Saturday, October 5, 2013

दलित तथा अन्य सिमान्तकृत महिलाहरुको पहुचमा बृद्धी

अनिल शाही,बाजुरा १३ गते असाेज । बाजुरा जिल्लाको जुगाडा गाविसमा आज दलित तथा अन्य सिमान्तकृत महिलाहरुको पहुचमा बृद्धी भन्ने नाराका साथ आज जुगाडामा गाविस स्तरिय सार्वजनिक सुनुवाई तथा लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ । विश्व वैंक तथा सिसिको आर्थिक सहयोगमा सञ्चालन भएको कार्यक्रम दलित महिला संघ बाजुराको आयोजनामा सम्पन्न भएको हो । 

दलित महिला संघका उपाध्यक्ष निर्मला विकको अध्यक्षतामा सञ्चालन कार्यक्रममा जुगाडा गाविस सचिव अंगत महत प्रमुख अतिथि रहनु भएको थियो भने नेकपा एमालेका नरबहादुर विक, नेपाली काग्रेसका कृष्ण कार्की, दलित अगुवा रामे दमाई अतिथि रहनु अतिथी रहनु भएको थियो ।

कार्यक्रममा जुगाडा गाविसका महिला, राजनैतिक दलका प्रतिनिधि, शिक्षक विद्यार्थी, अभिभावकको उल्लेखनिय सहभागीता रहेको थियो । जुगाडा गाविसको भवनमा सञ्चालन भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सञ्चालन सञ्चारकर्मी वसन्त विकले गर्नु भएको थियो भने कार्यक्रमका बारेमा दलित अधिकार कर्मी विनोद विकले जानकारी गराएको दलीत महिला संघका सामाजिक परीचालक सिता विकले जानकारी दिनु भएको छ ।
आर्थीक वर्ष २०६९।७० मा जुगाडा गाविसमा आएको वजेट र लक्षीत वर्गलाई गाविसले दिईने सेवा सुविधका बारेमा जाकारी गराईएको थियो । कार्यक्रममा गाविसले दिने सेवा सुभिदा प्रभावकारीप् भएनभएको लगाएतका अन्य विभिन्न विषयमा छलफल पनि भइको थियो । त्यस्तै आगामी दिनमा आउने सबै रकम क्षेत्रलाई छुट्याउने र लक्षीत वर्ग सम्म पु¥याने सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा १०० बढीको उपस्थिती रहको थियो । कार्यक्रम बाजुराकै नमुना बनेको सर्बसाधरणले बतायका थिए भने आगामिदिनमा समेत यो कार्यक्रम संचालन गर्न समेत आग्रह गरेका छन ।

No comments:

Post a Comment