काठमाण्डौँ, २२ मंसिर ।“मानवअधिकार राष्ट्रिय महाभेला २०७०” विभिन्न कार्यक्रमका साथ आज राजधानीमा
शुरु भएको छ । “दिगो शान्ति र समृद्धिका लागि मानवअधिकार मैत्री संविधान :
जातीय छुवाछुत अन्त्यका लागि एकीकृत अभियान २०७०” नारा दिइएको महाभेलाको
उद्घाटन वरिष्ठ मानवअधिकारकर्मीहरु दमननाथ ढुङ्गाना र पदमरत्न तुलाधरले
संयुक्त रुपमा गर्नुभएको हो ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका
निर्देशक सुवर्ण कर्माचार्य, मानवअधिकार महाभेलाका पूर्व संयोजकहरु चरण
प्रसाईँ, गणेश वि.के., भवानीप्रसाद खरेल, प्रदिप पोखरेल, कपिल श्रेष्ठ,
पत्रकार महासंघका अध्यक्ष शिव गाउँले, गैरसरकारी संस्था महासंघका अध्यक्ष
शर्मिला कार्की, दलित महिला संघका अध्यक्ष दुर्गा सोब लगायतको उपस्थिति
रहेको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले
मानवअधिकारको संरक्षण गर्ने संविधान निर्माणका लागि दबाब दिनुपर्ने बताएका
थिए । कार्यक्रमको अवसरमा राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष पदमसिंह
विश्वकर्मालाई सम्मान गरिएको थियो । सोही अवसरमा “मानवअधिकार रक्षकको
अवस्था अझै उस्तै” नामक पुस्तकको विमोचन पनि गरिएको थियो ।६५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस २०१३ को अवसरमा आयोजित महाभेलाको संयोजन दलित गैर सरकारी संस्था महासंघले गरेको छ ।
No comments:
Post a Comment