जुम्ला, सदरमुकाम मुगुबाट दुई दिन टाढा पर्ने सोरु भेकको
नार्थपु गाविसका दलितको चार थान परम्परागत बाजा सोही गाविसका ठकुरीहरुले
कब्जामा लिएका छन् । गएको असार ३० गते उक्त गाविस ५ का सोवीन्द्र शाहीको
विवाहमा बाजा बजाउन गएका वडा नं. ४ का दलितहरुलाई दमाहा निर्माणको तामा
आफैँले दिएको भन्दै ठकुरीहरुले चार थान दमाहा खोसेर लिएकाले आफूहरु
पेसाविहीन भएको मकरसिंह नेपालीले बताउनुभयो ।
हिन्दु परम्पराअनुसार दसैं, तिहारलगायतका चाडपर्व, पूजाआजा र व्रतबन्धमा बाजा नबजाएकाले बाजा खोसिएको ठकुरी जातिको भनाइ छ ।परापूर्व कालदेखि आफूहरुले विभिन्न देवीदेवताको पूजा तथा मेलामा एक पाथी
अन्नमा बाजा बजाउने गरेको तर उपल्ला जातिको छुद्र व्यवहारका कारण अबदेखि
कुनै पनि ठाउँमा बाजा नबजाउने दलितहरुले बताए ।
No comments:
Post a Comment