पुतलीबजार नगरपालिका–१ लाकुरीटोलका दलित समुदाय व्यावसायीक कृषितर्फ
आकर्षित भएका छन्। शिप र कलामा धनी दलित समुदाय सामुहिक रुपमा व्यावसायीक
कृषिमा आवद्ध भएका हुन्।
दलित समुदायको सक्रियतामा “उत्पादन बढाऔ“, आत्मनिर्भर बनौ' भन्ने
उद्देश्यले गत वर्षमा स्थापना गरिएको “जनजागरण कृषि तथा पशुपालन सहकारी
संस्था लि.” अहिले दलित समुदायलाई उद्यमशील बनाउँदै स्वरोजगारमुखी अभियानमा
अगाडि बढेको छ। थोरै–थोरै पूँजिको संकलन गर्दै समूहवद्ध रुपमा व्यवसायीक
कृषि तर्फ एकजुट भएका दलित समुदाय अन्यको निमित्त प्रेरणाको स्रोत बनेका
छन्।
“बढ्दो बेरोजगारी र विदेश पलायनलाई रोक्दै आफ्नै गाऊ ठाउँमै गरे केहि
हुन्छ भनेर व्यावसायीक कृषि तर्फ लाग्यौ“ संस्थाका संयोजक चन्द्रबहादुर
बस्यालले भने – “छरिएर रहेको जनशक्ति र पूँजि परिचालन गरे स्वदेशमै पनि
राम्रो उत्पादन गर्न सकिन्छ।”
जनजागरण कृषि तथा पशुपालन सहकारी संस्थाले २ रोपनी जग्गामा तरकारी खेति र
५० वटा बाख्राबाट काम सुरु गरेको थियो। सुरुवाती समयमा बाख्राको निमित्त
घा“स जुटाउन र खानेपानी व्यवस्थापनमा निकै समस्या भएपनि अहिले संस्थाले
अन्य योजना पनि अघि सारेको छ। आवश्यक घा“सको र तरकारी खेतिको निमित्त
संस्थाले करिब २० रोपनी जग्गा भाडामा लिएको छ।
सहकारीको उत्पादनमुखि कार्यक्रमलाई मनपराएर अहिले संस्थामा पुतलीबजार
नगरपालिकाको करिब ५ वटा वडाका दलित समुदाय पनि संलग्न भएका छन्। २६ जनाबाट
सुरु भएको सहकारीमा हाल ५३ जना आबद्ध भई व्यावसायीक कृषिमा लागेका छन्।
संस्थाको काम गराई र संस्थाले बोकेको उद्देश्य प्रति कृषकहरु आर्कषित हुँदै
गएको संस्थाका संयोजक बस्यालले बताए।
“जिल्ला कृषि विकास कार्यालयबाट प्राप्त सहयोग र जिल्ला पशु सेवा
कार्यालयबाट बाख्रापालन सम्बन्धी तालीम पश्चात हामीलाई अझ हौसला मिलेको छ।”
संस्थाका अध्यक्ष शेरबहादुर सार्कीले भने– “संस्थाकै प्राविधिक नभएर केहि
समस्या उठेको थियो अहिले सहज भएको छ।” संस्थाले उत्पादन गरेको तरकारी हाल
स्याङ्जा बजार, वालिङ्, पोखरा र बुटवल सम्म पुगेको छ। साभार :- सेतो पाटी
No comments:
Post a Comment