१४ मङ्सिर, दैलेख । दैलेख जिल्ला अदालतले दैलेखमा अन्तर्जातीय विवाह
गरेका जोडीको सम्बन्ध टुटाउने छ जनालाई जनही रु पाँच-पाँच हजार जरिवाना र
आठ-आठ महिना जेल सजाय तोकेको छ ।
दैलेखको जगनाथ गाविस वडा नं. ६ निवासी अमृत विक र त्यही कै सविता शाहीको
अन्तर्जातीय विवाहलाई जातीय हिसाबले सहन नसकिने भन्दै केटालाई कुटेर भाग्न
बाध्य बनाएका र केटीलाई आˆनै जातको अर्को केटासँग विवाह गराएको मुद्दामा
जिल्ला न्यायाधीश नारायणप्रसाद धितालको एकल इजलासले मङ्गलबार सो सजाय
तोकेको हो । अन्तर्जातीय विवाह गरेका जोडीको सम्बन्ध
टुटाउनु जातीय विभेद
भएको भन्दै जगनाथ गाविस वडा नं. ६ का रामबहादुर शाही, चक्रबहादुर शाही,
पदमबहादुर शाही, ओमजङ्ग शाही, कुवेरजङ्ग शाही र केशव शाहीलाई सजाय तोकेको
अदालतका श्रेतादार अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो ।
सरकारले अन्तर्जातीय विवाह गरेका जोडीलाई एक लाख रुपैयाँ प्रोत्साहन
पुरस्कार दिने घोषणा गरेको दुई महिना नबित्दै २०६६ भदौ १६ मा गरेका अमृत
विक र सविता शाहीले अन्तर्जातीय विवाह गरेलगतै माइतीपक्षले केटालाई
मरणासन्न हुनेगरी कुटेर गाउँ निकाला गर्नुसँगै केटीलाई आˆनै जातको अर्को
केटासँग विवाह गरी दिएका थिए । सोही विषयलाई लिएर स्थानीय दलित गैरसरकारी
संस्थाहरुको अग्रसरतामा जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी परेपछि
प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत २०६६ कात्तिक २२ गते जिल्ला
अदालतमा मुद्दा दायर गरेको थियो ।
अन्तर्जातीय विवाहकै सन्दर्भलाई लिएर माइतीपक्षले केटीलाई आˆनै जातमा
फर्काउनका लागि केटाका अभिभावकबाट ६० हजार नगद र दुईवटा खसी लिएका थिए ।
दोषीहरुलाई जेल सजाय तोकिए पनि उनीहरुलाई जेल पठाइएको चाहिँ छैन । साभार:- रासस/ dalitnewshome
No comments:
Post a Comment