दार्चुला, सुदूरपश्चिममा अन्तरजातीय विवाह
गर्ने क्रम बढेको छ । सरकारले प्रोत्साहनस्वरूप केही रकम दिन थालेपछि
सुदूरपश्चिमका पहाडी जिल्लामा छुवाछुतमुक्त नभए पनि अन्तरजातीय विवाह गर्ने
क्रम बढेको देखिन्छ ।दार्चुला जिल्ला भगवती गाविस–५ सुडाका गगनसिंह धामी र स्वही गाविसकी
गीताकुमारी बैज्य, हरिष हुम्ले र टीका शाही दार्चुला खलङ्गा–४, खलङ्गा र
यसैगरी दार्चुला
खलङ्गाका विक्रम ओखेडा र कपिलवस्तु जिल्ला जोगीतला–३ की
चित्रकला रोक्का मगरका साथ अन्तरजातीय विवाह आव २०६९÷०७० मा भएको
जानकारीसहित प्रोत्साहनस्वरूप भत्ताका लागि निवेदन आएको जिल्ला प्रशासन
कार्यालय दार्चुलाले जनाएको छ ।
यसैगरी बैतडी जिल्लाका कुवाकोट गाविसका नरेन्द्र पार्की र कालीकोट
जिल्ला फुकोर गाविसकी मीना विष्टले आव २०६९÷०७० मा अन्तरजातीय विवाह भएको
एकमात्र आधिकारिक जानकारी आएको जिल्ला प्रशासन कार्यालय बैतडीले जानकारी
दिएको छ ।यसैगरी डडेल्धुरा जिल्ला अमरगढी–५ निवासी प्रेम सिजापती (सुनार) का
माहिला छोरा २० वर्षीय विजय सिजापती र डोटी जिल्ला मुरभडाँ गाविस उच्चकोट
घर भएकी १८ वर्षीया सिमा पन्तका साथ असार पहिलो साता अन्तरजातीय विवाह भएको
छ ।
डडेल्धुरा जिल्ला अमरगडी नगरपालिका–६ का राजेन्द्र ताम्राकार र कञ्चनपुर
जिल्लाकी शोभा चौधरीका सोही ठाउँका वीरेन्द्र ताम्राकार र झापा जिल्ला
विर्तामोडकी कमला थापाका साथ आव २०६९÷०७० मा अन्तरजातीय विवाह भएको जिल्ला
प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।
सुदूरपश्चिमका सयाँै अन्तरजातीय विवाह गरेका जोडी घरपरिवार र समाजबाट
पनि उत्साहभन्दा पनि घृणा सहेर बस्नुपरेको दार्चुला जिल्ला भगवती गाविस–५
सुडाका गगनसिंह धामीले राष्टिय समाचार समिति (रासस)सँग बताए
No comments:
Post a Comment