दलितसंग विवाह गरेको भन्दै केटा गायब पारेपछि केटीको विचल्ली
रुपन्देही मानपकडी ४ कि सुनिता विक र सोही ठाउ बस्ने उदित नारायण चौधरी
(दिप्रेन्द्र)ले विवाह गरेको ७ महिना भयो । दुवैले एकले अर्कालाई मन
पराएपछि गत माघमा सुनिता र उदितले प्रेम विवाह गरेका थिए । जबदेखि उदितले
सुनितालाई विहे गरे,त्यसदिनदेखिनै दलित केटीलाई विहे गरेको भन्दै पारिवारिक
दवावको सामना गर्नुप¥यो ।
दलित केटीलाई घरमा स्विकार गर्देनन भन्ने बुझेका उदित र सुनिताले
परिवारबाट जोेगिन गाउदेखि टाढा बस्ने
निर्णय गरे जस अनुसार सुनितालाई लिएर
उदित कपिलबस्तुको विरपुर स्थित फुपुको घर पुगे । तर त्यहाँ पुगेपनि यी जोडी
उदितको घरबाट छुटाउने प्रयत्न भएपछि बुटवल आए । पारी बुटवल स्थित मिना
तुलाधारको घरमा डेरामामा बस्न थाले ।घरवेटीकै ग्रिल उद्योगमा काम गरेर सुनिता र उदितले साँझ विहानको भोक
मेटथे । उदितको घरबाट दिनहुँजसो कामीको छोरी ल्याएको भनेर फोनमा धम्की
आउथ्यो तर उदितले सुनिताको साथ नछाड्ने अड्डी गरिररहे ।निरन्तरको पारिवारिक
दवावका बामजुद पनि उदितले आफुलाई सधै संगै राख्ने र कुनै पनि हालतमा
नछाड्ने अड्डी कस्दा सुनिता निकै खुशि हुन्थिन । दिनहरु वित्दै गए तर
सुनिताको यो खुशि भने धेरै रहेन । सधै साथ दिन्छु भन्ने उदित सुनितालाई
एक्लै छाडेर एकाएक गायब भएका छन् । दलितको छोरी विहे गरेको भन्दै उदितका
वुवा विष्णु र उनका जेठा बुवा कृपानाथ चौधरीले सुनितालाई छाड्न दवाव दिदै
आएका थिए । पिडित सुनिताका अनुसार पारिवारहरुले आफुबाट अलग गराउन उदितलाई
गायब बनाएका हुन । उदित सम्पर्क विहिन भएको एक महिना वितिसक्यो,तर परिवारले
विभिन्न वाहनामा उदितलाई सुनितासंग छुटाउने प्रयत्न भईरहेको
अधिकारकर्हिहरु बताउछन् । सामान्य लेखपढ मात्रै जानेकी सुनिताको पेटमा तीन
महिनाको गर्भ छ तस्विरमा -सुनिता विक
बुधबार नेपाल दलित पत्रकार संघ रुपन्देहीले बुटवलमा आयोजना गरेको
पत्रकार सम्मेलनमा बोल्दै सुनिताले न्याय दिलाउन माग गरेकी छन् । ‘मेरो
पेटमा बच्चा पनि छ , अब मेरो भबिष्य के हुन्छ उनले भनिन ‘विहे भईसकेपछि
माईत बस्न पनि भएन यस्तो अवस्थामा म कहाँ जाने ।’ उदित एकाएक गायब भएपछि
सुनिताले आफु बेसाहरा भएको बताउछिन् । श्रीमानलाई दलित केटीसंग विहे गरेको
भनेर परिवारले अलग गराएको भन्दै जिल्ला प्रशाशन र प्रहरी कार्यालयमा समेत
उजुरी दिएकी छन् ।
तर उदितका परिवारले गाउमै घटनालाई आलटाल गर्न खाजेको पिडित सुनिताका
बुवा श्रीराम विक बताउछन् । ‘छोरी दुई जिउकी छ म कहाँ लैजाउ’ उनले भने तर
उनीहरुले पैसा दिन्छु छोरीलाई तिमिले नै राख भन्छन् ।’
गाउमा आरनको काम गर्दै आएका श्रीरामले आर्थिक अवस्था कमजोर भएकाले प्रशाशन
धाउन समेत समस्यामा भएको बताउछन् । ‘विहे भएको छोरीलाई माईतमा सधै राख्न
पनि गाह« हुने सुनिताकी आमा मनकुमारी विकले ‘भनिन‘छोरीलाई न्याय दिलाई दिन
प¥यो ।’ माईतमा समेत बस्न असुरक्षा भएकाले सुनिता हाल आफन्तको घरमा बस्दै
आएकी छन् ।
जिल्ला प्रहरी कार्यालयमा निवदन दिएको थाहा पाएपछि राजनीतीक दलहरुले
घटनालाई गाउमै मिलाउने भन्दै पैसामा बार्गेनिङ गर्ने प्रस्ताव गरेको सोही
घटनामा पैरवि गर्दै आएका दलित अधिकारकर्मि अविराम विकले भने । दलित केटी
भएकै कारण चौधरी परिवारले अनेक बाहना गरेर उदितलाई छुटाउन चाहेकोले प्रहरी
प्रशाशनमा समेत पिडितका विरुद्धमा निर्णय गर्न दवाव दिएको विक बताउछन् ।
उनले फरार गराईएका उदितलाई प्रशाशनमा बुझाउनुपर्ने,सुनिताको जीवनको सुरक्षा
र उसको बाच्ने आधार तय गरिदिनुपर्ने बताए ।
अझै पनि यस्ता विभेदका घटनाहरु बारम्बार दोहरिरहदा समेत प्रशानले कानुन
बमकोजिम पिडितलाई न्याय दिलाउन नसकेको उनले गुनासो छ । राज्यले
छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको अवस्थामा पनि यस्ता घटनाहरु भईरहेकाले
प्रशाशनले काुननलाई ब्यहार उतार्न आग्रह गर्छन दलित वर्ग उत्थान जिल्ला
समन्वय समिति रुपन्देहीका उपाध्यक्ष रामु विक ।
उता उदित नारायण चौधरी (दिप्रेन्द्र) का जेठबुवा कृपानाथ चौधरीले भने
पैसामा घटना मिलाउन नखोजेको दावी गर्छन् । ‘उदित कहाँ छ भन्ने हामीलाई नि
थाहा छैन’ उनले भने ‘खोज्दै छौं भेटिएला नि ।’ तर उनले घटनाको बारेमा थप
जानकारी भने दिन मानेन । पिडितहरुका अनुसार उनले नै दुई लाख जतिमा कुरा
मिलाऔं भनेर प्रस्ताव गरेका हुन ।
पिडितहरुले बारम्बार प्रशाशनसमक्ष यस्ता कुराहरु राख्दा समेत न्याय दिलाउन
तर्फ ध्यान नदिएको गुनासो छ ।यद्यपि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले
भने पिडितलाई न्याय दिलाउन प्रयास गरिरहेको जनाएको छ ।
प्रहरी कार्यालय महिला विभागका प्रहरी निरीक्षक बृन्दा कुमारी
क्षेत्रीका अनुसार केटाको बुवालाई तारेखमा बोलाउएको र तत्काल छोरालाई खोजेर
ल्याउन निर्देश दिईएको छ । पछिल्लो समयमा रुपन्देहीका अन्रतजातिय विवाह
गरेका जोडीहरुले यस्तै समस्या भोग्नु परेको छ । केहि समय अगाडि अन्तरजातिय
विवाह गरेका रुद्रपुरका एक जोडी गाउमा बस्ने अवस्था नभएपछि विस्थापित भएका
छन् ।
साभार:- dalitnewshome
No comments:
Post a Comment