मंसिर २९ -
दुर्गा सोब सामाजिक आन्दोलनमा लागेकी एकजना अभियन्ता हुन् । उनी दलित महिला संघकी संस्थापक अध्यक्ष हुन् । उनी राष्ट्रिय दलित आयोगकी पहिलो सदस्यसचिव हुन् । त्यसबाहेक धेरै दलित संघसंस्थामा उनी सक्रिय छिन् । डेनमार्कमा सचिवालय रहेको अन्तर्राष्ट्रिय दलित ऐक्यबद्धता सञ्जाल (आईडीएसएन) र जापान मुख्यालय भएको इमाडारमा पनि उनी बोर्ड सदस्य छिन् । उनी सुदूरपश्चिमको डोटी जिल्लाको सिलगढीमा २०२३ सालमा जन्मेकी हुन् । काठमाडौंको पद्मकन्या क्याम्पसबाट स्नातक गरेकी छन् । सिलगडीमा उनले सानोछँदा जातीय छुवाछूत र भेदभावको अनुभव धेरै गर्नुपर्यो । आफ्ना बाल्यकालीन सम्झना उनले यसरी सम्झिइन्:
म जुन समुदायमा जन्मेकी थिएँ, जुन भूगोलमा हुर्केकी थिएँ, त्यस हिसाबले मैले स्कुल जान नपाउनुपथ्र्यो । मेरो बिहे १३/१४ वर्षकै उमेरमा हुनुपथ्र्यो, जसरी मेरी कान्छाबाकी छोरीको बिहे भएको थियो । उसले कहिले पनि स्कुलको आँगन टेक्न पाइन । मेरा बाआमा पनि अरू धेरैका बाआमा जस्तै निरक्षर थिए । तर अरूका बाआमा भन्दा मेरा बाआमा विवेकशील थिए । आफूले नपढे पनि छोराछोरीलाई पढाउनुपर्छ भन्ने बाआमाको मान्यता थियो । तर सुदूरपश्चिमको डोटी जिल्लाको सिलगडीमा यसरी स्कुल जानु त्यति सजिलोचाहिँ थिएन ।
त्यतिबेला ठूला जातिका भनिएका पनि सबैले आफ्ना छोराछोरीलाई पढाउन पठाउँदैनथे । त्यसमाथि पनि छोरीहरूलाई निकै कमले मात्रै स्कुल पठाउँथे । तर म केटी मात्रै थिइनँ । त्यो समाजका लागि एउटी दलित केटी थिएँ ।मेरा बा सुनार हुनुहुन्थ्यो । त्यसैले हामीलाई दलित भनेर हेप्थे । सुदूरपश्चिम नेपालभरिमै दलितहरूले सबैभन्दा धेरै उत्पीडन भोगेको क्षेत्र हो । यस्तोमा हाम्रो अवस्था कति दयनीय थियो होला । तर मेरा बाआमाले सबै समस्याहरूसँग जुध्नुभयो । हामी छोराछोरी सबैलाई स्कुल पठाउनुभयो ।हामीले त्यसरी स्कुल जान पाउनुको एउटा कारण चाहिँ हामी तुलनात्मक रूपमा गरिब नहुनु पनि होला सायद । त्यतिबेला हरेक सुनारले तोकिएको गाउँ कमाउने चलन थियो । त्यो चलन अहिले पनि छँदै छ । मेरा बा बझाङको चैनपुर बजार कमाउनुहुन्थ्यो । उहाँ अलि रवाफिलो हुनुहुन्थ्यो । बा अधिकांश समय चैनपुर बस्नुहुन्थ्यो । चाडबाडका बेला मात्र घर फिर्नुहुन्थ्यो ।
बाका दुईजना श्रीमती थिए । मेरी आमा जेठी । दुवै आमातिर गरी हामी बाँचेका सन्तान अहिले १० जना छौं । मेरी आमाबाट एकजना दाइसहित मेरा एक भाइ र एक बहिनी छन् । सानोछँदा आमाले मलाई सुनाउनुहुन्थ्यो, म जन्मेको तीन दिनसम्म उहाले मलाई दूध नै खुवाउनुभएन रे ।त्यतिबेला सबैले घरमा छोरा मात्र जन्मियोस्, छोरी जन्मिई भने दुःख हुन्छ भन्ठान्थे । कृष्णदाइ जन्मिएपछि मेरा चार दिदीहरू जन्मिएछन् । तर तीनजना पहिले नै एकजना दिदी अलि ठूली भएर बितिन् । म जन्मिनेबेला घरमा सबैले छोरा जन्मिए हुन्थ्यो जस्तो गरेका रहेछन् । फेरि छोरी जन्माएको भन्दै मेरा हजुरबा हजुरआमा मेरी आमासँग खुसी हुनुहुन्नथ्यो रे । त्यही दुःखले गर्दा आमाले मलाई तीन दिनसम्म दूध नखुवाउनुभएको रे । तर म बाँचें ।
सिलगडीकै प्राथमिक स्कुलमा बाले मलाई भर्ना गर्दिनुभयो । त्यहाँ म तीन वर्षसम्म एकै कक्षामा पढें । दलित बस्तीमा पढाइको उति महत्त्व थिएन । म कहिले स्कुल जान्थें, कहिले जान्नथें । त्यसैले मैले परीक्षा पनि नियमित दिइनँ । नौ वर्ष हुँदा पनि म एक कक्षामै पढिरहेको थिएँ ।पछि चार कक्षा पढ्न पद्म पब्लिक मावि गएपछि मेरो पढाइ राम्रो भयो । मलाई कोहीभन्दा म कम छैन भन्ने लाग्न थाल्यो । त्यतिबेला सिलगडी बजारमै बत्ती थिएन । हामी टुकी बत्तीमा पढ्थ्यौं । म कक्षामा राम्रै पढ्ने विद्यार्थीमा गनिन थालें । मलाई गणित पढ्न मज्जा लाग्थ्यो । विज्ञान र अंग्रेजीचाहिँ साह्रै गाह्रो । अंग्रेजी त मलाई निकै पछिसम्म गाह्रो लाग्थ्यो ।
म पाँच कक्षामा हुँदा मेरो बिहेको कुरो चल्यो । म १३/१४ वर्षकी थिएँ होला । त्यतिबेला सानै उमेरमा बिहे गर्दिने चलन थियो । मसँगै पढ्ने धेरैको बिहे भएको थियो । बिहे भएपछि तिनीहरू स्कुल आउन पाउँदैनथे, घरकै काम गर्नुपथ्र्यो । मैले चाहिँ बिहे गर्न मानिनँ । बा चैनपुरमा बस्ने वर्षमा एकपटक मात्र घर आउने हुनाले आमालाई मनाउन मलाई सजिलो भयो । ४१ सालमा एलएलसी दिँदा हामी जम्मा चारजना केटीले पास गरेका थियौं ।सानैदेखि मैले भेदभावको सिकार हुनुपर्यो । स्कुलमा प्रत्यक्ष कसैले केही नगरे पनि मैले कहिल्यै आफैंले गाग्रीको पानी सारेर खान पाइनँ । अहिले पनि त्यसो गर्न हुँदैन भन्ठान्छन् । सिलगडी नजिकैको शैलेश्वरी मन्दिरमा हामी कहिल्यै छिर्न पाएनौं । शिक्षकहरूले भेदभाव नगरे पनि मलाई अरू साथीहरूलाई जस्तो धेरै प्रोत्साहित भने गरेनन् ।
त्यति नै बेलादेखि नेतृत्व गर्ने स्वभाव ममा आइसकेको थियो । छ सात कक्षातिर पढ्ने बेला मैले सोचें, 'आफूले मात्र पढेर मात्र त समाज चेतनशील हुँदैन किनभने दलित समुदायका मेरा साथीहरू स्कुल गएका छैनन् ।' त्यसपछि मैले बिहान स्कुल जानुअघि १०/१२ जना आफ्नै उमेरका साथीहरू भेला पारेर पढाउन थाले । राति खाना खाएपछि आमा काकीहरूलाई आफ्नो नाम लेख्न र अंक चिनाउने काम सुरु गरें । समुदायमा म किशोर अवस्थादेखि नै निकै सक्रिय भएँ । नढाँटी भन्ने हो भने, दलित बस्ती निकै फोहोर हुन्थ्यो । एक दिन मैले सोचें, त्यही भएर हामीलाई अरूहरूले हेपेका होलान् । यसलाई सफा गर्नुपर्छ । त्यसपछि मैले आफ्नै उमेरका साथीहरू भेला पारेर आफ्नो घर र बस्ती सफा गर्ने अभियान चलाएँ । अहिले सम्भिmँदा मलाई लाग्छ, दलित आन्दोलनमा लाग्ने ऊर्जा मलाई त्यतिबेला घर समुदायमा गरेको त्यही कामहरूले दिएको हो । अहिले सहरबजारमा केही परिवर्तन भएको
छ । तर ग्रामीण बस्तीहरूमा अझै पनि दलितमाथिको भेदभाव उस्तै छ । भाइबहिनीहरूले यो छुवाछतू प्रथा कुसंस्कार हो भन्ने थाहा पाएका छन् । त्यसैले उनीहरूले आफूले मात्र भेदभाव नगर्ने होइन कि अरूलाई पनि भेदभाव गर्नबाट रोक्नुपर्छ ।

साभार :- शरद चिराग / कान्तिपुर, कोपिला
No comments:
Post a Comment