जन्मजात रुपमै अपाङ्गता भएका बिउँ–४, बाग्लुङका कृष्ण गन्धर्वले दैनिक छाक टार्न ह्विलचियरको साहारा लिनु पर्छ । बिउँ–४, बाग्लुङ स्थायी घर भई हाल बानपा–१ रामरेखामा बस्दै आएका गन्धर्व अपाङ्गता भएपनि ह्विलचियरको साहारामा दैनिक खर्च जुटाउन अहिले म्याग्दी सदरमुकाम बेनीबजार आइपुगेका छन् ।
दाहिने खुट्टा पछाडि फर्किएकोले हिँडडुल गर्न कठिनाइ भएको बताउने गन्धर्वले जीवन धान्ने मेलो भने आफ्नै प्रतिभालाई बनाएका छन् । बाबुआमाको दोस्रो सन्तानको रुपमा ३४ वर्षअघि जन्मिएका गन्धर्व जीवननिर्वाह गर्न आफुलाई साह्रै समस्या भएको बताउँछन् । आफ्नो नजिकका दाजु तोपबहादुर गन्धर्वको सहयोगमा ह्विलचियरमा हिँडडुल गर्ने गन्धर्वले दाजुकै सहयोगमा आफू विभिन्न ठाउँ घुम्न पाएको बताए ।
शारीरिक रुपमा अपाङ्ग भएपनि सानैदेखि गीत गाउन र मादल बजाउन आफ्नो सोख रहेको बताउने गन्धर्वले दाजु तोपबहादुरको सहयोगमा हातमुख जोर्ने उपाय अपनाएको बताएका छन् । उनका दाजु तोपबहादुर सारङ्गी बजाउने गरेका छन् ।
‘हाम्रो जातीय परम्परा नै मादल बजाउने, सारङ्गी रेट्ने र गीत गाउने हो’, गन्धर्वले भने–‘हामीलाई बाध्यता पनि छ, नत्र हातमुख जोर्न सक्दैनौं । धन्य भगवानले हामीलाई कला र गला दिएकाले ठाउँठाउँ घुमेर भएपनि आफ्नै क्षमता बेचेर जीवन धान्न सकेका छौं ।’ आफू अपाङ्गता भएको बारेमा कहिलेकार्ही चिन्ता लागे पनि जीवन जिउने निर्वाह र जातीय पेशालाई निरन्तरता दिन सकेकोमा सन्तोष लाग्ने गरेको उनको भनाई छ ।
विगत १० वर्षदेखि आफुहरु व्यावसायिक रुपमा नै डिँडडुल गरेर गीत गाउँदै ज्यान पाल्दै आएका दुई दाजुभाइले दिनमा पाँचसात सयदेखि हजार प्रन्धसयसम्म कमाउने गरेको बताए । आफुहरु मेला महोत्सवमा देशका विभिन्न ठाउँमा जाने गरेको र खाना महोत्सवका क्रममा म्याग्दीको बेनीमा आएको बताउँदै आफुहरु सिंगा तातोपानी र गलेश्वर जाने योजना रहेको उनीहरुले बताए । यसभन्दा अघि आफुहरु पोखरा, स्याङ्जा, बुटवल, गुल्मी, पर्वत लगायतका जिल्लाहरुमा पुगेको उनीहरुले बताए । आफ्नो शरीरले केही पनि गर्न नसक्ने र श्रीमतीको समेत कुनै जागिर नहुँदा पेट पाल्नका लागि घुम्नुपरेको कृष्णले गूनासो गरे ।
‘म एकै ठाउँमा बसेर गर्ने सीपमूलक काम गर्न सक्छु,’ कृष्णले भने–‘थुन्से, भकारी, मान्द्रो, डोका, डालो लगायतका सामानहरु पनि बुन्ने गरेको छु ।’ आफुले बाँस तथा निगालो काट्न नसक्ने तर त्यसका लागि अरुबाट सहयोग पाउन नसकेपछि त्यसले पनि निरन्तरता पाउन नसकेको उनको भनाई थियो ।२०६८ सालमा पोखराको हरियोखर्कमा रहेको अस्पतालले आफुलाई ह्वीलचियर सहयोग गरेकोले त्यसैको सहायताले हिँड्न सकेको उनी बताउँछन् । यता सरकारले महिला तथा बालबालिका कार्यालयबाट अरुको सहयोग आवश्यक पर्ने अपाङ्गता भएकालाई ‘क’ वर्गको अपाङ्गता परिचयपत्र दिने व्यवस्था गरेपनि आफुले बागलुङको महिला विकास कार्यालयबाट ‘क’ को नपाई ‘ख’ को पाएकोले त्यो अनुसारको अपाङ्गता भत्ता समेत नपाएको गूनासो गरे ।
जिल्लामा दर्जनौं बढी सरकारी र गैरसरकारी कार्यालयहरु सञ्चालनमा रहेतापनि आफुलाई कुनैपनि निकायले सहयोग नगरेकोमा उनले दुःख व्यक्त गरे । ‘सरकारले समेत हामीलाई हेरेन,’ उनले भने–अपाङ्गता भएका व्यक्तिहरुलाई आयआर्जन एवं सीपमूलक तालिममार्फत सरकारले सहयोग गरोस् ।’साभार : रेडियो बबई बर्दिया

No comments:
Post a Comment