Friday, August 16, 2013

हामी बिचकै अन्तरिक भेदभाबको कहिले अन्त्य गर्ने ?

एक दलितले अर्को दलितको चुल्हो छुँदा दलित दलितबीचमै कुटाकुट भएको यो घटना गत माघ महिनाको हो ! बाजुरा जिल्लाको एक गाविसमा चुल्हो छोएको आरोपमा दलित दलितबीचमै उपल्ला जातिको नाममा झगडा हुँदा मङ्गलबार दुई दलित कुटिएका छन् । घाइते दुवैजनाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
जिल्लामा दलित र गैरदलितबीच भइरहेको जातीय विभेद अन्त्यका लागि चर्का आवाज उठिरहँदा सो घटनाले दलित समुदायबीचमै छुवाछुत प्रथा कायम रहेको तथ्य खुलेको छ । यही माघ १ गते राति वाई गाविस–५ मा बसोवास गर्ने दलित–दलितबीचको जातीय विभेदको सो घटना भएको हो । जुकोट–६ का महने कडाराका छोरा धन्नाम र स्थानीय खैरे लवारकी छोरी पार्वतीको बिहेको जन्तीभोजका लागि पकाइएको खाना नेपाली जातका व्यक्तिले छोएको निहुँमा आपसी विवाद र कुटाकुट भएको हो ।
बिहेको भोजका लागि पकाइएको खाना छोएको भन्दै लवार समुदायले स्थानीय धर्म नेपाली र जङ्ग नेपालीलाई गम्भीर घाइते हुने गरी कुटपिट गरेको हो । तल्लो जातको भएर पनि आफ्नो भोजको भान्छा छोएको भन्दै आफूहरुलाई कुटपिट गरेको स्थानीय धनबहादुर नेपालीले बताएका छन् । पीडितले जिल्ला प्रहरी कार्यालय बाजुरामा किटानी जाहेरीसहित बुधबार उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।साभार :ebaglung

No comments:

Post a Comment