काठमाडौ, मंसिर ९ - प्रत्यक्षतर्फ मात्रै दुई दलित विजयी भएका छन् । बाँके ४ बाट एमालेका
दलबहादुर सुनार र महोत्तरी ३ बाट एमालेका रामदयाल मण्डल विजयी भएका हुन् ।
सुनारले कांग्रेसका कृष्णमान श्रेष्ठलाई पराजित गरेका हुन् भने मण्डलले
कांग्रेसकै रामचन्द्र तिवारीलाई पराजित गरेका हुन् । प्रमुख दलमध्ये
एमाओवादीले ९ र एमालेले ६ दलित उम्मेदवारलाई उठाएको थियो भने कांग्रेसले एक
जनालाई ।
चितवन २ बाट एमाओवादीका विश्वभक्त दुलाल आहुती भारी मत अन्तरले पराजित भए । उनलाई कांग्रेसका शेषनाथ अधिकारीले पराजित गरेका हुन् । यस्तै कृषमिन्त्री भइसकेका एमाले पोलिटब्युरो सदस्य छविलाल विश्वकर्माले झिनो मत अन्तरले हारे । उनलाई २ सय ४ मतअन्तरमा कांग्रेसका अब्दुल रज्जाक गद्दीले पराजित गरेका हुन् । विश्वकर्मा अघिल्लो संविधानसभामा समानुपातिक सभासद थिए ।

No comments:
Post a Comment