएका मनवीर सुनारको पीडित परिवारलाई
राहत वापत रु १० लाख उपलव्ध गराउने निर्णय नेपाल सरकारले गरिसकेको छ ।
साथै, निज मृतकका सन्ततीहरुको निःशुल्क शिक्षाकोलागि सरकारले व्यवस्था
मिलाउने छ ।
उक्त जघन्य अपराधको घटनामा संलग्न सबैलाई कानून बमोजिम अधिकतम सजाय दिलाउन सरकार प्रतिवद्ध छ ।
उक्त जघन्य अपराधको घटनामा संलग्न सबैलाई कानून बमोजिम अधिकतम सजाय दिलाउन सरकार प्रतिवद्ध छ ।
यस अघि शहिद घोषणाको लागि मापदण्ड निर्धारण गर्न बनेको कार्यदलवाट
प्राप्त सुझावहरुमा केहि परिमार्जन गर्न आवश्यक देखिएकोले सरकारले तत्काल
अर्को कार्यदल बनाउने छ । र, यो कार्यदलवाट प्राप्त प्रतिवेदनको आधारमा
मृतक मनवीर सुनारलाई शहीद घोषण गर्ने तर्फको प्रकृया सुरु गरिने
छ ।
छ ।
नेपाल कानुन वर्खिलाप हुने गरी जातीय भेदभाव र छुवछुतको क्रियाकलाप हुन
नदिन सरकार प्रतिवद्ध छ । कानुन उलंधन गरी यस्तो व्यवहार देखाउने अपराधिहरु
प्रति सरकार कठोरता पूर्वक प्रस्तुत हुने
छ । कालिकोट, दैलेख, कास्की, तनहु, काठमाडौ (कमन) लगायतका देशका विभिन्न भागमा भएका घटनाका अपराधिहरुलाई कानुनको दायरामा ल्याउन सरकार प्रतिवद्ध छ । काठमाडौमा दलित सुनचाँदी व्यापारीका हत्याराहरुलाई तुरुन्त गिरफ्तार गरी सजायको दायमा ल्याइसकिएको कुराले सरकारको यस सम्बन्धि प्रतिबद्धताको व्यवहारिक पुष्टि गर्दछ ।
छ । कालिकोट, दैलेख, कास्की, तनहु, काठमाडौ (कमन) लगायतका देशका विभिन्न भागमा भएका घटनाका अपराधिहरुलाई कानुनको दायरामा ल्याउन सरकार प्रतिवद्ध छ । काठमाडौमा दलित सुनचाँदी व्यापारीका हत्याराहरुलाई तुरुन्त गिरफ्तार गरी सजायको दायमा ल्याइसकिएको कुराले सरकारको यस सम्बन्धि प्रतिबद्धताको व्यवहारिक पुष्टि गर्दछ ।
जातीय भेदभाव र छुवाछुतलाई राज्यले निषेध गरि सकेको तर घटनाहरु
दोहोरिरहेको सन्दर्भमा दलितविरुद्ध हुने यस्ता अमानवीय व्यवहारलाई
प्रभावकारी ढंगवाट नियन्त्रण गर्नको लागि निरन्तरको निगरानी, सजगता, र
सचेतना आवश्यक हुन्छ । यस्मा राज्य, नागरिक समाज, र प्रत्येक नेपालीको
आआप्mने भूमिका रहन्छ । सरकारले दलितहरुको हकको संरक्षण गर्ने र हित
प्रवर्धन गर्र्ने कार्यको निरन्तर निगरानी, अनुगमन र प्रवर्धन गर्न
प्रधानमन्त्री तथा मन्त्रीपरिष्दको कार्यलयमा एक उच्चस्तरीय संयन्त्र,
दलितहरुको प्रतिनिधित्व रहने गरी केन्द्रमा सल्लाहाकार समिति, जिल्ला
स्तरमा प्रजिअको संयोजकत्वमा कार्यन्यवयन तथा समन्य समिति र स्थानीय
निकायमा निगरानी केन्द्र राख्ने र ति सबै संयन्त्रमा दलतिहरुको उचित
प्रतिनित्व गराउने व्यस्था सरकारले मिलाउन लागेको छ । यसबारे
मन्त्रिपरिषदले आवश्यक निर्णय गरिसकेको व्यहोरा म यस सम्माननिय सदनलाई अवगत
गराउँदछु । यस्ता संयन्त्रले दलित माथि हुने सामाजिक आधारमा दण्डनिय हुने
कुरा प्रचार प्रसार गर्न स्थानिय र केन्दीय तहमा चलिआइका कदमको प्रभावकारी
कार्यान्वयन र संवन्वयन गर्न सघाउ पुग्ने विश्वास सरकारले लिएको छ ।
सरकारकाले यस्ता घटना दोहोरिन नदिन चाल्न लागेको कदमहरुमा समजका सवै
वर्ग र तप्काको सक्रिय र नैतिक सहयोग र समर्थन आवश्यक हुन्छ । यस कार्यमा
सबैवाट सहयोग र सद्भाव प्राप्त हुनेमा सरकार विश्वस्त छ ।’
No comments:
Post a Comment