कतिपय मान्छेहरु दलित भई जन्मेकोमा आफुलाई शौभाग्यशाली मान्छन् भने
कतिपय यस्लाई एउटा नर्किय जीवन प्राप्तिको सराप पनि मानिरहेका छन । जातिय
विभेद र छुवाछुतले प्रशय पाएको ठाउका दलित समुदाय आफुहरुले सहनु परेको
ब्यवहारका कारण आफनो मानव जिवन सराप पछिको नर्किय जीवन सरह मान्दछन ।
उनिहरु आफनो सिंगो जिवनलाई नै ब्यर्थैको जिवन जस्तो महसुस गर्छन तर कतिपय
दलितहरु आफु दलित हुनुलाई ठुलो शौभाग्य प्राप्त भएको ठान्छन ।
राज्य तथा
विभिन्न दातृ निकायबाट पाउने सेवा सुविधाले ति दलितहरु आफुलाई त्यसरी चिनाइ
रहेका छन । यी दुई थरीको जिवन जीउने आखिर दलित नै हुन फेरी पनि एकै
समुदायमा रहेको उनिहरुको समस्या र भोगाई भने फरक फरक छन । दलित मुक्ति
आन्दोलनका अगुवा भगत सर्वजित देखि लिएर सुभाष दर्नाल सम्मले अन्तिम समय
सम्म पनि यहि फरकलाई समुच्चमा जोडने प्रयत्न गरे ।
दलित दलित विचमा रहेका केहि विभेद , उनिहरुको जिवनभोगाई, सेवा सुविधामा
एकरुपता र उनिहरुको हितको संविधान लगायतका मागलाई नै उनिहरुले अगाडी बढाएका
थिए । उनिहरुले सुरुवात गरेको आन्दोलनले राज्यपक्षलाई दलितका समस्या र
सवाल प्रति केहि गंभीर त बनायो तर दलित प्रति उत्तरदायी, जिम्मेवार भने
बनाउन सकेन । उनिहरुले सुरुवात गरेको आन्दोलनलाई अघि बढाउन भन्दै डलर
खर्चिनेहरुको सक्रियता पनि निकै रह्यो । डलर लक्ष्ति आन्दोलनले सोझा साझा
दलित ठग्नु भन्दा ठुलो उपलब्धि हात पार्न सकेन । अनततः उनिहरुद्धारा
थालिएको आन्दोलनले सिंगो दलित मुक्ति आन्दोलनलाई नै पुर्णविरामको बाटो
देखायो । ४० लाख दलित लाई मुक्ति दिलाउछौ भन्दै अर्बो खर्चीएका दलित पक्षमा
काम गर्ने संघसंस्था देखि अधिकारक्रमी सम्मले दलितका माग , भोगाई र
समस्यालाई माथील्लो स्तर सम्म पुयाएर मुद्दा त बनाए तर मुक्ति भने दिलाउन
सकेन्न । वास्तविक मुक्तिका लागी भन्दा पनि डलर पचाउनकै लागी विभिन्न ग्रैह
सरकारी संस्थाद्धारा गरीएका आन्दोलनले पशुसरह ब्यवहार सहेका दलितको आशा र
भरोसामाथी ठुलो तुषारापात भएको छ जस्ले गर्दा दलित मुक्ति आन्दोलको लामो
संर्घष , भोगाई र उपलब्धि लाई समेत ओझेल पारी दिएको छ ।
मुक्ति आन्दोलनको यात्रा ः
वि.स. १९९७ मा बाग्लुङगका भगवत सर्वजित विश्वर्कमा लगायतकाले सुरु गरेको
छुवाछुतविरोधी जनै अभियान नै दलित मुक्ति आन्दोलनको पहिलो खुड्किलो हो ।
यो आन्दोलन पछि क्रमश दलित समुदायले २०११ सालमा सर्हषनाथ कपाली,
सिद्धीबहादुर खड्गी र गणेश योगीको सक्रियतामा पशुपतिनाथको मन्दिर प्रवेश
आन्दोलन, २०१७ सालमा तिखे नर्गची र टीकाराम पार्कीको नेतृत्वमा डोटीको
शैलेश्वरी मन्दिर प्रवेश आन्दोलन, २०२१ सालमा भोजपुर जिल्लामा पदम सुन्दास र
लालकुमारी विश्वकर्माको अगुवाइमा सिद्धकाली मन्दिर प्रवेश आन्दोलन, २०४७
सालको नवलपरासी मन्दिर प्रवेश काण्ड, २०५० सालको चितवन र स्याङजाको दूध
काण्ड, गोरखाको गोरखकाली मन्दिर प्रवेश काण्ड, सिन्धुपाल्चोक र काभ्रेमा
पानी उघाउ आन्दोलन, लमजुंग, धाधिंगलगायतका जिल्लामा भएका आन्दोलन, सप्तरीका
चमारहरूको सिनो बहिष्कार आन्दोलन, वादी आन्दोलन र हलिया आन्दोलनलाई प्रमुख
रुपमा अगाडी बढाएका थिए ।
दलित समुदायको चेतना र अधिकारका लागी गरिएका यी आन्दोलन नै दलित मुक्ति आन्दोलनका ईतिहास हुन । जसमा उठाईएका मागहरु आज पनि एकसाथ पुरा हुन सकेको छैन । मागका मर्महरुलाई विर्सिएर दलितका सवालहरु आज सवालमा मात्र सिमित छन तर बहस भएर मुक्ति मार्ग सम्म पुग्न सकेको कुनै दिन छैन । बरु विभिन्न राजनितिक पार्टिहरुलाई राजनिति गर्ने एउटा मार्ग बनेको छ । राजनितिक, सामाजिक तथा संस्थागत रुपमा आज पनि दलितका सवालमा काम भई रहेका छन तर पनि अन्यायमा परेका दलितहरुले न्याय पाउन सकेका छैनन् । सरकारले ०६३ सालमा देशलाई छुवाछुत मुक्त घोषणा गरे पनि वास्तविकता भने सोचे भन्दा निकै फरक छ ।
आन्दोलनलाई अगाडी बढाउने क्रममा हरेक पटक राजनीतिक परिर्वतनको पक्षमा देखिएको दलित समुदायको उत्साह पनि दलित आन्दोलनको महत्वर्पूण पक्ष मान्न सकिन्छ । आन्दोलनको संगठित सुरुवातमा २००३ सालदेखि २०२३ सालसम्मको दलित आन्दोलनको मुख्य नारा छुवाछुतको विरोध थियो । २०२९ सालमा पुगेपछिमात्रै छुवाछुतसँगै आरक्षण को मागको नारा थपियो । पछि ०२४ को वरपर तत्कालीन कम्युनिष्ट नेता रुपलाल विश्वर्कमाको नेतृत्वमा दलित आन्दोलनलाई कम्यूनिष्ट आन्दोलनसँग जोड्ने प्रयत्न गरेको देखिए पनि त्यो केही क्षेत्रमा मात्र सीमित रहेको पाईन्छ । ०४३ सालमा दलित आन्दोलनमा वामपन्थी युवाहरुको सहभागिता र सक्रियता बढ्यो अनि दलित समुदायको मुक्तिका सवाललाई राजनीतिक व्यवस्थासँग जोडेर हेर्न थालियो । दलित आन्दोलनलाई पञ्चायतविरोधी आन्दोलनको रुप दिने प्रयत्न पनि कहि कतै त्यस समयमा सुरु भएका थिए र पछि २०४६ सालको परिर्वतनपछि दलित आन्दोलनले गुणात्मक मात्र नभएर मात्रात्मक रुपले पनि विकास भएर आयो । अनि पचासको दशकमा दलित समुदायले आर्थिक मुक्तिको प्रश्नलाई पनि प्रमुख रुपमा अगाडि सारे । यसको अनत्य सम्ममा दलित समुदायको आन्दोलन केवल सामाजिक, र साँस्कृतिक, क्षेत्रमा मात्र सिमित नभएर आर्थिक र राजनीतिक जस्ता क्षेत्रमा पनि पहिचान सहितको दलित मुक्तिको कार्यदिशा निर्माण गर्न तर्फ अगाडी बढ्यो ।
भगत सर्वजितले छूवाछूत र भेदभावको विरोधबाट सुरु गरेका दलित आन्दोलन आज विशेषाधिकार सहितको राजनीतिसम्म आइपुगेको छ , तर परिवर्तित समय, बदलिँदो राजनीतिसँगै पछाडि पारिएका दलित समुदायहरुको समस्या भने आज पनि यथावत नै छन । उनिहरुले उठाएका माग केवल मुद्दामा मात्र सिमित छन । अन्याय र उत्पिडनमा परेका दलितहरुले आज पनि न्याय पाउन सकेका छैन्न । उनिहरु आज पनि आवाजविहिन छन । उनिहरुका चित्कारलाई राज्यल पनि बहिरो सरि सुनिरहेको छ । हिजो देखि आज सम्म पनि दलितहरुले जातीय विभेद र छूवाछुत कै कारण ज्यान गुमाउनु परेको छ । विभेदको अन्त्यका लागि अगाडि ल्याइएका नीतिहरूको प्रभावकारी कार्यान्वयन हुन नसक्दा उनिहरुले संस्थागत भएको गणतन्त्र र नयाँ नेपालको आभाष गर्न पाएका छैनन ।साभार :- radiovoicefm

No comments:
Post a Comment