Saturday, October 5, 2013

दलित छात्र तथा छात्रालाई जागरण जेहेन्दार विद्यार्थी पुरस्कार वितरण गर्ने





जागरण मिडिया सेन्टर र समता फाउण्डेशन कोषका संस्थापक पदम सुन्दासले आफुले आर्थिक समस्याकै कारण पढाई राम्रो हुँदाहुँदै १ महिना पनि नपढी विज्ञान विषय पढ्न छोडेर डाक्टर बन्ने सपना तुहाउनुपरेको ति पीडादायी यथार्तहरुलाई आत्मसाथ गर्दै आफु जस्तै धेरै दलित विद्यार्थीले पैसाकै कारण स्कुल छोड्नु परिरहेकोले शिक्षामा दलित विद्यार्थीलाई केही मात्रै भएपनि साथ दिउँ भन्ने उद्देश्यका साथ आफ्नी स्वर्गीय श्रीमती अमिना  सुन्दासको स्मृतिमा  अमिना सुन्दास जागरण जेहेन्दार विद्यार्थी पुरस्कार स्थापना गरिएको र दलित विद्यार्थीलाई साथ दिने अभियानको निरन्तरता अन्तर्गत जागरण मिडिया सेन्टर र समता फाउण्डेशनको संयुक्त आयोजनामा नेपालीहरुको महान चाडहरु विजया दशमी, तिहार, छठ
तथा ईद पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा जागरण मिडिया सेन्टरले हरेक वर्ष झैँ यस बर्ष को प्रवेशीका परीक्षा (एसएलसी)मा सर्वोत्कृष्ठ अंक ल्याई उत्तीर्ण हुने दलित समुदायका दुईजना छात्र तथा छात्रालाई यहि  २०७० असोज २१ गते (सोमबार) जागरण मिडिया सेन्टर, केन्द्रीय कार्यालय, बुद्धनगर, काठमाडौं मा  मध्याह्न १२ बजेदेखि आयोजना हुने शुभकामना आदान–प्रदान समारोहमा अमिना सुन्दास जागरण जेहेन्दार विद्यार्थी पुरस्कार वितरण गर्ने भएको छ  ।

No comments:

Post a Comment