तस्वीर : कस्तोरमाईलो डटकम |
६ फागुन |
मिस सुनार (विश्वकर्मा)को प्रतिस्पर्धीहरुका लागि ईभेन्ट आयोजक भिजुअल जोन
प्रालिले विभिन्न तालिमहरु दिन थालेको छ । सोमबारदेखि उसले
प्रतियोगीहरुलाई तालिम दिन शुरु गरेको हो । मिस सुनार (विश्वकर्मा)को
उपाधीका लागि १५ जना युवतीहरु सहभागी छन् ।
विभिन्न चरण गरेर आयोजकले १५ जना सुनार
समुदायका युवतीहरुलाई फाईनल चरणका लागि छनौट गरेको हो । तालिममा सहभागि १५
जना युवतीहरुले उपाधीका लागि चैत ८ गतेसम्म निरन्तर प्रतिस्पर्धा
गर्नुपर्ने आयोजकले बताएको छ । ग्राण्ड फिनालेको दिन एक जनाले मिस सुनार
(विश्वकर्मा) नेपालको उपाधी जित्नेछन् ।
प्रतियोगीहरु सन्तोषी सुनार, सुशिला
सुनार, शिला विश्वकर्मा, प्रतिक्षा सुनार, सचिना बराल, पुष्पा रामदाम, सपना
सुनार, वर्षा सुनार, बुलु सुनार, सृजना विश्वकर्मा, पार्वती सुनार, संगीता
गदेल, सिता रामदाम, स्मिता सुनार र सन्जु सुनार तालिममा सहभागि छन् ।
कोरियोग्राफर सन्जु सुनार र सहकोरियोग्राफर सुमन सुनारले प्रतियोगीहरुलाई
कोरियोग्राफि सिकाईरहेका छन् ।
प्रतियोगीहरुलाई व्यक्तित्व विकास, बोल्ने
शैली, नेतृत्व विकास, मन्टेसरी, कुकिङ, जातिय पहिचान जस्ता विषयहरु
सिकाईने कोरियोग्राफर समेत रहेका भिजुअल जोन प्रालिका प्रबन्ध निर्देशक
सन्जु सुनारले जानकारी दिए ।
साभार :- मेनखबर
No comments:
Post a Comment