Wednesday, August 21, 2013

खोज खबर-बेलबारि काण्डको बिस्तार

बेलबारी गाविस-३ करमडाँडाकी ३५ वर्षीया माया सार्की र सोही ठाउँ निवासी फाइट साप्ताहिकका कार्यकारी सम्पादक २८ वर्षीय मनोज विश्वकर्मा
लाई मोसो दलेर जुत्ताको माला लगाई कुटपिट गरिएको थियो । पीडित माया विराटनगरस्थित ओरेकको सुरक्षित गृहमा रहेकी छन् । मनोज आफ्नै घरमा रहेका छन् । आरोपितहरूविरुद्ध साउन २९ गते जिल्ला अदालतमा जातीय छुवाछूतसम्बन्धी उजुरी दर्ता भएको थियो  ।

video साभार : npvideo

बेलबारी घटनाको नालीबेली.....

मोरङको बेलबारीमा साउनको पहिलो साता भएको दलित महिला र दलित अगुवामाथिको अमानबीय ब्यबहार जति निन्दनीय र दु:खद छ , त्यो भन्दा बढी दु:खद कुरा र घटनाको बास्तबिकता प्रस्तुत गर्नु सान्दर्भिक ठान्छु । जुन घटनाका कारण आज थुप्रै निर्दोष माथि दोष थुपार्दे दोषीहरु खुलेआम रहेका छन । घटना देख्ने र बुझ्ने देखि घटनाका कारक पक्राउ नपर्नु , बरु पिडित झनै पिडित बन्नु अझ दु:खद कुरा बनेको छ ।
दलित महिला र अगुवामाथि भएको दुर्ब्यवहारको जति निन्दा गरेपनि अपुर्ण रहन्छ , तर घटनाका कारकहरुलाई उन्मुक्ति दिएर , घटनालाई राजनीतिक रंग दिएर स्थानीय केही दलहरुले गरेको बेइमानीको जति भर्त्सना गरेपनि त्यो अपुर्ण रहन्छ । बेलबारीमा केही समय अघिदेखी प्रमुख ठुला दुई दल बिचको आन्तरिक द्धन्दका कारण बेलबारी घटनाले फरक मोड लियो । घटनाका मुख्य कारक र दोषी अझै निर्दोष बनेर निर्दोषलाई दोषी बनाउँदै कतिलाई जेलको चिसो छिँडीमा पुर्याएका छन भने कतिलाई बिस्थापित जिबन बिताउन बाध्य बनाएका छन ।
घटना कसरी भएको थियो ?
साउन ७ गते साँझ बेलबारी ३ की स्थानीय माया सार्कीले आफुलाई स्थानीय जीबन भेटवालले बलात्कारको प्रयास गरेको भन्दै स्थानीय महिला सहित दलित युवा मनोजलाई गुहार मागिन । उनीहरुले सिधै इलाका प्रहरी कार्यलयमा उजुरी हाले अनि जिबनलाई प्रहरीले पक्राउ गर्यो । तर मायाले भनेजस्तो बलात्कारको प्रयास गर्ने जिबनको हातमा आफुले टोकेको छु भनेर दिएको उजुरीका आधारमा प्रहरीले जीबनको हातमा दाग नदेखेपछि उनलाई छोडिदियो । सोही कुराले आफनो बेइज्जत भएको भन्दै भेटवाल परिवार र स्थानीयले बेलुका पनि भेला बसे र बिहान पुन: भेला बस्ने निर्णय गर्यो ।
सोमबार बिहान भेला बोलाईए पनि माया भेलामा उपस्थित भईनन् , बरु मनोज र उनका दाई अनिल मात्र भेला भए । उनीहरुलाई माया उपस्थित गराउन गाँउलेले पटक पटक आग्रह गर्दा अटेर गरेपछि स्थानीयले मनोज र उनका दाईलाइृ दुर्ब्यवहार गरे । दुर्ब्यवहारपछि मनोज र उनका दाई भागेर प्रहरीकहाँ पुगे र स्थानीय रिजेश होटलमा काम गर्ने मायालाई उपस्थित गराए स्थानीयले । केही सोधपुछपछि भेटवाल परिवार र स्थानीयले उनलाई आफनो बेइज्जत गरेको भन्दै दुर्ब्यवहार सहित कालोमोसो दलियो । यतिका समयसम्म प्रहरी आएको थिएन । केही समयपछि प्रहरी आएर मायालाई प्रहरी कहाँ पुर्यायो । स्थानीयले सोही घटना इलाका प्रहरी कहाँ छलफल गरे र आफुले अन्जानमा गल्ति गरेको भन्दै मायाले माफि मागिन र स्थानीयले आईन्दा यस्तो गल्ति नगर्ने शर्तमा घटना मिलायो । घटनाको छिटफुट रुपमा समाचार सार्बजनिक भएपछि केही मिडियासँग समाचार नलेखिदिन पिडितले आग्रह पनि गरे , तर सो समाचार त्यसबेला सम्म राष्ट्रिय बहसका रुपमा पुगिसेको थियो ।
घटना यसरी मोडियो
दलित अगुवा तथा नेकपा एमालेका बेलबारी गाउँ कमिटि सदस्य र स्थानीय फाईट साप्ताहिकमा कार्यरत मनोजलाई दुर्ब्यवबहार भएपछि केही पार्टीले बैठक दिनमा ७ पटकसम्म बसेको र बैठकले आफना कार्यकर्तामाथि भएको दुर्ब्यवहारमा आफनै कार्यकताहरुको बढी संलग्नता देखिएपछि कसरी आफना कार्यकर्ता सुरक्षित राख्ने र कसरी अरुलाई सो घटनाको दोषी देखाउने बिषयमा छलफल पछि एउटा निष्कर्षमा पुग्यो । जहाँ घटनाको दोषी पत्रकार र अर्को पार्टीका केही ब्यक्तिलाई देखाएपछि आफु बच्ने र आफना कार्यकर्ता बचाउन सकिने । सोही योजना बमोजिम अर्को पार्टीका कार्यकर्तालाई बिना प्रमाण साईबर क्राईम र जातिय छुवाछुतको मुद्धा दर्ता गरियो । जुन पुर्ण रुपमा योजनाबद्ध छ ।
घटना कसरी योजनाबद्ध छ ?
घटना भएको ५ दिनपछि मात्र मुद्धा दर्ता भएको छ । करिब ३ सय स्थानीयको उपस्थिति भएको घटनामा नेपाली काग्रेसका बेलबारी गाउँ समितिका क्रियाशिल सदस्य राजु बस्नेत र प्रेस युनियनका मोरंग उपाध्यक्ष भोजराज बस्नेतलाई घटना गराउन उकसाएको भन्दै आरोप लगाईनु र उनीहरुलाई जातीय छुवाछुत र साईबर क्राईमको मुद्धा दर्ता गरिनुले पनि यो कुरा स्पष्ट छ । फेरी घटनाको फोटो र भिडियो हेरेर प्रतिबेदन सार्बजनिक गरिरहेका प्रतिबेदक र प्रहरीले घटनामा दोषी स्पष्ट चिनिएपनि उनीहरुलाई छुट दिएर किन अर्को पार्टीका कार्यकर्ताहरुलाई मात्र दोष थोपरिरहेको छ । यदि बिना प्रमाण आरोप लागाउने र फसाउने मात्र हो भने त फसाउने पार्टीका १५ बढी कार्यकर्ताको घटनामा संलग्नता छ । आरोप लगाउनु ठुलो कुरा होइन प्रमाणित गर्नु ठुलो कुरा हो । यदि आरोपकै भरमा प्रमाणित गरेर निर्दोषलाई दोषी र दोषीलाई निर्दोष पारिने काम भयो भने त्यो भन्दा दुर्भाग्य अरु केही हुने छैन । घटनापछि बिभिन्न आयोग बने आयोगले प्रतिबेदन पनि बुझाए तर सो प्रतिबेदनले दोषी देखाएका ब्यक्तिको पनि कुरा सुनिनुपर्छ । आफु र आफना मान्छे बचाउन उनीहरुले दिएको अभिब्यक्तिमा कुनै तुक छैन ।
घटना कसरी मोडियो ?
बिहानको खाना पछि म रेडियो बेतनाको अफिसमा पुगेको थिए । सोही बेला एक स्थानीय बासीको फोन आयो मेरो मोबाईलमा , मैले रिसिभ गरेँ । उनले घटनाको बारेमा जानकारी गराएपछि म बेलबारी ३ स्थित अन्नपुर्ण एकेडेमीमा पुगेँ । त्याहाँ आक्रोशित ठुलो जमात थियो । उनीहरुले पत्रकारलाई नै तथानाम गाली गरिहेका थिए । घटनाका बारेमा बुझ्न नपाउँदै मनोजलाई दुर्ब्यवहार भयो । मैले दुर्ब्यवहारको प्रतिकार गर्न नसके पनि पत्रकारिताको धर्म अनुसार घटना सबैलाइृ जानकारी गराउनुपर्छ भनेर तस्बिर लिन खोजेँ । तर सम्भब नभएपछि अर्का एकजनाबाट मनोजको तस्बिर लिएँ । उनीहरु पत्रकारलाई तथानाम गालि गरिरहेका थिए । म चुपचाप थिएँ छेउमा । केही समयपछि मनोज त्याहाँबाट कता गए थाहा भएन । त्यहाँ केही बोल्ने अबस्था पनि थिएन । केही समय पछि मायालाई त्यहाँ ल्याईयो सोधपुछका लागी , सोधपुछ नै नसकी आक्रोशित महिलाहरुले उनलाई कुटपिट गरे र जुत्ताको माला लगाईदिए । म सँग क्यामेरा पनि थिएन । मैले आफुसँग भएको मोबाईलमै भएपनि सो दृश्य कैद गरेँ । त्यसबेला सम्म प्रहरीको उपस्थिति थिएन । त्यसपछि महिलाहरुले मायालाई कुटपिट गरिरहेका थिए । सम्झाउन जो जान्थ्यो उही नै घानमा पर्दथ्यो । केही समयपछि प्रहरी आयो र उनीहरु सबैलाई प्रहरीले लग्यो ।
म पत्रकार भएको नाताले मैले यो घटना छिटो भन्दा छिटो सार्बजनिक गर्नु उचित ठाँने । त्यसपछि मैले केही अनलाईन पत्रिका र सामाजिक सञ्जालहरुमा अपलोड गरेँ । धेरै मिडियाहरुले म सँग फोटो भिडियो र समाचार माग्न थाल्नुभयो मैले सबैलाई दिएँ । यो मेरो कर्तब्य पनि थियो । मंगलबार बेलबारीका केही पत्रकार साथीहरु र आसपासका केही साथीहरुको उक्साहटमा मनोजले आफनो मानमर्दन भएको महशुस गरी मेरो बिरुद्ध इलाका प्रहरी कार्यलय बेलबारीमा उजुरी दिए । त्यसपछि केही पत्रकार साथीहरु मलाई साईबर क्राइृमको मुद्धा दर्ता गर्नुपर्छ भन्दै हात धोएर लागे । अन्तत ५ दिनपछि ममाथि मुद्धा लगाएरै छोडियो । जातिय छुवाछुतबिरुद्धको हाल म बेलबारीबाट बिस्थापित जीबन बिताउन बाध्य छु । मेरो दोष भनेको घटना सार्बजनिक गर्नु हो । के मैले घटना सार्बजनिक गरेर के गल्ति गरेँ ।
किन पत्रकार दोषी देखिए ?
बि.स २०६३ /०६४ सालमा बेलबारीमा किटान साप्ताहिक प्रकाशन हुने भयो । त्यसपछि मलाई पनि प्रमुख संबाददाताको जिम्मा दिने भएपछि म अर्को मिडिया छोडेर त्यतै आएँ । एउटा पार्टीको मुखपत्रका रुपमा पत्रिकालाई ब्याख्या गर्न थालिएपछि म त्यो पत्रिका छाडन बाध्य भएँ । सोही पत्रिकाका कार्यकारी सम्पादक अम्बिका भण्डारी र सम्पादन सहयोगी भोजराज बस्नेत सहितको टोलीले २०६४ सालमा संयन्त्र साप्ताहिक दर्ता गरेपछि म सो पत्रिकाको कार्यकारी सम्पादक भण्डारी सम्पादक र भोजराज समाचार सम्पादक भएर पत्रिका प्रकाशन थालियो , जुन पत्रिका अहिले आठौ बर्षसम्म निरन्तर प्रकाशन भईरहेको छ । म बिगत ६ बर्षदेखी सो पत्रिकाको सम्पादकका रुपमा रहेको छु । सो टिमले २ बर्षअघि संयन्त्र सञ्चार सहकारी दर्ता गरेर रेडियो बेतना एफएम १ बर्ष अघिदेखी सञ्चालन गरिरहेको छ । तर किटान ६ महिना नटिक्दै बन्द भएपछि सो टिम हामी सँग आक्रोशित थियो । सो टिम जसरी भएपनि हामीलाई असफल पार्न चहान्थ्यो । यो घटनामा पनि सो टिमले मलजल गरी घटनालाई अतिरञ्जित गरिरहेको छ । केही महिनादेखी किटानको टिम नै केही पार्टीको सहयोगमा फाईट साप्ताहिक सञ्चालन गरिरहेको छ । सोही टिमका ब्यत्तिहरुको भनाईमा केही मिडिया र ति मिडियाका रिपोर्टरहरु घटनालाई बंगाईरहेका छन । उनीहरु किन हामसिँग केही बुझ्दैनन । उनीहरु समाचारको अन्त्यमा लेख्छन “सो बिषयमा सम्पर्क गर्न खोज्दा उनीहरुसँग सम्पर्क हुन सकेन ।” के यही हो पत्रकारिताको धर्म ? यो पंक्तिमा पुर्बको दुई दैनिक पत्रिका र आफुलाई अन्तराष्ट्रिय भन्न रुचाउने एक मिडिया अगाडी रहेका छन ।
राजनीतिक प्रतिशोध?
बर्षौ देखी बेलबारीमा एकछत्र राज गर्दै एउटा दल पछिल्लो समय खण्डहर बन्दै गएको छ । उसका संरचनाहरु भत्कदै गएका छन । आफनै पार्टीभित्रको आन्तरिक बिवादका कारण गुट, उपगुट बन्दै नाममा मात्र सिमित बनेको सो दल यो घटनालाई अतिरञ्जित गरेर अर्को दललाई दोष लगाएर आफु उम्कन प्रयास गरिहेको छ । सोही कारण पनि यो घटनाले अर्को मोड लिएको छ । आखिर जसले जे भनेपनि सो दुखद घटनाका दोषीको पहिचान गर्नु राज्यको पनि जिम्मेवारी हो । निर्दोषलाई दोषी बनाउने यो कार्यको अन्त्य हुनुपर्छ । यसबारेमा सम्बन्धित पक्षको ध्यान जान जरुरी छ ।
source:नरेन्द्र बस्नेत , बेलबारी-/hamroletang

 

 

No comments:

Post a Comment