देशमा प्रजातन्त्रको उदय हुनुअघि लमजुङको दुराडा“डाका ब्राहमण्ँहरुले सामाजिक भेदभाव
र कुरीति हटाउने भन्दै २००६ साल साउन ११ गते पहिलोपटक हलो जोतेको दिन लाइृ हलो
दिवसको रुपमा मनाईन्छ । जाति विशेषलाई मात्रै हलो जोत्न लगाउने संस्कारको
अन्त्य गर्नुपर्छ भन्दै लमजुङ दुराडाँडाका ब्रामहणहरुले दुराडाँडा अर्चल्यानीको बाँकेगरामा सामुहिक रुपमा हलो जोतेको दिनको सम्झनामा हरेक बर्ष हलोत्कषण दिवसको रुपमा
मनाइने गरिएको छ । सामाजमा रहेको कुरीतिको अन्त्य गर्न सामहिक रुपमा साउन
११ गते हलोक्रान्तिको थालनि गरिएको थियो ।राणा सरकारको तानशाही संस्कारसँगै मौलाएको ब्राह्मणवाद र जातीय भेदभावसँगै
हलीप्रथा अन्त्यका लागि पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट
शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त
अधिकारीलगायत २७ जनाले पहिलो पटक हलो जोतेका थिए ।
दलितले छोएको खानुपर्छ र बाहुनले
पनि हलो जोत्नुपर्छ भन्ने मान्यताका साथ ब्रामहणहरुले हलो जोतेर सामाजिक
क्रान्तिको थालनी गरेका थिए । छुवाछुत विरोधी त्यस कार्यक्रमको बेला
स्थानीय तोयानाथ अधिकारीले छोरी पर्ने चीजामाया अधिकारीलाई माइतबाट घर
पठाउँदा आइतबहादुर सार्कीसँगै पठाउनुभएको थियो । चीजामायाको घरकाले भरिया
दलित भएको थाहा पाएपछि बुहारीलाई समेत माइतै फर्काइदिएका थिए । लमजुङको
दुराडाँडामा २००६ साल साउन ११ गते बाहुनले हलो जोतेपछि अन्य जिल्लामा पनि
यसले ब्यापक रुप लियो । फलस्वरुप त्यसै वर्ष पुसमा तनहुँ, फागुनमा कास्की र
धादिङ, २००७ साल वैशाखमा अर्घाखाँची र गोरखा साथै २००८ सालमा स्याङजामा
पनि ब्रामहणले हलो जोत्ने अभियान शुरु भएको थियो ।
No comments:
Post a Comment