लेख र तस्बिर साभार : शेखर ढुङ्गेल ज्युको फेसबुक बाट |
"धर्म
ग्रन्थ वा आस्थाका किताब हरु मानब सृष्टि पस्चात मानब मन मस्तिस्क वाट
तत्काल को सानो वा संकुचित समाज लाइ अनुशाशित, मर्यादित ,नैतिक , बौद्धिक
,सम्मानित र ब्यबहारिक शिक्षा दिने उदेश्य ले सृजित कथा को काल्पनिक घटना र
पात्र हुन् बुझ्नु जरुरि छ ! कालान्तर मा यस्ता धार्मिक ग्रन्थ हरु तत् तत्
समाजको आस्था अनि परिचय वा पहिचान अनिबार्य आधार बन्न पुगेको मात्र हो
.यस्तो आस्था वा ग्रन्थ ले निर्देशित गरेको
बाटो लाइ मानिस ले बिस्तारै तोड्दै जान थाले पछी मुखिया रजौटा राजा अनि
संबिधान प्रहरी प्रशासन कानुन र शेना को सृजना भएको हो .तसर्थ अब
हामीले ढिलाई नै भए पनि हाम्रो आस्था को स्रोत वा आधार वा धर्मग्रन्थ हरु
लाइ समय सापेक्षित परिमार्जित गरि
सरल र सहज बनाउनु पर्छ ! जसको लागि
एउटा प्रकाण्ड बिद्ध्वान हरु सम्मिलित एक धार्मिक ग्रन्थ सुधार सुझाब आयोग
गठन गर्नु पर्छ ! जसमा अहिले समाज मा सम्बोधित हुने सबै जात र बर्ग का
प्रतिनिधित्व हुनु पर्ने छ .र हाम्रो समाज मा रहेको सम्पूर्ण ग्रन्थ लाइ एकमुस्ट (एउटै किताब मा ग्रहण गर्ने )बनाउने ,मठ मन्दिर लाइ ब्यबस्थित गर्ने (स्थानीय समुदाय को जिम्मा दिने अर्थात सरकार को स्वामित्व वाट हटाउने )पुजा अर्चना को बिधि लाइ मितव्ययी र पुन सदुपयोग गर्ने नीति र प्रविधि सुरु गर्ने धार्मिक आस्थाका पुस्तक १०० %मानवीयता ,सेवा प्रेम त्याग सदभाब को लागि
प्रेरणाको स्रोत हुने बाहेक अन्यथा शन्देश जाने हुनु हुन्न तसर्थ धर्म को
नाम मा सार्बजनिक रुपमा गरिने पशुबली प्रथा लाइ ब्यबस्थित वा निषेध गर्नु
पर्छ .वा काटमार अर्थात पशुबली र धार्मिक आस्था धेरै पर र असम्बधित बिषय हो
भनेर बुझ्ने बुझाउने गरि नीति तय गर्नु पर्छ ! बिबाह ब्रतबन्ध वा क्रिया श्राद्ध लगायत का परम्परागत सस्कार लाइ सरल सहज र कम खर्चिलो गर्ने एक निश्चित नीति तय गर्ने बिबादित जातीय बर्गीकरण वा श्रेणीगत बिभाजनको अन्त गर्ने सबै चेतनसिल
नागरिक लाइ महसुस भैं सकेको छ "हाम्रो समाज मा रहेको जातीय बर्गीकरण र
श्रेणीकरण गलत हो भन्ने अब हामीले अमानबिय विभेदकारी सस्कार लाइ न् सम्झने र
उच्चारण नहुने गरि बिदाइ गर्नु पर्छ .समान मानबिय मूल्य र मान्यता लाइ
व्यवहार मा कार्यान्वयन नगरुन्जेल देश मा देश मा सुशासन को परिकल्पना
पनिगर्न सकिंदैन ! समाज ले अस्वाभाविक ठानेको अति काल्पनिक वा समाज मा
नकारात्मक नजिर बन्ने वा शन्देश जाने धार्मिक कथा हरु लाइ बिस्थापित गर्ने र
त्यस्ता कथामा आधारित फजुल खर्ची चाड पर्ब समेत लाइ निस्तेज गर्ने उदाहरण को लागि हामीले हिजो जसरि सति प्रथा हटायौ अब त्यसै गरि बिधवा प्रथा
को अन्त गर्नु पर्छ ! बिधवा लाइ पुरुष सरह इच्छा लागेको बेलामा बिहे गर्ने
अनुमति भएको नीति निर्धारण गर्नु पर्छ ! हाम्रो अनादिकालिन र सबै भन्दा
अग्रज ग्रन्थ वा आस्थाको पुस्तक लाइ यसको मौलिक र सनातनी आधारसिला मा दखल
न् पुर्याई परिमार्जित गर्नु समय को माग हो !
(स्मरण रहोस बाइबलमा पनि
पहिले हाम्रो जस्तै मुर्ति पुजा बलि प्रथा अझ भनौ हाम्रो जस्तै थियो पछी
क्राइष्ट लाइ झुन्ड्याईए पछी दोस्रो टेस्टमोनी अर्थात परिमार्जित गरि अहिले
को रुप् दिएको हो )
"परिबर्तन को लागि नागरिक आचार संहिता "अभियान
"परिबर्तन को लागि नागरिक आचार संहिता "अभियान
No comments:
Post a Comment