गायक यशकुमारले गीतमा छुवाछूतको चोट सहन नसकेर बेग्लै संसार बनाउन
चाहेजस्तै दैलेखको राकम कणर्ालीवासीले बेग्लाबेग्लै कुवा बनाएका छन्- तीन
जातिका तीनवटै ।सेरावाडा टोलका तीन जातिले आ-आफ्ना लागि बेग्लाबेग्लै कुवाको पानी प्रयोग
गर्दै आएका हुन् । ती कुवा एकै ठाउँमा भए पनि दमाइ, कामी र माझी समुदायको
छुट्टाछुट्टै छ ।अझै अचम्म ती कुवाको आकार पनि जनसंख्याको आधारमा छ । जनज्योति मावि राकम
कणर्ालीका शिक्षकसमेत रहेका स्थानीय बासिन्दा अमर माझीले सबैभन्दा सानो
दमाइ, मध्यम खालको कामी र ठूलो कुवा माझी समुदायले प्रयोग गर्ने गरेको बताए
।
सामुदायिक खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन भएपछि कुवाको पानी प्रयोग
गर्नेमा केही कमी आए पनि छुवाछूतमा भने कमी आउन सकेन । ‘जातीय छुवाछूत
अन्त्य हुन नसक्दा भिन्दाभिन्दै कुवा प्रयोग गर्न छाडिएको छैन,’ उनले भने,
‘यो चलन हट्न अझै कैयौं वर्ष लाग्छ होला ।’
माझीहरूले कथित तल्लो जाति दमाइ र कामीले प्रयोग गर्ने कुवालाई
‘डुमेनाउलो’ भन्ने गर्छन् । माझीहरूले पानी खाने कुवालाई अन्यले
‘सिमेनाउलो’ भन्दै आएका छन् । तीनवटै समुदायका गरी सेरावाडा टोलमा करिब ९०
घरधुरी छ । बायाँ भागको दमाइ, बीचको कामी र दायाँ कुवालाई माझी जातिको
भन्ने गरिन्छ । टोलमा दमाइ २, कामी २२ र माझीका ६५ परिवारको बसोबास छ ।
स्थानीय बासिन्दा जंगबहादुर माझीले गाउँमा जातीय भेदभावको असर अझै उस्तै
रहेको बताए । ‘पढेलेखेकाको सोचाइमा केही परिवर्तन आए पनि त्यसले खासै फरक
पार्न सकेको छैन,’ उनले भने ।
धारामा नियमित पानी नआउने भएकाले कुवाकै भर पर्नु परेको गाउँले बताउँछन्
। सेरावाडाकै ५४ वषर्ीया धनसरा कामीले विवाह गरेर आएदेखि आफ्नै जातिका
लागि बनाएको बाहेक अर्को कुवा प्रयोग गर्न पाएकी छैनन्् । उनी भन्छिन्,
‘मैले थाहा पाएयता अर्को नाउलो चलाएको छैन । छुन त परैजाओस्, पहिल-पहिले त
नजिकै उभिनसमेत पाउन्नथ्यौं ।’
कणर्ाली नदी बगरमा अवस्थित यो गाउँको विकासका लागि आधा दर्जनभन्दा बढी गैरसरकारी संस्था कार्यरत छन् । तिनै संघसंस्थाले पूर्वाधार निर्माण, दिगो आयआर्जन र जनचेतनामूलक अभियान सञ्चालन गरिरहेका छन् । सामाजिक सेवा केन्द्रका अध्यक्ष हीरासिंह थापाले आफ्नो संस्थाले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा समुदायस्तरबाट यो सबाल नआएको बताए । ‘समूहमा सबालको पहिचान र छलफल हुन्छ तर यस विषयमा कोही पनि कुरै उठाउन चाहँदैनन््, अनि के गर्ने ?,’ उनले भने, ‘अब हामी छुवाछूत र जातिगत कुवाको विषय राम्रो होइन भन्नेबारे जनचेतना र बहस थाल्नेछौं ।’साभार:- dalitnewshome

No comments:
Post a Comment