सित्तड (बैतडी), चैत्र २५ - सित्तड ५ डोलकी लक्ष्मी सार्की १४ वर्ष पुगिन् । तीन भाइ र दुई बहिनीमध्ये
उनी जेठी हुन् । गाउँकै विद्यालयमा ८ कक्षा पढ्दै गरेकी लक्ष्मीको गत
मंसिरमा बिहे भयो । विद्यालय पढ्दापढ्दै घरपरिवारले बिहे गरेपछि उनलाई
पढाइको चिन्ता लागेको छ । डोल गाउँमा २१ परिवार सार्की समुदाय बस्छन् ।
उनको मात्रै होइन लक्ष्मीको हाराहारी उमेरका छ जनाको बिहे भइसकेको छ ।
गाउँमा लक्ष्मी मात्रै होइन ६ कक्षामा पढ्दापढ्दै १३ वषर्ीया हजारी सार्की,
१५ वषर्ीया कलावती सार्कीको समेत बिहे भइसकेको छ । ज्यालामजदुरी र सामान्य
कृषि पेसाबाट जीवन निर्वाह गर्दै आएका यी परिवारमा वयस्क जति प्रायः सबै
निरक्षर छन् । कम उमेरमै बिहे भएपछि उनीहरू विद्यालय छाड्ने गरेका छन् ।
'सानै उमेरमा बिहे गर्ने परम्परा नै बनेको छ,' स्थानीय कमला सार्कीले
भनिन्, 'सानैमा बिहे गर्ने चलनले विद्यालय छाड्न बाध्य हुन्छन् ।'
सानैमा बिहे गरेकामा डोलमा धेरै छन् । बिहे गरेको केही समयपछि पारिवारिक जिम्मेवारी बढ्न थालेपछि विद्यालय छाड्ने गरेको स्थानीय लालु सार्कीले बताए । 'सानैमा बिहे गरिदिए पालन पोषणको जिम्मेवारी घट्छ भने बुहारी भित्रिएपछि घरायसी काममा सजिलो हुन्छ,' लालुले भने, 'आर्थिक अवस्था कमजोर भएका कारण पनि चाँडै बिहेवारी गरेर जिम्मेवारी कम गर्न चाहन्छन् ।'
बिहेपछि थोरैले मात्र पढाइलाई निरन्तरता दिन्छन् । पारिवारिक जिम्मेवारी बढ्न थालेपछि कामको खोजीमा युवाहरू भारत जाने गरेको गोमती सार्कीले बताइन् । बिहेपछि युवाहरू भारत पलायन हुँदै आएका छन् । महिलाले घरधन्दा सम्हाल्छन् । बुवाबाजेको पालामा डोकाडालो र छालाका सामान बनाएर गुजारा गर्दै आए पनि अहिले यो पेसाले धान्न सक्ने अवस्था नभएपछि विदेशिने बाध्यता आएको स्थानीय सुनाउँछन् ।
खेतीयोग्य जमिनको अभाव र छालाका सामग्री बनाउने परम्परागत पेसाले खर्च धान्न नसक्दा सार्की समुदायमा बिदेसिने क्रम बढन थालेको हो । निगालो र छाला पाउन मुस्किल भएपछि उनीहरू वैकल्पिक पेसाका रूपमा खर्च जुटाउन भारत जान थालेका हुन् । आधा घन्टा दूरीमा उच्च मावि भए पनि डोलमा प्राथमिक तह पार गर्नेको संख्या थोरै छ । विद्यालय छोड्ने क्रम जारी रहेको छ । २१ परिवारमा अहिलेसम्म एक जनाले मात्रै एसएलसी पास गरेका छन् । ३ घन्टाको दूरीमा रहेको गोकुलेश्वर बहुमुखी क्याम्पस स्नातक पहिलो वर्षमा अध्ययनरत रमेश सार्की मात्रै गाउँमा सबैभन्दा बढी पढेका हुन् ।साभार : कान्तिपुर

No comments:
Post a Comment