खलंगा, पुन्माम– ५, भेरेका लक्ष्मण विक ९ वर्षदेखि छ छोरी, एक छोरा र श्रीमतीसहित सार्वजनिक चर्पीमा बस्दै आएका छन्। खलंगा– १, रानागाउँस्थित सार्वजनिक चर्पीको सानो कोठामा विकको नौ जनाको परिवार बस्दै आएको छ। घरमा कांग्रेसी कार्यकर्ताको भैंसी र दूध पकाउने कराई राखेको आरोपमा माओवादीले ११ वर्षअघि गाउँबाट चरम यातना दिएर निकाला गरेपछि विक परिवार नौ वर्षदेखि चर्पीमा बास बस्न बाध्य भएको हो। नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता किशोरजंग शाहलाई गाउँमा बोलाउन माओवादीले गरेको उर्दी मान्न नसकेपछि विक परिवार गाउँबाट विस्थापित भएको थियो।गाउँबाट सदरमुकाम आएपछि दुई वर्षसम्म स्थानीयको घरमा भाडामा बसोबास गर्दै आएको विक परिवारले भाडा तिर्न नसकेपछि घरबेटीले निकाला गरेका थिए। त्यसपछि उनी रानागाउँस्थित सार्वजनिक शौचालयमा बास बस्न थाले। जिल्ला खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयको चर्पीमा निर्माण भएकै वर्षदेखि लक्ष्मणको परिवार बस्न थालेको हो। ‘न गाउँको घरबारीमा बस्न पाइयो, न सदमुकाममा आएर राम्रो कमाइ गर्न सकियो। ठूलो आर्थिक संकट परेका कारण चर्पीमै बास बस्नुपरेको लक्ष्मणले बताए।
‘कुनै रोजगार र राम्रो काम नहुँदा घरबार चलाउन मात्र होइन, सातवटै छोराछोरीलाई पढाउन गाह्रो परेको छ,' उनले भने। उनका ६ छोरी र एक छोरा स्थानीय विद्यालयमा पढ्छन्। एक कक्षादेखि एसएलसीसम्म पढ्दै गरेका छोराछोरीलाई पढाउन र खाने व्यवस्था गर्न निकै समस्या परेको लक्ष्मणकी श्रीमती पद्मकला विकले बताइन्।
हुर्किएका छोरीलाई खान र पढ्नको भन्दा बढी रातमा सुत्ने ठाउँको समस्याले सताउने गरेको उनले बताइन्। उनका दुई छोरीले एसएलसी परीक्षा दिइसकेका छन् भने अरु कक्षा ८, ७, ३ र १ मा पढ्दै छन्। छोरा पनि १ कक्षामा पढ्छन्। माओवादीको यातनाका कारण शारीरिक अवस्था कमजोर भएकाले घरमै डोको–नाम्लो बुनेर लक्ष्मणले खर्च चलाउने गरेका छन्। द्वन्दका कारण आफूले निकै ठूलो कष्ट सहनुपरे पनि कुनै सरकार र पार्टीले आफ्नालागि केही नगरेको विक परिवारको गुनासो छ। अपहरणमा परेको फारम भरेर एकपटक २५ हजार रुपैयाँ पाएको भए पनि अरु कुनै सहयोग कसैले नदिएको लक्ष्मणकी माहिली छोरी सपनाले बताइन्। ‘एसएलसीसम्म त पढेें, अब यहाँभन्दा माथि कसरी पढ्ने भन्ने चिन्ताले सताएको छ,' सपनाले भनिन्।
द्वन्द्वकालमा पीडित भएको नाउँमा विभिन्न पार्टीका कार्यकर्ताले थुप्रै सहयोग लिए पनि विपन्न विक परिवारले कुनै राहत पाउन सकेको छैन। द्वन्द्वका क्रममा जाजरकोटमा चार सय बढीको ज्यान गएको छ भने १० हजारभन्दा बढी विभिन्न किसिमले पीडित भएको स्थानीय तथ्यांक छ। - Source:-nagariknews

No comments:
Post a Comment