Sunday, January 5, 2014

भारतको गोवामा घर भत्किँदा दाङका ३ दलित सहित पाँचजनाको मृत्यु

दाङ- भारतको गोवामा घर भत्किँदा दाङका पाँच कामदारको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार भारतमा रोजगारीका लागि गएका दाङका एकै गाविसका चारसहित पाँचजनाको मृत्यु भएको हो। पाँचतले भवन भत्किँदा भएको यो घटनामा दाङको गोल्टाकुरी गाविसका ४ र फूलवारी गाविसका एकजनाको मृत्यु भएको जिल्ला प्रशासनले जनाएको छ। 
मृत्यु हुनेमा गोल्टाकुरी–६ का दिपेश बिक, सीताराम बिक, गोल्टाकुरी–८ का दीपक ओली र ताराबहादुर खड्का छन्। यसैगरी फूलवारी–३ का डम्मर नेपालीको पनि यही घटनामा मृत्यु भएको छ। उनीहरू सबै गोवामा सेक्युरिटी गार्डको काम गर्दै आएका थिए। उनीहरूसँगै रहेका गोल्टाकुरीका नवराज खड्काले घटनाबारे घरपरिवारलाई जानकारी दिएका थिए। घटना शनिबार भएको भए पनि दाङका कामदारको मृत्यु भएको जानकारी आइतबार मात्रै आएको थियो। 

यसैबीच मृत्यु भएका कामदारका परिवारले शव ल्याउने पहल गरिदिन स्थानीय प्रशासनसँग माग गरेका छन्। उनीहरूले प्रमख जिल्ला अधिकारी रविलाल पन्थसँग शव जिल्ला ल्याइदिनको निम्ति पहल थालिदिन अनुरोध गरेका छन्। यसका लागि सोमबार परराष्ट्र मन्त्रालयमार्फत पहल थाल्ने प्रमुख जिल्ला अधिकारी पन्थले बताए। 

No comments:

Post a Comment