०७० माघ १९ गते ,जुम्ला । चन्दननाथ गाविस-८ का दलित समुदायले टहरा वितरण गर्न माग गर्दै माघ १९ गते र्याली प्रदर्शन गरेका छन् । प्रदर्शनकर्ताहरूले आफूहरूसँग बसोबासका लागि घर मात्र भएको व्यवसाय सञ्चालनको लागि चन्दननाथ, भैरवनाथ गुठीको जमीनमा टहरा बनाएर दिनु पर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् ।पहुँच विहीन र भूमिहीन दलित समुदायले आफूहरुलाई कामीटोलदेखि कालेखोली लाईनसम्मको खाली रहेको जमीनमा टहरा बनाएर वितरण गर्न माग गर्दै सात महिना अघि जिल्ला प्रशासन कार्यालय र गुठी समक्ष माग गरेका थिए ।
आफ्ना मागहरूको सुनुवाई नभएकोले आन्दोलन गरेको स्थानीय अगुवा दिनेश सुनारले बताए । भूमिहीन दलित समुदायलाई टहरा वितरण गर, हामीसँग थाल छ तर हामीसँग अन्न छैन भन्ने प्लेकार्ड बोकेर बालबालिका देखि वृद्धवृद्धासम्म र्यालीमा सहभागी भएका थिए ।आफूहरुसँग घर बाहेक शौचालय बनाउने जमीनसम्म नभएकोले घर नजिकै टहरा उपलब्ध गराएर व्यवसाय गर्ने मौका दिन महिला अगुवा सुलोचना सुनारले आग्रह गरिन् । 'दलित अधिकारको कुरा गरे पनि अवसर आएमा गैर दलितको रजाई चल्ने गरेको भन्दै की बस्ती उठाउ हैन भने व्यवसाय गर्ने वातावरण बनाउ ।'-सुलोचनाले भनिन् ।
पकाउने भाडो भए पनि पाक्ने अन्न नभएको भन्दै अन्न खरिद गर्न व्यवसाय गर्ने अवसर दिन माग गर्दै तीन दिन भित्र माग सम्बोधन नभए जीवन मरणको आन्दोलन गर्ने चेतावनी आन्दोलनकर्ताहरुले दिएका छन् । स्थानीय रवि सुनारले ज्ञापनपत्र वाचन गर्दै माग प्रति बेवास्ता नगर्न आग्रह गरेका थिए ।सहायक प्रमुख जिल्ला अधिकारी चेतनकुमार खत्रीले पहिलो चरणमा गुठी व्यवस्थान समिति र प्रशासन कार्यालय बसेर सल्लाह गर्ने र त्यसपछि गुठी, प्रशासन र स्थानीय दलित समुदायको संयुक्त बैठक बसेर निर्णय हुने बताए । खत्रीले छलफलबाट समस्याको समाधान गरिने बताए ।

No comments:
Post a Comment