केही छोरीले राष्ट्रपति भवनमा उच्च ओहोदाको शपथ लिँदै गर्दा तराईको मोरङमा छोरीहरू जन्माउने आमा घरनिकाला भएका छन्। सिरहामा अर्की दलित छोरी पानी छोएको निहुँमा निर्घात पिटिएकी छिन्। मंगलबार तराईमै कर्मक्षेत्र बनाएका चित्रलेखा यादव र राधा ज्ञवालीले मन्त्री पदको शपथ लिए भने बुधबार दुर्गम पहाडी जिल्ला रोल्पाकी ओनसरी घर्ती उपसभामुखमा विजयी भइन्। यही धर्तीमा उही समयमा कोही छोरी राज्यको उच्च ओहोदामा पुग्न सक्ने, कोही छोरी छोरी नै छोरी जन्माएको र पानी छोएको निहुँमा निर्घाट कुटिनुपर्ने।
सिंहदरबार र संसद्का उच्च जिम्मेवारी सम्हाल्ने छोरीहरूले यसरी कुटिने छोरीहरूका लागि मात्र सोच्न सके भने मुलुक विकासको नयाँ युगमा प्रवेश गर्न थाल्नेछ। महिला हिंसा र अधिकारका मुद्दा र मानक यिनै महिलाका आवाज र अवस्था हुन्। सिराहाको चन्द्रउदयपुरकी सुमारीदेवी सदायलगायतका दलित मुसहर महिलामाथि मंगलबार स्थानीय गैरदलितले इनारको पानी छोएको निहुँमा कुटपिट गरी घाइते बनाएका थिए।
त्यसैगरी मोरङकी दलित महिला फूलकुमारी सहनीलाई उनकै पतिले लगातार तीनवटी छोरी जन्माएको भन्दै यातना दिएका छन्। उनी घरमा बस्न नसक्ने अवस्था आएपछि अर्कैको घरमा गएर ज्यान जोगाएकी छिन्। फूलकुमारी र सुमारीदेवी आजको एक्काईसौं शताब्दीमा पनि यस किसिमको पीडा र अत्याचार सहनुपर्ने अवस्थामा कसले पुर्यायो, यसको कारण र आधार के हो? यसको उत्तर ती दलित बस्तीमा खोजेर भेटिन्न, सिंहदरबार नै यस्ता समस्याको स्रोत र संवाहक हो।
फूलकुमारी र सुमारीदेवी हाम्रो समाजको स्तर र अवस्था बुझ्ने आधार हुन्। उनीहरू जसबाट कुटिए वा जसका कारणले घरबाट निकालिए, तिनलाई पक्राउ गरेर सजाय दिँदैमा मात्र समाधान र न्याय आउँदैन। सामाजिक र पारिवारिक हिंसा गर्नेहरू सयौंजना अहिले पनि विभिन्न जेलमा छन्। तर समाजको अवस्था उस्तै छ। जातीय, पारिवारिक वा महिला हिंसा गर्नेहरूमाथि दण्ड गर्न धेरै कानुन बनेका छन्।
अधिकारकर्मीहरू यस्ता धेरै घटनालाई लिएर पीडकमाथि कारबाही गराउन सफल पनि भएका छन्। तर गरीबी, अज्ञानता र अशिक्षाको अँध्यारोमा पुरिएका बस्तीमा कानुनका कोर्रा बर्साउने विधिले सामाजिक सुधार आउन सक्दैन। दलित वा महिलालाई सबै क्षेत्रमा स्थापित गर्ने राष्ट्रिय नीति र प्रतिबद्धता छ। आरक्षणको लाभले पनि धेरै महिलाको अवस्था माथि पुगेको छ, तर यस्तो नीतिले व्यक्तिको हैसियत बढे पनि समाजको स्तर माथि उठ्न नसकेको यथार्थ सबैले स्वीकार्नैपर्छ।
व्यक्तिलाई भन्दा पनि व्यवस्था र अवस्थामा सुधार गर्ने नीति राज्यले लिनुपर्छ। समावेशी मान्यता र आरक्षणको औजारले पनि सुमारीदेवी र फूलकुमारीहरूलाई छुन नसकेको ज्ञान सिंहदरबारले राख्नैपर्छ। र, आरक्षणको नाममा सम्पन्न र सहरीयाहरूले मात्र लाभ लिएको विषयमा पनि समीक्षा हुनैपर्ने देखिन्छ।
अहिले पनि दलित भएकै कारण सार्वजनिक इनार वा पधेँरामा पानी भर्न नपाउने अवस्था हुनु ज्यादै चिन्ताको विषय हो। देशबाट छुवाछूत कानुनी रूपमा उन्मूलन भएको ५० वर्ष पुगिसक्यो। साक्षरता प्रतिशत ६० प्रतिशत नाघेको भनिन्छ, तर अहिले पनि छुवाछूतको मानसिकता र व्यवहारको निरन्तरता छ। छोरी नै छोरी जन्माउने आमा दोषी ठान्ने मानसिकता र व्यवहार के कारणले देखा परिरहेको छ? यस्तो अवस्था सुधार्ने दायित्व कसको थियो र तिनीहरू किन सफल भएनन्?
यस्ता प्रश्नको उत्तर खोज्नैपर्छ। दलितको नाम र कोटामा सिंहदरबारमा पुग्नेहरूले पनि आफ्नो अनुहार हेर्नुपर्छ। उनीहरूले आफ्नो समुदायलाई माथि पुग्ने भर्याङ मात्र बनाएको र वास्तविक परिवर्तन गर्न योगदान नगरेको प्रस्ट छ। मुलुकमा समाजको आमूल परिवर्तन र रूपान्तरणको नाममा धेरैवटा परिवर्तन भए। ती परिवर्तनले सुमारीदेवी र फूलकुमारीहरूको जीवनमा परिवर्तन ल्याउन सकेको छैन।
राजनीतिक परिवर्तनलाई केही नेता र कार्यकर्ताको जीवनस्तरमा सुधार ल्याउने काममै सीमित गरिएको छ। परिवर्तनका हरेक प्रवाहलाई त्यसरी रित्याउने हो कि दलित बस्तीमा पनि पुर्याउने? आजका युवाहरूले नेताहरूलाई सोध्ने समय भएको छ। सिंहदरबारे समाज सुधार र नागरिकको विकासका लागि बनाएका योजनामा गम्भीर त्रुटि छ भन्ने हिंसाका यी क्रूर दुई घटनाले नै छर्लंग पार्छ।
मुलुक नयाँ राजनीतिक परिवेश र अभ्यासमा प्रवेश गरेको भन्ने तर विकासका मोडेल र प्रक्रिया उसरी नै चलाइरहने अवस्था आफैंमा लाजमर्दो हो। अब त्यसमा सुधार नल्याईकन मुसहर बस्तीको कुटपिट रोकिने छैन। मूल कुरा सिंहदरबारमा मान्छे परिवर्तन गरेर मुलुकको परिवर्तन हुँदैन, सिंहदरबारको मानसिकता र कार्यशैलीमा परिवर्तन आउन सक्नुपर्छ।
त्यसैले मुसहर बस्तीमा भएको यातनाका वास्तविक पीडक सिंहदरबारमा खोजे भेटिनेछन् र कारबाही पनि यहींबाट थाल्नुपर्छ, अन्यथा पीडक कुनै व्यक्ति कारबाहीमा त पर्ला पीडक प्रवृत्ति र स्रोत थुनिने छैन।
स्रोत:- अन्नपुर्ण

No comments:
Post a Comment