अहिले दलित समुदाय अन्तर्गतका राजनीतिक कर्मीहरूले दलितहरूका लागि
क्षेतिपूर्तिको बारेमा धेरै कुराहरू उठाउंदै आएका छन् । झन् संविधानसभामा
सोचे जति व्यक्तिहरूको प्रतिनिधित्व नभएपछि त यो विषय उनीहरूले निकै
रातो–तातो ढंगले उठाइरहेको देखिन्छ । तर प्रस्तुत गरिएको क्षेतिपूर्तिको
सवाल सम्पूर्णतामा नभएर अंशमा मात्र सीमित रहेको छ । अर्थात उनिहरूद्वारा
उठाइने क्षेतिपूर्तिको सवाल प्रायजसो आर्थिक, सामाजिक र साँस्कृतिक
क्षेत्रमाभन्दा राजनीतिक क्षेत्रमा बढी सीमित रहेको देखिन्छ । राजनीति सबै
नीतिहरू मध्येको मूल नीति हो । यस क्षेत्रमा प्रतिनिधित्व र पहुँच सबैका
लागि आवश्यक हुन्छ ।
तर यो मुद्धा उठाउदा जनतासमेतको चासो र सहभागितामा उठाइयोकि सीमित राजनीतिक कार्यकर्ता पंत्तिको चासो र सहभागितामा उठाइयो यसमा ध्यान दिनु जरुरी हुन्छ । जुन सुकै समुदायका माग र नाराहरू त्यो समुदायका जनताले आफ्नो सरोकारको विषय ठानेनन् भने त्यो माग र नारा जनताको माग र नारा बन्न सक्दैनन । आज दलितहरूका लागि क्षेतिपूर्तिको माग र नारा राजनीतिक क्षेत्रमा मात्र हो कि, समाजका अन्य क्षेत्रमा पनि हो ? युगौंदेखि दलित समुदायमाथि लादेको छुवाछूत र भेदभावको प्रथाले यो समुदायको राजनीतिक क्षेत्रमा मात्र क्षेति पु¥यायो कि अन्य अङ्गमा पनि क्षेति पु-यायो ? दलित समुदायको समस्याको समधान राजनीतिक क्षेतिपूर्ति मात्र हो कि अन्य क्षेतिपूर्तिको सवाल पनि हो ? यसको सही जवाफ खोज्ने तिर लाग्नु अहिलेको आवश्यकता देखिन्छ ।समाजमा जुनसुकै मान्छेले जातपात र छुवाछूतको अवस्था भोग्नुपर्दा या एक खाले बहिष्कारको अवस्थामा बाँच्नु पर्दा उसको सर्वस्व हरण हुन्छ । उनिहरू सामाजिक सम्वन्धबाट त त्यसैउसै कट्नु पर्छ नै त्यसले आर्थिक सम्वन्धबाट पनि कट्नु पर्ने बाध्यता बनाउंछ ।
आर्थिक सम्वन्धबाट कटेपछि साँस्कृतिक सम्वन्ध पनि झन्–झन् कमजोर बन्दै
जान्छ । यसले समाजको सम्पूर्ण क्षेत्रबाट अर्थात राजनीतिक, आर्थिक,
सामाजिक, साँस्कृतिक सबै क्षेत्रबाट कट्नु पर्ने स्थिति हुन्छ । यो भएपछि
सबै कुरामा क्षेति, सबै कुरामा ह्रास, सबै कुरामा नोकसानीको अवस्था आउंछ ।
यसबाट नेपालका दलित समुदायको क्षेति राजनीतिक क्षोत्रमा मात्र नभएर समाजका
सवै क्षेत्रमा भएको छ भन्ने कुरालाई इङ्गित गराउंछ । हामीले दलितका
सम्वन्धमा राजनीतिक क्षेतिपूर्तिको कुरामा चाँहि जोड् दियौं तर अन्य सवालमा
चै जोड् दिएनौ भने दलित समुदाय सीमित व्यक्तिको राजनीतिक तुष्टिका लागि
धितोको साधन बन्न पुग्छ । एक किसिमले यो घर, जग्गा बैंकमा राखेर पैसा
निकाल्ने व्यवहार सरह हुन्छ । जसरी घर–जग्गालाई कसले धितो राख्दै छ र
त्यसबाट उसले के स्वार्थ पुरा गर्दै छ भन्ने कुरा थाह हुंदैन । त्यसै गरी
दलित समुदायका जनतालाई पनि कुन दलित अगुवाले कुन प्रयोजनका लागि आफूलाई
धितो राख्यो भन्ने कुरा थाहा हुंदैन । तसर्थ जनता बेखवर रहेर गरिने
मुक्तिका कुरा सीमित व्यक्तिको मुतिmमा गएर अड्किन्छ । हाल नेपालमा
करिव–करिव यस्तै खाले अवस्था उत्पन्न भएको छ ।
अहिले हामी १३ प्रतिशतको संख्यामा रहेका नेपालका दलित समुदायलाई वैंकरूपी विभिन्न राजनीतिक पार्टीमा धितो राख्दै राजकीय प्रतिनिधित्वको नगद भूक्तानी लिन खोजि रहेका त छैनौ ? हामीले राखेको राजनीतिक क्षेतिपूर्तिको कुरा १३ प्रतिशतको संख्यालाई अलि बढी मूल्यँंकन गराएर थप फाइदा लिन कोसिश गरिरहेका त छैनौ ? यी प्रश्नहरू सर्वसाधरण दलितहरूको दिमागमा उठ्यो भने आन्दोलनको भविश्य त्यति राम्रो हुंदैन । अव हामीले राजनीतिक क्षेतिपूर्तिको सवालसंगै दलितको जीवनसंग जोडिएका अन्य क्षेतिपूर्तिको सवाललाई पनि बेजेड्कासाथ उठाउनुपर्छ । सदिऔं देखि राज्य र समाजले अछुत बनाएर राख्दा दलित समुदायलाई मनोवैज्ञानिक पिडा कति भयो होला ? त्यसले उसको मानव विकासमा कति क्षेति पु¥यायो होला ? हलीया र बालीघरे जस्ता विभिन्न प्रथाबाट दलितको श्रम कति लुटियो होला ? सामन्तको जमीनमा भूदासको जीवन विताएका दलितहरूले त्यसको क्षेतिपूर्ति पाएका छन् ? वादी समुदायका महिलाहरूले सामान्य जीवन ज्युनका लागि देहव्यापार समेत गर्नुपदा हुन गएको क्षेतिका बारेमा हाम्रो आवाज बुलन्द भयो कि भएको छैन् ?

हिंउद लाग्यो शितलहरबाट मृत्यू हुने बर्षादको बेला बाढीले ज्यान जाने,
मधेसी दलितहरूले भोगनु परेको यस्तो दुर्दशाको क्षेतिपूर्तिको कुरा उठाउने
कि नउठाउने ? नाना र खानाको समस्याले सानै उमेरमा बनीबोतो गर्नु पर्ने
वाध्यताले दलितका बालवच्चाहरू अध्ययन गर्न पाएका छैनन्, यसको
क्षेतिपूर्तिका बारेमा हाम्रो ध्यान जाने कि नजाने ? घर भित्र प्रवेश गरेको
कारण दलितले मारिनुसमेत परेको छ, यसको क्षेतिपूर्तिका बारेमा हाम्रो आवाज
बुल्द हुन्छ कि हुन्न ? दलित र गैरदलितका बीचमा हुने विवहालाई समाजले
दुत्कारेपछि दाम्पत्य जोडीले आफ्नो थातथलो नै छाडेर हिंड्नु पर्ने अवस्था छ
यसबारेमा हामीले क्षेतिपूर्तिका कुरा गरेका छौं कि छैनौं ? उपरोक्त विषयमा
हाम्रो पर्याप्त ध्यान गयो भने राजनीतिक क्षेतिपूर्तिको माग सार्थक हुने छ
। अन्यथा राजनीतिक क्षेतिपूर्तिको माग आ–आफ्ना मनोरथ पुरागर्न उठाएका हुन
भन्ने कुरा दुनीयाले बुझ्ने छ । स्वभाविक हो राजनीति सत्ता प्राप्तीका लागि
गरिन्छ तर त्यो सत्ता आफ्ना लागि मात्र कि जनताका लागि पनि हो ? यसलाई
दुनीयाले नजर लगाइरहेका छन् । साथै दलित समुदायले हेरिरहेका छन् राजनीतिक
क्षेतिपूर्तिको माग पुरा भएपछि प्राप्त हुने १÷२ सिटले भोको पेट र नाङ्गो
शरीरमा बाँच्न विवश दलितहरूका लागि थप उपलव्धी के हुने छ ?
साभार :- एक्सप्रेश खबर
No comments:
Post a Comment