Friday, September 6, 2013

अन्तरजातिय विभेद अन्त्य गरौं-अजय यादव

अन्तरजातिय विभेद अन्त्य गरौ किनकि मान्छेमा एउटा ठूलो भयानक डरलाग्दो स्थिति भइसकेको छ। जातको नाममा पनि धेरै आन्दोलन भएको छ। के यो
सम्भव हो - सबै जातलाई बेग्लाबेग्लै राज्य दिन सकिन्छ, सकिदैन। वास्तवमा एउटा भ्रम नै हो, म ठूलो जात र उ सानो जात भन्ने कुरिती हो। सबैको मेमोरी पावर एकैनाशको हुन्छ। तर जसले राम्रँे वातावरणमा हर्ुकन्छ, बढ्छ उसकोविचार पनि राम्रो हुन्छ। त्यही खराब वातावरणमा
कोही हर्ुर्किरहेको छ भन्ने उसको विचार, व्यवहार सबै खराब भएको पाइन्छ। समाज मान्छेको लागि
एउटा ऐना जस्तो हो जसरी ऐनामा आप\mनो अनुहार हर्ेन सकिन्छ त्यसरी नै
समाजले खराबलाई राम्रँे र राम्रोलाई नराम्रँे बनाउन सक्छ। हामी सबैजना
एकछिनको लागि सोचौं किन मान्छेले मान्छेलाई घृणा र हेला गरिन्छ - किनभने
त्यो समाजमा मेरो मान, प्रतिष्ठा अरूभन्दा ज्यादै होस्। छुवाछुत गरेर
मानिस आफै एउटा घृणाको पात्र बनिरहेका छन्। आफूभन्दा साना जात जस्तै डोम,
पासवान, हजाम, लोहार, चमार, कुमार, मुसलमान लगायत जातको मान्छे सानो
जातको रूपमा आज समाजमा हर्ेर्ने चलन छ तर यो आफैमा एउटा गलत हो। हिन्दू
धर्मको कुनै किताबमा लेखिएको छैन कि ठूलो र सानो जात। तर भेदभाव भइरहेको
छ। हामी सबै एकै परिवारका सन्तान हौं, कोही ठूलो, कोही सानो छैन।
लक्ष्मीप्रसाद देवकोटाले भन्नुभएको छ ँमानिस ठूलो दिलले हुन्छ जातले
हुंदैन' हो यो कुरा एकदमै सही हो। रगत सबैको रातो नै हुन्छ। छाला पनि
हाम्रो जस्तो नै हो। के जन्मने बेला ब्रँम्हण, यादव, राजपूत लेखेको
हुन्छ, पक्कै पनि होइन। आज हाम्रो समाज शिक्ष्ँाको क्षेत्रमा पछाडि
परेकोले यस्तो अन्तरजातिय विभेद देखा परेको हो।
म सोध्न चाहन्छु ती ब्राम्हण वा आफूलाई ठूलो जात भनेर धाक लगाउने
व्यक्तिसंग- कहां लेखिएको छ - धर्म आप\mनो मन, बचन र कर्म अनुसार गरिन्छ
जबरजस्ती गराउन पाइदैन।
भनिन्छ- दया होइन उनीहरूलाई मांया चाहिन्छ, घृणा होइन उनीहरूलाई अवसर चाहिन्छ।
अवसर पाए जे पनि गर्नको लागि तयार नै हुन्छ। तर उनीहरूलाई सरकारले कुनै
किसिमको सहयोग उपलब्ध गराउन सकेको छैन। अलि भएको छ, त्यो सानो जातको
पाकेटमा जानुभन्दा अगाडि धनि वा सम्पन्न परिवारका व्यक्तिको हातमा गइ
हाल्छ । सानो भनेर उनीहरूको चित्त नदुखाऔं । भेदभाव सबैजना मिली हटाऔं
जस्ता नारा समाजमा घन्काउनु पर्दछ। आज विश्वको आंखामा बस्न सफल भारतका
ख्यात्रि्राप्त वैज्ञानिक एवं राष्ट्रपति डा. ए.पी.जे अब्दुल कलामलाइ लिन
सकिन्छ । त्यस्ता कयौं पटक मन्त्री बन्न सफल भारतका नेता रामविलास पासवान
र हाम्रै देश नेपालमा सफल राजनेता, कर्मठ इमान्दार नेताहरुलाई लिन
सकिन्छ।
यहां सबैले स्वतन्त्रतापर्ूवक बांच्न पाउनु पर्छ। कसैको धाक-धम्की देखि
डराएर बस्ने वातावरणले अझैं असहज खालको आन्दोलन निम्त्याउंछ । त्यसैले
जातिय नारा लगाएर दंगाफसाद फैलाउनुभन्दा सदभाव, प्रेम, स्नेह, विश्वासका
साथ सबैजना अगाडि बढे देश र समाज दुवैलाई फाइदा हुनेछ। -लेखक प्रगतिशील
भोजपुरी साहित्य परिषदसंग आबद्ध हुनुहुन्छ।SOURCE:birgunjtodayarticle

No comments:

Post a Comment