Saturday, November 9, 2013

दलित समुदायका सदस्यको सक्रियतामा सहकारी संचालन

पुतलीबजार नगरपालिका क्षेत्रका दलित अगुवाहरुको सक्रियतामा जिल्ला सदरमुकाममा हाम्रो स्वाभिमान नामक वचत तथा ऋण सहकारी संचालनमा ल्याईएको छ । घरेलु तथा साना उद्योग, कृषि र पशु पालन व्यावसायलाई प्रमुख लगानीको आधार बनाएर सहकारी सञ्चालन गरिएको हो । 
२९ जना संस्थापक सदस्य रहेर खोलिएको सहकारीमा ३३ साधारण शेयर सदस्य सहित ६२ शेयर सदस्य पुगेको छ । एक हजार एक सयदेखि तीन लाखसम्मका शेयर सदस्य छन् । विषेश गरि दलित समुदायमा मात्रै लगानी गर्ने योजना सहित सहकारी स्थापना भएको हो । सहकारीले भदौको तेस्रो हप्ताबाट कारोबार शुरु गरेको जनाएके छ । 

दलित समुदायका सदस्यको सक्रियतामा सहकारी संचालनमा आएपछि स्थानीय दलितहरु उत्साहित भएका छन् । उनीहरुका अनुसार दलित र पछाडी परेको वर्गलाई आर्थिक क्षेत्रमा सहयोग पुग्ने आशा
जागेको छ । सहकारीको लगानीले क्रमिक रुपमा आर्थिक सम्पन्नता तर्फ जाने उनीहरुको विश्वास छ । “कृषि र पशुपालन क्षेत्रमा लगानी गर्ने संस्थाको प्रमुख लक्ष्य रहेको सहकारीका प्रबन्धक जीतबहादुर बस्यालले वताउनु भयो । उहाले संस्थाको रणनीतिलाई आत्मसात गर्न सक्ने दलित तथा गैरदलितलाई शेयर सदस्य बनाउने स्पष्ट पार्नु भयो । हालसम्म गैरदलित समुदायका शेयर सदस्य नभएको उहाँले जानकारी दिनुभयो । आर्थिक अभावमा काम बिहिन भएका गरिबी तथा विपन्न परिवारका सदस्यलाई धन जमानतमा १३ प्रतिशत व्याजदरमा २० हजारसम्म लगानी गर्ने प्रबन्धक बस्यालले वताउनु भयो । कृषि र पशुपालनमा गरिने लगानी सुरक्षित हुने उहाको भनाई छ । 

  जिल्लाका व्यापारिक केन्द्र पुतलीबजार, बयरघारी, वालिङ् र गल्याङ् क्षेत्रमा ठूला बैंक तथा सहकारीहरु स्थापना भएपनि सहज रुपमा कर्जा प्रवाह नभएको स्थानीयको गुनासो छ । उनीहरुको अनुसार कृषि र पशुपालनमा कर्जा पाउन असहज भएको छ ।  पछिल्लो समय बैंक तथा बित्तिय कारोबार गर्ने संस्थाबाट दलित वर्गका सदस्यलाई बिदेश जानमात्रै कर्जा प्रबाह गरिएको वताईन्छ ।  सहकारीका अध्यक्ष डिलबहादुर मोचीले दलित वर्गका सदस्यलाई अब बिदेश जानका लागि होईन, कृषि र पशुपालनका लागि मात्रै कर्जा दिने वताउनु भयो ।साभार :-रेडियो वलिङ्ग

No comments:

Post a Comment