Sunday, January 12, 2014

मनुबाद के हो ? मनुबादी को हुन् ? - लक्ष्मी तामांग

मनुबाद के हो ?

मनुबाद एक सामाजिक, आर्थिक तथा  राजनीतिक विचारधारा हो जुन प्राचिन भारतमा आज भन्दा करिब २५०० वर्ष अघि प्रतिपादन गरेको थियो  मनु महाराज भन्ने ऋषिमुनिले |

सो विचारधारामा अनुसार लिखिएको नीतिको  पुस्तकलाई "मनुस्मृति" नामकरण गरिएको छ | यही विचारधाराको आधारमा इन्डियन उपनिवेशका राष्ट्रहरु:  नेपाल,  इन्डिया,बंगलादेश, पाकिस्तान, आदिका सामाजिक, आर्थिक  तथा राजनीतिक नीतिहरु तय गरिएको पाईन्छ  |

लिखित प्रमाण अनुसार भनिन्छ यो मनुस्मृति बुद्धकालिन जति बेला वैदिक धर्मको पतन भई ब्रह्माणबाद भन्ने धर्मको  प्रतिपादन भएको थियो त्यति बेला लेखिएको हो आफ्नो भावी पुष्ताहरुको भविष्य सुरक्षित राख्न |

मनुबादी हो को ?

दक्षिण एसियाको विशेषत इन्डियन उपनिवेश राष्ट्रहरुका  मानिसहरु  सम्पूर्ण मनुबादी हुन् जसको सोच विचार मनुबादबाट निर्देशित र संचालित छ, उनीहरु सबै नै हुन् |

तर मनुबादको प्रभाव आ-आफ्नो धर्म, संस्कृति, आस्था र विश्वास अनुसार कम वा बदि हुन सक्छ | त्यो उनीहरुको सोच, विचार र व्यवहारले प्रष्ट पार्ने कुरा हो |

 त्यसैले  इन्डियन मनु ऋषिको नीति, मनुस्मृति अनुसार समाज र राज्य संचालन गर्ने सोच विचार भएकाहरु सबै मनुबादी हुन् |

हामी नेपाल  मुलुकका मानिसहरु कसरी  मनुबादी भयौ ?

"मनुस्मृति" नेपालमा १४ औ शब्तादिमा राजा जय स्थिति मल्लले ५ जना इन्डियन ब्राह्मणहरु:  कीर्तिनाथ उपाध्याय कन्याकुब्जा, रघुनाथ झा मैथिली, रामनाथ झा, दक्षिण श्रीनाथ भट्ट र महिनाथ भट्टलाई झिकाएर उनीहरुको सहयोगमा नेपाल (काठमाडौँ) को पहिलो लिखित कानून, "मानव न्याय शास्त्र" लेखिए जसमा  मनुस्मृतिमा उल्लेखित सम्पूर्ण नियमहरु कट र पेस्ट गरिएका थिए | सोहि अनुसार  ४ बर्ण भनेर  ब्राह्मण, क्षेत्रिय, वैश्य, शुद्र उल्लेख गरेका थिए  र नेवार समुदायलाई ३६ पेसागत उपजातहरुमा  बिभाजनको साथै पुन ६४ उपजातको नामकरण गरि वर्गीकरण गरेका थिए  |

अनि यही नियम कानून अध्धयन गरि बडा महाराज पृथ्बी नारायण शाहले नेपाल अधिराज्य भरिका जनतालाई " ४ बर्ण ३६ जात" भने जुन आजसम्ममा पनि हामी त्यही फलाक्दै आएका छौ कुरै बुझ्ने प्रयत्न नै नगरी उहाले आफ्नो दिव्य उपदेशमा लेखेकै भरमा |

अनि बडा महाराजा पृथ्वी नारायण शाहले त्यो शास्त्र अध्धयन गरि अझै प्रभावकारी दंगले लागु गरे जुन वहाको दिव्य  उपदेशमा अध्धयन गर्न सकिन्छ |

पछि त्यसलाई अझ प्रभावकारी र शस्त्र प्रकारले बडा महाराज जंग बहादुर राणाले उहाको पालामा लेखेको मुलुकी ऐन सन् १८५४ (वि.स. १९१०) मार्फत सारा नेपाल अधिराज भरिका जनतामा लादे जुन हालसम्म पनि त्यही ऐन मार्फत राज्य र समाज व्यवस्थापन र संचालन भई रहेका छन् |

त्यसैले म त प्राचिन इन्डियाको माहा ऋषि मनुको कुनै पनि दोष देख्दिन जसले जातपात, छुवाछुत, भेदभाव, घृणा, अपमान र अत्याचार बढवा दिने प्रकारको सामाजिक नीति नियम, मनुस्मृति नाम दिएर रचे र लेखे आज भन्दा करिब २५०० वर्ष अघि  उनको सिमिति भ्रस्ट ज्ञान बुद्धिले जुन नेपालमा १४ औ सब्तादिमा राजा जय स्थिति मल्लले ५ जना इन्डियन ब्राह्मणहरुको सहयोगमा नेपालको पहिलो लिखित कानून, "मानव न्याय शास्त्र" लेखिए जसमा  मनुस्मृतिमा उल्लेखित सम्पूर्ण नियमहरु कट र पेस्ट गरी हामीलाई भेडा र मानसिक रुपमा दाशी बनाउने काम राजा जय स्थिति मल्लले बिजारोपण गरे मनुस्मृतिलाई देशको कानूनमा समाबेस गरेर | पछि यसलाई निरन्तरता दिए हाम्रो राजा पृथ्वी नारायण शाह र जंग बहादुर राणाले मुलुकी ऎन मार्फत |

मनुस्मृतिमा जे लेख्यो त्यो सबै कुराहरु पत्याउन थाल्यो भने २१ औ सब्तादिको मानिसहरु सबै पागल हुन्छ बा | किन कि धेरै भन्दा धेरै कुरा मनगन्ते र काल्पनिक छ |

यो २१ औ सब्तादी सूचना र संचारको बैज्ञानिक युगमा मानव र समाज विकासको लागि कुनै पनि काल्पनिक र तथहिन कुरा, सोच, विचार र ज्ञानको कुनै मान्यता रहदैन यदी हामी सबै मानव र जगतको भलो चाहन्छौ भने |

राम प्रसाद ज्ञवाली, साहित्यकार तथा समालोचक, "मनुस्मृतिमा शुद्र र स्त्री-२०६५" भन्ने पुस्तकमा लेख्नु हुन्छ:

"मनुस्मृतिमा हिन्दु धर्मावलम्बीहरुको चर्चित दार्सनिक ग्रन्थ हो | जीवन र जगत तथा हिन्दु धर्म सस्कृति र जीवन पद्धति का बारेमा धारणा प्रस्तुति गर्ने यो ग्रन्थ वर्णाश्रम धर्म सम्बन्धि हिन्दु सामंताबाद्को प्रतिनिधित्व गर्ने शास्त्र पनि हो | मानिसमानिस बिचमा जातिभेद, वर्णाभेद, लिङ्गभेद, छुवाछुत लगायतका भेदभाव र वैमनस्य बढाउनमा यस ग्रन्थको ठूलो भूमिका रहेको छ |

हिन्दु समाज आपसमा विभाजित समाज हो | यस समाजमा शुद्र र स्त्रीहरु अचाक्ली हेपिएका छन् | यिनीहरु माथि तथाकथित कुलीन जात, वर्ग र पुरुषस्ताको चरम अत्याचर रहेको छ | यिनीहरुलाई उच्च जात र सत्ताधारी पुरुष वर्गले पसुवत व्यहार गर्ने गरको छ | धर्मको नाममा, भाग्यबादको आडमा र अन्ध संस्कृति को पासोमा परेर यिनीहरुलाई हुनसम्म सताईएको छ | यिनीहरु छोइछिटो, दासतवको विभिन्न घातक प्रहारका सिकार भएका छन् | ससाना निहुमा यिनिहरुमाथी समाजमा तिरस्कार, बहिस्कारदेखी प्रताडना र हत्या सम्मको अत्याचार गरिछ | यसो हुनुमा हिन्दु धर्म शास्त्र मनुस्मृतिको ठूलो भूमिका रहेको छ |

धर्म सस्कृति एव जीवन दर्सनका बारेमा जिज्ञासा राख्ने पाठकहरुका निम्ति फेरि एउटा काम लाग्दॊ ग्रन्थ आएको छ -"मनुस्मृतिमा शुद्र र स्त्री" |"


त्यसै गरि तिलक प्रशाद लुइँटेल, मनुस्मृतिका नेपाली अनुबाद्क विद्वान, "मनुस्मृतिमा शुद्र र स्त्री-२०६५" भन्ने पुस्तकमा लेख्नु हुन्छ:

 "मनुस्मृति प्राचिन समाजको बिधीविधन निर्माण र लागु गर्ने ग्रन्थ हो |. आज पनि हाम्रा सामाजिक व्यहारमा त्यसका नियमहरु सक्रिय रहेका छन् | विविध कारणले समाजका मूल्यमान्यता परिबर्तन हुन्छन | आज मनुस्मृतिमा उल्लेख भएका नियम उहिलेकै जस्तो रुपमा समाजले धान्न सकिरहेको छैन, यो परिवर्तनको प्रमाण हो | परिवर्तित समाजले पार गरेका आरोहअवरोह व्याग्मयमै हेर्न सकिनछ | समयको विभिन्न चरणमा समाजले पार गरेका सामाजिक व्यहारतर्फ फर्केर हेर्नुले प्रगतिमा बाधा हाल्दैन र सुधारको मार्ग खुलाउछ, तर त्यसमा पूवाग्रह राख्नु भने किमार्थ हुदैन | कुनै पनि संघसंस्था थालानिमै सुव्यवस्थित हुदैन | समाज पनि त्यस्तै हो | त्यसमा समयानुकुल परिवर्तन ल्याएर सारवकालिक न्याय र संगति खोजि गर्ने दायित्व मानिसको हो | त्यस काम यस्तै उत्साही जनमानसको योगदान हुन्छ | यसलाई युगको माग प्रति सचेत भएको भन्न सकिन्छ | जातीय र लैगिग़ आधारमा मनुस्मृतिले धेरै विकृति र अन्यायको पक्ष लिएको छ भन्ने आजका विद्वानहरुको तर्क छ र व्यावहारिक बनेर हेर्दा त्यसलाई स्विकार्नु पनि पर्दछ | यो नै समयको माग हो |"

डा. कृष्ण बहादुर राना मगर, जियोटेक्निकल इन्जिनियर,  "मनुस्मृतिमा शुद्र र स्त्री-२०६५" भन्ने पुस्तकमा लेख्नु हुन्छ:

“हाम्रा प्राचिन कालका आदरणीय ऋषिमुनिहरू महान एवं उदार हृदयका थिए | उनीहरुले जातिपाती, छुवाछुत र नारी पुरुषमा कहिल्यै भेदभाव गरेनन | त्यो युग अवश्य पनि अतिशय उदार हुनु पर्छ | त्यतिखेर स्वभाव र पेशा अलग भए पनि कसैलाई अशुद्ध मनिन्दैन्थ्यो | मध्ययुगतिर आएर ऋषिमुनिहरुका महान सोच र विचारहरु ओझेलमा परे | सामन्ती विचारधाराका व्यक्तिहरुको उदय भयो | ऋषिमुनिका पुस्तकहरुलाई तोडमोड गर्दै तत्कालिन पण्डित, पुरोहितहरुले आफ्नो स्वार्थ अनुकुलको कर्मकाण्ड रच्न थाले | जातिपाती, छुवाछुत र नारी-पुरुष बीच अति ठूलो भेदभाव हुन् थाल्यो | मनुस्मृति यसै बेलाको चरम सामाजिक अवस्थाको विश्लेषण हो | मनुमहाराज ब्राह्मण थिए | मनुस्मृतिमा उनले ब्राह्मण मुखबाट जन्मेको, पृथ्वीमा सबै भन्दा श्रेष्ठ, सबैको मालिक र संसारमा जति सम्पति छन् ती सबै ब्राह्मणकै हुन् भनेका छन् | शुद्र र नारीलाई मानवको स्तरमा राखेकै छैनन | उनीहरुप्रति मनुको अत्याचार, शोषण, दमन, थिचोमिचो र हेपाहा प्रवृतिको कुनै सिमा छैन |

 मनुले शुद्रलाई खुट्टाबाट उत्पन्न भएको, छुन नहुने र गुदीबिनाको अन्न, जुठो खाने कुरो, थोत्रो लुगा, भाँडाको रुपमा फुटेका खबटा दिनु पर्छ भनेका छन् | शुद्रलाई वेद पद्न रोक लगाइएको छ भने मदिरा पिउने स्वीकृति छ | यज्ञ गर्न अधिकार छैन | तर शुद्रसंग भएको सम्पति यज्ञका लागि लुटेर र चोरेर ल्याउन हुन्छ भनेका छन् | शुद्रले ब्राह्मण कन्यासंग मैथुन गरेमा सुकेका पातपतिङ्गरले आगो दन्काएर जिउदै डदाउनु पर्ने,  ब्राह्मणलाई कटु वचन बोलेमा प्राणदण्ड दिनु पर्ने, राजा र ब्राह्मणप्रति घमण्ड  गरेर थुकेमा दुवै ओठ, लिङ्ग र मल्द्वार काट्नु पर्ने आफन्त स्वर्गीय हुदा जुठो बार्न भने तीन गुना (३० दिन) हुनु पर्ने, शारीरिक काममा मात्र जोताउनु पर्ने र शुद्रले धन जम्मा गर्न नहुने, किन भने यसले ब्राह्मणलाई  बाधा पार्छ  इत्यादि     लेखेका छन् |

यसै गरी स्त्रीहरुको बुद्धि नहुने, पति सेवा र घरको कामकाज नै नित्य हवनपूजा मान्नु पर्ने, मन्त्रले दीक्षा दिन नहुने, पुरुषलाई दुषित पर्ने र कुमार्गमा लैजाने स्वभावका हुन्छन, पुत्रहीन स्त्रीका हातको खाना खान नहुने, घरको कुनै काम पनि स्वतन्त्रतापूर्वक गर्न नहुने, कहिल्यै साक्षी राख्न नहुने र पति मरे पछि कन्दमूल खाएर शरीर सुकाउनु पर्ने इत्यादि सामाजिक नियम बनाएका थिए | बालक कालमा पिताको, युवावस्थामा पतिको र पतिपछि छोराको अधिनमा रहनु पर्ने, सम्पतिको अधिकार दिन नहुने र विषयमा आसक्त रहेका अवस्थामा पनि स्त्रीहरुलाई नियन्त्रणमा राख्नै पर्ने र पुरुषले स्त्रीलाई राति वा दिउसो कहिल्यै स्वतन्त्रता दिन नहुने बताएका छन् |  स्त्रीहरुमा यति धेरै अत्याचार र दमनको सामाजिक नियम बनाएपछि सन्तानको जन्म दिने, घरको शोभा बढाउने जस्ता पुकारले पूजनीय हुन्छन, जहाँ नारी पुजिन्छन, त्यहाँ देउता रमाउन्छन र अविवाहितलाई केहि अंश दिनुपर्ने जस्तो तर्क राखेर मनु तिम्रो एउतै काम बगलीमा छुरा मुखमा राम भने उखानलाई व्यवहारमा उतारेका छन् | यस प्रकार समाजमा चरम जातीय एवं लिंगीय विभेद खडा गरी मानिस बीच फाटो, कलह र विद्रोह निम्तियाएर मनुले समाज भडुवा एवं समाज ध्वस्त पर्ने नाइकेको रुपमा आफूलाई मनुस्मृति लेखी सर्वाङ्ग  रुपमा नङ्ग्याएका छन् |"

मेरो बुझाईमा यो मनुस्मृति भन्ने धर्म शास्त्र करिब २५०० अघि प्राचिन भारतमा मनु भन्ने ऋषिले लेखेको हो समाज र राज्य व्यस्तित तरिकाले संचालन गर्न र मलाई लाग्छ सायद आफू मै त्यति नराम्रो ग्रन्थ चाही थिएन होला |

तर हुन सक्छ शासक वर्गले यसलाई तोडमोड गरि आफ्नो फाइदाको लागि आफूलाई सुहाउदो बनाई प्रयोग गरे | रंगभेद, जातिभेद र  लिंगभेदको मूल जड नै यो मुन्सुमृति हो हाम्रो देश लगायत इन्डियामा |  त्यसलाई नै निरन्तर दिदै आए आजसम्म शासक र शोसक वर्गहरुले आफ्नो हालिमुवाली कायम गर्दै अरुलाई शोषण, दमन, तिरस्कार, बहिस्कार, पक्षपात, गर्दै मानिसले मानिसलाई नै  घृणा गर्दै जसको त्यसको परिणाम हामी सबैले अहिले भोग्दै आएका छौ र यो आज समय सापेक्ष्य बनाउन सकिएन भने अझ यो धर्म शास्त्र मान्नेको संसारमा नै उपहास र बेईजत हुन्छ | किन कि प्राय सबै कुराहरु त्यसमा काल्पनिक छ र एक मानवले अर्को मानवलाई निज र उच्च बनाएको छ |
लेख साभार :-http://laxmitamang.blogspot.com/2014/01/blog-post.html

No comments:

Post a Comment