रुकुम, आश्विन ११ - बालीघरे प्रथाबाट जीविकोपार्जन गर्न समस्या परेपछि रुकुमकोट-४ का सात जना दलित महिलाले उद्योगका रूपमा दर्ता गरेर सामूहिक आरन चलाएका छन् । यसले उनीहरूको गुजारा सजिलो मात्र भएन, छोटो अवधिमै सदरमुकाममा घडेरी किन्नसमेत उनीहरू सफल भएका छन् ।
औजार बनाउन होस् वा मर्मत गर्न गाउँलेको भीड लाग्छ । बालीघरे प्रथामा हुर्केका उनीहरू श्रमअनुसारको मूल्य पाउँदा मख्ख छन् । उनीहरूले पुख्र्यौली पेसा र सीपलाई नयाँ ढंगले अघि बढाउन घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरी वर्षअघि सामूहिक आरन थालेका हुन् । उनीहरूले निर्माण गरेका हँसिया, खुकुरी, फरुवा, चुलेसी, बन्चरो, कुटो,
कोदालीहरू स्थानीय बजार र अन्य जिल्ल्ाामा समेत जाने गरेको छ । सदरमुकामबाट फलाम किनेर ल्याई औजार बनाउने गरेको हीरा नेपालीले बताइन् । 'उत्पादनलाई सदरमुकामलगायत स्थानीय व्यापारिक केन्द्रमा पठाउने गरेका छौं,' उनले भनिन्, 'खुकुरी र हँसिया देशका विभिन्न ठूला सहरमा जाने गरेका छन् ।' बालीप्रथामा काम गर्दा जीविकोपार्जनमा हम्मे पर्ने गरेकामा अहिले परिवारको सबै खर्च धानेर महिनामा २० हजारसम्म बचत हुने गरेको उनले बताइन् । 'मासिक चालीस हजारसम्म कमाइ हुन्छ,' नेपालीले भनिन् ।औजार बनाउन होस् वा मर्मत गर्न गाउँलेको भीड लाग्छ । बालीघरे प्रथामा हुर्केका उनीहरू श्रमअनुसारको मूल्य पाउँदा मख्ख छन् । उनीहरूले पुख्र्यौली पेसा र सीपलाई नयाँ ढंगले अघि बढाउन घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरी वर्षअघि सामूहिक आरन थालेका हुन् । उनीहरूले निर्माण गरेका हँसिया, खुकुरी, फरुवा, चुलेसी, बन्चरो, कुटो,
आरनमा दैनिक सय ग्राहक आउने पवित्रा विकले बताइन् । आरनमा दस जना दलितले रोजगारी पाएका छन् । 'गि्रल उद्योगका कामसमेत गर्छौं,' उनले भनिन्, 'कमाइ राम्रो हुन थालेपछि सबैले रुकुमकोटमा एकएकवटा घडेरीसमेत जोडेका छौं ।'
साभार :- कान्तिपुर
No comments:
Post a Comment