काठमाडौ, भदौ ३० print
काठमाडौ, भदौ ३०-दलित तथा गैरदलित सम्बद्ध संघसंस्थाले शुक्रबार बिराटनगरमा आयोजना गरेको सहभोज कार्यक्रममा अगुवाले नै दलितले पकाएको खाना खाएनन् । सहभोज कार्यक्रममा संस्थाका अध्यक्षले नै खाना नखाएपछि उपस्थित दलित समुदायले मन खिन्न बनाएका छन् ।सहभोजको आयोजना गर्न अगुवाइ गरेको ब्राह्मण नेपालका अध्यक्ष राजेन्द्रप्रसाद अधिकारीले दलितले पकाएको खानेकुरा खान नमानेको आजको अन्नपूर्णमा खबर छ ।सहभोजका अतिथि बनेका अधिकारीले आफूमा समस्या भएको बहाना बनाउँदै दलितले पकाएको खाना खान नमानेको दलित अगुवा एवं अधिकारकर्मी उमेश विश्वकर्माले जानकारी दिए ।
‘कार्यक्रममा भाषण गर्ने क्रममा अधिकारीले छुवाछुतबिरुद्ध लाग्न सबैलाई हौसला प्रदान गरे,’ उनले भने,‘तर दलितले पकाएको खाना उनले नै खान मानेनन् । कति ढोंगी ? यसले दलित समुदायलाई पिडाको महसुस भएको छ ।छुवाछुतविरुद्ध राष्ट्रिय अभियान, रिडेफ नेपाल, नेपाल रिसर्च सेन्टर, ब्राह्मण समाज नेपाल, खसक्षेत्री एकता समाज, नेपाल दशनामी समाज, ठकुरी माहासंघ, राष्ट्रिय दलित सेवा समाज नेपाल, ममिरक(डोम) समूदाय विकास मञ्च र दलित महिला संघ गरी दशवटा संघसंस्थाको संयुक्त आयोजनामा भएको सहभोजमा लगभग ८० जनाको सहभागिता थियो ।
जसमा २५ जना जति मात्रै गैरदलित थिए । सरकारी तथा केही गैरसरकारी संघसंस्थाका प्रतिनीधि, संचारकर्मीको समेत उपस्थिति रहेको कार्यक्रममा सहभागि दलितका अनुसार भाषण गर्ने क्रममा सबैले छुवाछुत सामाजिक कुरीती हो भनेर बोले तर उनीहरुले नै खाना खान मानेनन् ।
- Source:- setopati

No comments:
Post a Comment