म्याग्दी, भाद्र २८ - आसन्न संविधानसभा निर्वाचनका लागि यहाँका एक जोडी बाबु-छोराको छुट्टाछुट्टै दलबाट उम्मेदवार छनोटका लागि नाम सिफारिस भएको छ । मीनबहादुर विकलाई कांग्रेसले प्रत्यक्षतर्फ सिफारिस गरेको छ भने एमालेले समानुपातिकतर्फ उनका छोरा जीवनलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । विकलाई नेकपा एमाले धौलागिरि अञ्चल कमिटीले सिफारिस गरेको हो ।
'बुबा कांग्रेसमा सक्रिय हुनुहुन्छ । परिवारका सबै छोरा तथा भाइ एमालेमा सक्रिय छौं । यसपालि बाबुछोराको नाम सिफारिसमा परेको छ, योगदान र सक्रियताको हिसाबले दुवै जना संविधानसभा सदस्य बन्न योग्य हौं,' जीवनले भने । त्यसैगरी एमाओवादीले यसअघि गरेको सिफारिस सच्याउँदै केन्द्रीय सदस्य लोकेन्द्र विष्ट मगरलाई सिफारिस गरेको छ । अन्य पार्टीले नाम सिफारिस गरेका उम्मेदवारको तुलनामा आपmनो उम्मेदवारको 'हाइट' नपुगेपछि मगर समुदायको 'जातीय भोट' तान्ने अपेक्षामा एमाओवादीले मगरात राज्य समिति संयोजक रहेका रुकुमका विष्टलाई ल्याएको हो ।
एमाओवादीले यसअघि बहुमतीय निर्वाचन प्रणालीका लागि पुस्कर पहिलो प्राथमिकतासहित बागविर पाइजा, कृष्ण गिरी र चन्द्रप्रसाद बुढाथोकीको नाम सिफारिस गरेको थियो । विकलाई समानुपातिकतर्फ प्राथमिकता भन्दै अन्यलाई समेत समानुपातिकतर्फ लगिएको छ । 'जिल्लावासीले कहिले स्थानीय कार्यकर्ताको कहिले 'हाइट बनाउने' भन्ने गुनासो गरे पनि निर्वाचनमा जित-हारको सवाल भएकाले पार्टीले विष्टको आवश्यकता पर्यो,' प्रत्यक्षबाट धकेलिएर समानुपातिकमा पुर्याइएका एमाओवादीका जुझारु र इमानदार उम्मेदवार पुस्कर विकले बताए ।
No comments:
Post a Comment