वन्धुवा ७ निवासी वुद्धविर परियार विहान घाम झुल्केदेखी झमक्क सांझ नपरुन्जेल सम्म अरुका लुगा सिलाउने काममा व्यस्त हुन्छन । यसरी दिनभरी परिश्रम गर्दापनि आर्थिक अभावले सिलाई मेशिन मर्मत गर्न सकेका छैनन् । कठोर परिश्रमका वाबजुद सांझ विहान हातमुख जोर्ने धौ धौ गरेर मात्र पुग्ने हुँदा पनि पुस्तौ देखी गर्दै आएको परम्परागत पेशा होईन ६५ वर्षिय वुद्धविरका लागी असह असहज बनेको । आठ दश वर्ष अगाडी सम्म राम्रै कमाई हुने गरेको तर हाल आएर आफ्नो पेशा संकतमा परेको उनी बताउँछन । उनी भन्छन मानिसहरु हामी कहाँ नयाँ लुगा लिएर आउदैनन् वरु ठुला ठुला टेर्लसतिर जान्छन् । खाली पुराना फाटेका लुगाहरुमात्र लिएर आउँछन अनी कसरी हुन्छ कमाई ? आफ्नो ३ वटा छोरासँग लुगा सिलाउने सिप भएतापनि आम्दानी नभएकोले यो पेशा छाडिसकेको छ बताँउछन फत्तेपुर ८ का लाल बहादुर परियार उनि भन्छन देश भरि भारितीय कारिगरहरुले हाम्रो ठाँउ ओगटी सकेकाछन् त्यतिमात्र होईन ठुलाठुला टेलर्शहरु पनि भारतियहरुकै भएकाले ग्राहकहरु हामी कहाँ आम्दानी अरुलाई प्राथमिकता दिने गर्दछन । यदी यस्तै भई राख्ने हो भने हाम्रो पेशा लोप हुन सक्छ । त्यसतै फतेपुर ८ कै हस्तबहादुर परियार भन्दछन मेरो आफ्नो पुरै पुस्ता थाहा छैन चार पाँच पुस्ता भयो होला लुगा सिलाएको तर अचेलछुनलाई सधैं चिन्ता लागि रहन्छ, आफ्ना पुस्ताहरुले गर्दै आएको पेशा छोराहरुले पक्कै यो पेशा गर्दैनन् । किनकी ग्राहकनै आउदैनन् आएपनि पुराना लुगालिई कम पैसा दिन्छन ।
किन तपाईहरुकोमा ग्रहाकहरु आउदैनन भन्दा उनि भन्छन हामी कहाँ लुगा सिलाउने आधुनिक तरिका छैन त्यसले गर्दा अन्य टेर्लशहरु संग प्रतिस्प्रधागर्न सक्दैनो । त्यस्तै बक्धुवाका चक्रबहादुर परियारले वैकल्पिक रोजगारी खोज्नतिर लागिसकेछन् उनि भन्छन् ग्रहकहरु आउन छाडि सके र्पुख्यौलि पेशा भन्दै यहि थोत्रो मेसिन लिएर वस्नेहो भने मेरो परिवारको विजोग हुने छ ।
फत्तेपुर ३ का टिकाराम परियार आफ्नो मेसिन लिएर प्रत्येक हटिया जान्छन् । मरेर परिश्रम गर्दा पनि परिवार पाल्नको लागि हमे हमे परेको उनको भनाई छ । त्यती मात्र होईन ग्रहकबाट कवोल गरे बमोजिमको पारिश्रमिक नपाउनु पनि एक कारण रहेको उनी बताउँछन साथै आफ्ना अधिकाशं ग्राहकहरु निम्न वर्गिय भएकाले पनि थौरै पैसामा धेरै काम गर्नु परेको उनको कथन छ । उता उनी यति भनेरमात्र सन्तुष्टी छैनन् उनी भन्छन तिनै ग्राहकहरु राम्रो र महंगो लुगा सिउनु प¥यो भने ठुलो टेर्लश तिर जान्छन वास्तवमा दमाई हरुको पेशा संकटमा पर्नलागेको हो त भन्दा उनि भन्छन पर्न लागेको परिनै सक्यो । मलाई त यस्तो लाग्छ हामी नै अन्तिम पुस्ता होला यो अंगाल्ने । दोकानमा लगानि गर्न नसक्नु चल्तीका पहिरन सम्बन्धी ज्ञान नहुनु दमाईहरु द्वारा खोलिएका टेर्लशमा हामीहरुलाई रोजगारीको अवशर न दिनु पनि एक समस्या रहेको उनी बताउँछन । कंचनपुर मुख्य बजारमा एक टेर्लशमा लुगा सिलाउन आएका धरमपुर ६ का रंजन भट्टराई भन्छन नेपाली दमाईहरु त्यती राम्ररी मिलाएर सिलाउन जान्दैन् । टेर्लशको जस्तो गुणस्तरपनि दिदैनन् । पैशा तिर्ननै पर्छ बरु राम्रौ डाँउमा सिलाउने उनको कथन छ । अहिले को समय परिर्वतनशिल छ । दमाईले मात्र लुगा सिलाउनु पर्छ भन्ने सोचाई परिर्वतन भएको छ । बाहुन क्षेत्री लगायत जसले पनि सिलाईको डिजाईन सम्बन्धि तालिम लिएर पसल समेत खोलि सकेका छन् । त्यसको कारणले गर्दा पनि कम ग्राहक आउने गरेका हुन सक्ने उनीहरु स्वीकारछन् । नेपालको २०५८ सालको जनगणना अनुसार नेपालमा दमाई जातिको संख्या एक लाख अठसी हजार तिन सय उनतीस रहेको छ । उतिको संख्या हुँदा पनि अब क्रमिक रुपमा आफ्नो पुर्खयौलि पेशा हराउन लागेकोमा निश्चयनै चिन्तित होलान उनी हरु । त्यती मात्र हाईन नेपाली संस्कृति, रहन, सहन, धार्मिक तथा शुभ–कार्यमा बजाईने बाजा –नौमति र पञ्चै) समेत संकटमा परेको बताउँछन नेपाली दमाईहरु । उता सिलाई पेशा संकटमा र पञ्चैबाजा बजाउन नै कहिं पसले नबोलाँउदा आफ्नो दुवै पेशा लोप हुन लागेको पुनः बताउँछन टिकाराम परियार । उनी भन्छन मेरो हजुरबाले बजाएको नरसिंहा म अझै छदैछ तर के गर्ने कसैले बजाउन नबोलाउँदा विग्रेएर जान थाल्यो ।
विदेशी वाजा र साउण्ड सभिर्सहरुले समाजमा जडो गाडिनु आफ्नो संसकृति छोडदै पश्चिम मुलुकको शिको मर्दो , उच्च घरानिया र शिक्षित परिवारलेनै पञ्चैबाजा भन्दा नाक खुम्च्याउनु एक कारण रहेको बताउँछन लाल बहादुर परियार । फत्तेपुर निवासी राजकुमार माले सम्झदै बताउँनछन ८–१० वर्ष अगाडी बाजा बजाउन कै लागी विरगंन्ज सम्म पनि पुगेको छु । तर अहिले हाम्रो दुवै पेशा नै खतम हुन लागि सक्यो । सामान महंगोहुनु बजाउने कारीगडहरु नपाउनु , ढोलक बनाउने राम्रो छाला नपाउनु ले यो पेशा नचलेपछि आफ्ना छोरा नातहिरु वैकल्पिक रोजगारीको खोजीमा विदेशनु पनि एक सम्स्या रहेको बताँछन उनीहरु । वेलामा पढिएन, पितापुर्खाको विडो थामियो, अहिले खान लाउन धौ धौ छ न त लुगा सिलाउन नै आउँछन न त बाजा बजाउन नै बो लाउँछन् । पेशा नचलेकोले छोरा नाति वैदेशिक रोजगारमा गई सके । वैदेशिक रोजगारीमा जाएँ मा उमेरले दिदैन। अन्य काम खोँजु शिप र शिक्षा छैन सिलाई मेसीन र वाजालाई हेरेर वस्नसु भन्दा न त अरु उपायनै छ । उनीहरुमा यदी यस्तै हुने हो भने अबको ४– ५ वर्षमा लेगा सिलाउने कामबाट विस्थापित हुने छैन् । नेपाली दमाईहरु लोप हुदँै जाने छ । नेपाली बाजाहरुको जगेर्ना तर्फ सोच्न जरुरि रहेको छ ।

No comments:
Post a Comment