दैलेख, पुस ११ - पुसको कठ्यांगि्रदो जाडो, आङमा एकसरो कपडा । राकमकणर्ाली सेरावाडा टोलका
१० वषर्ीय जगत विश्वकर्मा बिहानै उठ्छन् । अनि खाइवरि हथौडी बोकी कणर्ाली
नदीको हुस्सुले छपक्कै छोपेको खोलीबजारमा पुग्छन् । ९ बजेसम्म एक बोरा
गिट्टी कुटिसकेपछि हतारहतार घर र्फकन्छन् । र, सुरु हुन्छ, उनको स्कुल जाने
तरखर । दिउँसभरि पढेपछि साँझ भोक-थकानको प्रवाह नगरी जगत पुनः गिट्टी
कुट्न हाजिर हुन्छन् ।
सेरावाडाकै ९ वषर्ीय हरिकृष्ण कुमालको दिनचर्या जगतको भन्दा पृथक् छैन । जगतसँगै दिनहुँ गिट्टी कुटेर आफ्नो पढाइमात्र नभई आवश्यक घरखर्चको समेत जोहो गर्छन् । चरम गरिबी, बाबुआमाको दरिद्र मानसिकताका कारण सेरावाडा टोलका दलित बालबालिकाहरू कलिला हातले गिट्टी कुट्न बाध्य छन् । गाउँकै जनजागृति मावि कक्षा ३ मा अध्ययनरत जगतले बाबुले गर्नुपर्ने कामको जिम्मासमेत आफ्नै काँधमा आइपरेको बताए । 'म ५ वर्षको हुँदा बा बित्नुभयो । आमालाई सबै काम गर्न सम्भव हुँदैन,' उनले भने, त्यसैले दुई-चार हजार कमाउन गिट्टी कुट्नै पर्यो ।' हालसम्म कमाएको पैसाबाट घरायसी सरसामान, कापीकलम र डे्रसमा खर्चेको बताए ।
गिट्टी कुट्दै थरथरी काँपिरहेका अर्का बालक तेजबहादुर विकले पारिवारिक अवस्थाका कारण आफ्नो पढाइ प्रभावित भएको पीडा सुनाए । 'सरले होमवर्क दिनुहुन्छ । कक्षामै बसेर अर्का कुनै साथीलाई फकाएर सरसर्ती सार्नुपर्छ । घरमा लेखपढ गर्ने वातावरण छैन,' तेजबहादुरले भने । गिट्टी कुट्नु, बालुवा संकलन गर्नु आफूहरूको दैनिकी भएको बालबालिकाहरूको भनाइ छ । उनीहरूले घरमा चामल, नुन, तेल, साबुन, लुगाफाटो जुटाउन गिट्टी नकुटी सुखै नपाइने गुनासो गरे ।
'भएको पैसासमेत बाबुले रक्सी पिएर उडाउनुहुन्छ,' ६ कक्षाकी विद्यार्थी ललिताको व्यथा थियो, एउटा आमा र म लागेर केही कमाउने मेसो गर्नै पर्यो । तीन भाइ सानै छन् ।' वर्ष दिनको छ महिना पनि खान नपुग्ने, विदेश गएका बाबु समयमै नर्फकने, घरमै भएका बाबुहरू पनि चौबीस घन्टै मदिरामा लिप्त हुनेजस्ता समस्या गर्दाले त्यस समुदायका बालबालिकाले मजदुरीसँगै स्कुले जीवन एकैसाथ अघि बढाएका हुन् । बाबुआमा भए/नभए पनि राकमकणर्ालीका अधिकांश बालबालिकाहरूले असल अभिभावकको भूमिका निभाइरहेका छन् । राकमका स्थानीय गणेश माझीले गिट्टी कुट्नु उनीहरूको कठिन बाध्यता भएको औंल्याए । 'केहीले चटक्कै पढाइ छाडिसेकका छन्,' माझीले भने, '१४-१५ घरधुरीका बालबालिकाहरू भने पढ्दै र श्रम गर्दै भविष्य खोजिरहेका छन् ।' पढाइमा कमजोर भए पनि स्कुल भने नछाडेको विद्यालयका शिक्षकहरूको भनाइ छ ।साभार:- कान्तिपुर

No comments:
Post a Comment