Saturday, October 12, 2013

दलितहरुको पराम्परागत पेशा आधुनिकि हुनु पर्ने माग - सीता बि.के.

बुटवल ,मंसिर १०-दलितहरुको पराम्परागत पेशालाई युग अनुसार आधुनिकि करण गर्दै उनिहरुको जिवन उकास्नु पर्नेमा जोड दिईएको छ । नेपाल सरकार, स्थानिय बिकास मन्त्रालय उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान बिकास समिति काठमाण्डौंद्धारा आयोजित दलित समुदायका युवाहरुको लागी एक महिने हलुका सवारी चालक तालीम कार्यक्रमको उदघाटनमा बोल्ने वक्ताहरुले यस्तो कुरा बताएका हुन् । अहिले जिवन स्तर उकास्न आय आर्जन मुलक सीप अनिवार्य रुपमा सिक्नु पर्ने भनाई राख्दै  दलित युवाहरुको सीप बिकासका लागी दलित वर्ग उत्थान बिकास समितिले ड्राईभिङ्ग तालीम राखेकोकोमा धन्यवाद दिएका थिए ।रुपन्देहीका सात क्षेत्रबाट बीस जना दलित युवालाई निशुल्क मोटर ड्राईभिङ्ग तालीम दिई स्वरोजगार बनाउने लक्ष्य रहेको आयोजकल जनाएका छन् । जिल्ला बिकास समिति रुपन्देहीका स्थानिय बिकास अधिकारी नारायण ज्ञवालीको अध्यक्षता दलित वर्ग उत्थान बिकास समितिका केन्द्रिय उपाध्यक्ष खिम बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दलित वर्ग उत्थान जिल्ला समन्वय समिति रुपन्देहीका उपाध्यक्ष पदम बहादुर बिश्वकर्मा,दलित वर्ग उत्थान जिल्ला समन्वय समिति रुपन्देहीका पूर्व उपाध्यक्षहरुत्रिलोक नारायण सिंह, राज कुमार बिश्वकर्मा, नेपाल दलित संघका सचिव किस्मत बिश्वकर्मा लगायतले बोल्दै दलितहरुको पेशालाई  आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।साभार:- dalitnewshome

No comments:

Post a Comment