आगामी संविधानसभा निर्वाचनलाई लक्षित गरी
दलित जनजाति पार्टी तनहुँले उम्मेदवार चयन गरेको छ । पार्टीका जिल्ला
अध्यक्ष चुडाराम परियारद्वारा जारी विज्ञप्तिमा तीनैवटा क्षेत्रबाट
प्रत्यक्ष र समानुपातिक उम्मेदवार चयन गरिएको उल्लेख छ । क्षेत्र नम्बर १
बाट प्रत्यक्षतर्फ चुँदीका जयबहादुर परियार चयन भएका छन् । सो क्षेत्रबाट
समानुपातिक उम्मेदवारमा तीर्थबहादुर परियार चयन भएका छन् ।
क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ व्यास १ भादगाउँकी मनुमायाँ विक र
समानुपातिक तर्फ व्यास १० दमौलीका जगदिश परियार तथा व्यास ११ निवासी
ईन्द्रा परियार चयन भएकी छन् । चयन भएका छन् । क्षेत्र नम्बर ३ बाट
प्रत्यक्षतर्फ मनपाङ्ग ५ की विजया कोईराला र समानुपातिकतर्फ पार्टी जिल्ला
अध्यक्ष छाङ्ग ३ निवासी चुडाराम परियार चयन भएका छन् ।
No comments:
Post a Comment