Tuesday, September 17, 2013

अर्काकी श्रीमतीसँग विहे गर्न नपाएपछि आत्माहत्या


जाजरकोट, असोज १ – आफू भन्दा १४ वर्ष जेठी अर्काकी श्रीमतीसँग विवाह गर्न नपाएको निहुँमा जाजरकोटका एक युवकले आत्माहत्या गरेका छन् ।

सीमा ९ का २४ वर्षीय उदय परियारले स्थानिय बजारमा पसल गरी बस्ने सल्यान बामेकी ३८ वर्षीया बिर्मी नेपालीसँग विहे गर्न नपाएपछि झुण्डिएर आत्माहत्या गरेको स्थानीय पूर्णबहादुर महताराले बताउनुभयो ।
बिर्मीका पति केही समयअघि मात्रै विदेश गएका छन् । बिर्मीलाई लिएर भाग्ने उदयको चाहना अरुले थाहापाए पछि विहे गर्न नसक्ने देखेर आत्माहत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । उदयका २ छोरा र एक छोरी छन् । उदयकी श्रीमती २१ दिन कि सुत्केरी छिन् ।
- Source:-ujyaalooline

No comments:

Post a Comment