विलियम सिँ, असोज–२, कैलाली-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको मालाखेति–७ अत्तरिया स्थित
दुर्गालक्ष्मी उच्च माबिका प्रार्चालयलाई बर्खास्त गर्न परिपत्र गरेको छ ।
प्रार्चाय तुलबहादुर साँउदलाई बर्खास्त गर्न अख्तियारले शिक्षा बिभाग
मार्फत जिल्ला शिक्षा कार्यालय कैलालीलाई परिपत्र गरेको हो । करिब २ वर्ष
अघि अखत्यारमा बेनामे मुद्धा परेपछि मुद्धाको सुनवाई गर्दैै अख्तियारले
उक्त परिपत्र गरेको हो । करिब दुई वर्ष अघि दलित बिद्यार्थीहरुको छात्रबृति
रकम हिनामिना गरेको तथ्य बाहिर आएपछि अख्तियारमा मुद्धा परेको थियो ।
२०६४ सालमा निमित्त प्रार्चाय बनेका साउद निमावीका स्थायी शिक्षक हुन ।
कैलालीका जिल्ला शिक्षा अधिकारी भिमबहादुर साँउदले अख्तियारको पत्र
कार्यन्वयन गर्न आफुले बिद्यालयलाई पत्र पठाएको र बाँकी कुरा बिद्यालय
ब्यबस्थापन समितिले निर्णय गर्ने बताए । बिद्यालयका प्रार्चाय साउदले आफु
माथी लगोको आरोप निराधार रहेको बताए । उनले आफु माथी लागेको आरोप आफुलाई
फसाउने षडयन्त्र भएको बताए । यता बिद्यालय ब्यबस्थापन समितिले भने यस
बिषयमा ठोस निर्णय गर्न सकेको छैन । केहि दिन अघि बसेको बैठकमा दुई धार
देखिएपछि आरोप प्रत्यारोप समेत भएको श्र्रोतले बताएको छ ।
साभार :- jagaranmediacenter बाट
No comments:
Post a Comment