मोहनलाल कपालीको यो ८२औं हिउ"द हो । राणादेखि चार राजा-महाराजाको
शासनलाई अनुभव गरेका छन् उनले । प्रजापरिषद्देखि दलित उन्मुक्तिका अनेक
अभियानमा जुटे उनी । जवाहरलाल नेहरु, डा. राजेन्द्रप्रसाद, वीआर
अम्बेडकरदेखि बीपी कोइरालासम्म साक्षात्कार गरे उनले । कुनै समयमा नेपाल
राष्ट्रिय दलित जनविकास परिषद्का अध्यक्ष रहेका उनले त्यसका ६४ वटा
शाखामार्फ दलित मुक्तिमा सक्दो कदम चलाए । आरसीटीका फुटबल खेलाडीदेखि
विश्वज्योति सिनेमाघरका निरीक्षकसम्म बने उनी ।
विजेश्वरीमा अधिराज्यका दलित विद्यार्थीलाई पढ्ने सुविधा दिन खोलिएको
समाज विकास छात्रावासका प्रमुख छन् कपाली । तैपनि उनको अनुभवमा दलितको
अवस्था 'चुच्चे ढुंगो उही टुंगो' जस्तो छ । 'अहिले दलितका संगठन दर्जनौं
छन्, माग्ने प्रवृत्ति सबैमा उस्तै छ,' हालै भारतको प्रतिष्ठित बीआर
अम्बेडकर अन्तर्रर्ााट्रय पुरस्कार पाएपछि उनले आफ्नैबारे भने- 'दलितबाट
सरकारमा खुट्टा टेक्नेहरूले पनि आफ्नै हितमा मात्रै ध्यान राख्न सके ।'
अम्बेडकर नेपाल घुम्न आउ"दा उनलाई ढल्कोको दलित बस्तीमा घुमाएका थिए
कपालीले । त्यो समयमा दलित र अरूबीच सा"च्चै विभेद व्यवहारमै देखिन्थ्यो ।
'अब दलित भनेर त्यस्तो सार्हो विभेद छैन,' उनी भन्छन्- 'जुनै मठमन्दिरमा
छिर्न, सबै जात/समुदायस"ग बसेर खानपिन गर्न सकिने भएको छ ।'
नक्सालको घरमा बुढ्यौली बिताइरहेका छन् कपाली । बदलिएको समय र पुस्ता
आ"खै सामुन्ने देखिरहेका छन् उनी । तर 'जे छ ठीकै छ' को बानी उनमा बसिसकेको
छ । अहिले जातीय/वर्गीय विभेदमा कमी आइसकेको भए पनि दलितसम्बद्ध
संघसंस्थाको काम गर्ने शैलीमा भने उनी चिन्ता जनाउ"छन् । 'एउटै संगठन
हुनर्ुपर्छ, एउटै आवाज हुनर्ुपर्छ,' उनी भन्छन्- 'दलितका नाममा रोइकराइ
गर्ने र मगन्ते बन्ने दिन अब गइसके ।'
साभार :- कान्तिपुर /प्रकाशित मिति: २०६१ पुस १०
No comments:
Post a Comment