Saturday, September 28, 2013

कालिकोटमा फेरी चुलो नजिक आएको आरोपमा दलित माथि कुटपीट


कालिकोट । ०७० असोज १२ गते नानिकोट गाविस-४ का रति टमटा र उनका भाइ पर टमटालाई सोही गाविस ६ का ज्ञानेन्द्र शाहीले असोज १० गते साँझ घरपरिवार खाना खान बसेको समयमा आफ्नो चुलो नजिक आएको आरोपमा कुटपीट गरी घाइते बनाएका छन् । सोही गाविसको भुरावगरस्थित होटेलमा पीडक शाहीको घरपरिवार खाना खान बसेको समयमा मदिरा माग्दै चुलो नजिक गएपछि पीडक घरपरिवारनजिक आफन्तले लाठी र पन्यूँले प्रहार गरी घाइते बनाएको पीडितले बताएका छन्।

 कुटाइबाट रति टमटाको आँखा, टाउको र छातिमा गम्भीर चोट लागेको छ भने उनका भाइ पर टमटाको आँखानजिकै र शरीरमा निलडाम परेको छ । घाइतेको उपचार स्वास्थ्यचौकी राम्नाकोटमा भइरहेको छ ।
पीडित परिवारले जातीय विभेद तथा कुटपिटसम्बन्धी उजुरी दिएपछि पीडकलाई इलाका प्रहरी थिर्पूले असोज ११ गते पक्राउ गरी सोही दिन पीडितलाई उपचार गर्ने र्सतमा छाडेको छ । पीडक शाहीले आफ्नो घरपरिवार खाना खान बसेको समयमा मदिरा सेवन गरी भातमा हात राखेका कारण खाना फोहोर गरेको भनेर धकेलेको बताएका छन् ।

No comments:

Post a Comment