काठमाडौ, वैशाख १९ -
हामी बस्तीबारे थप जानकारी संग्रह गर्न थाल्यौं र फोटो खिच्न थाल्यौं । ँकिन खिच्या ? हाम्रा फोटा लगेर काठमान्डुमा बजेट खानलाई ?’ मातेको एउटा मान्छेले हामीलाई झम्टिउँलाभै गर्यो । सुदूरपश्चिमाञ्चल, बझाङको सदरमुकाम चैनपुरमा चैनहीनताका धेरै कथाहरू छन् । विकास/समृद्धि/सुख अभाव, छ्याप्छ्याप्ती महँगी, धेरै टाढाबाट बेवास्ता गरिरहेको सरकार, प्राकृतिक प्रकोपको भय, समान जीवनका असमान स्तरहरू आदि आदि । वर्षौर्ंदेखि सिलसिला भएर आएका यी तमाम पीडाबीच हामी चैनपुरको मध्यबस्तीमा पुग्दा केही दिन मात्र भएको रहेछ एउटा होर्डिङबोर्ड हटाइएको, जसमा लेखिएको थियो रे- यो देहव्यापार निषेधित क्षेत्र हो । स्थानीय साथी वसन्तले चिनाए, 'यो बादी समुदायको बस्ती हो ।'
त्यसपछि हामी बस्तीबारे थप जानकारी संग्रह गर्न थाल्यौं र फोटो खिच्न थाल्यौं । 'किन खिच्या ? हाम्रा फोटा लगेर काठमान्डूमा बजेट खानलाई ?' मातेको एउटा मान्छेले हामीलाई झम्टिउँलाभै गरेर यसो भनेपछि क्यामेरा बन्द गरियो । त्यसपछि हामीले उनीहरूलाई आफूहरू यहाँ आउनु र फोटो खिच्नुको कारण बताएर सम्झायौं । 'त्यसो भए ठीकै छ, पत्रकार रहेछन्' भनेर पदम बादीले अरूलाई पनि सम्झाएपछि हामीलाई औसत अनुमति मिल्यो । र, बुभन थाल्यौं सदरमुकाममै रहेको यो बस्तीको वस्तुस्थिति ।
हामी बस्तीबीचमा उभिएका छौं । भग्नावशेषजस्तै गुजुमुज्ज परेको छवटा घर, एउटै शौचालय छैन, पानी नआउने टुटी खुस्किएको एउटा धारो, यत्रतत्र फालिएका पुराना कपडाहरू र अन्त कतै नमिलेको दुर्गन्ध व्याप्त हावा । असरल्ल केटाकेटी र मातेर लड्खडाएका पुरुषहरू । गाला र ओठमा असाध्यै टाटा बस्ने गरी मेकअप गरी उभिएका महिलाहरू । हाम्रो आँखाले पहिलो दृश्यमा चैनपुरको बादी बस्तीलाई यसैगरी ठम्याएको हो ।
'गाँस, बास र कपासकै ठेगान छैन । शिक्षा, स्वास्थ्य अरू के के हो हामीलाई केही सुन्नु पनि छैन । हामी बजारका धनीमानीहरूको ट्वाइलेट सफा गर्ने काम गर्छौं,' पदम बादी यस समुदायका अगुवाले भने । वरिपरिका चार घरलाई संकेत गर्दै उनले भने, 'चारवटा घरलाई हामीले बाँडीचुँडी ६ घर बनाइएका छौं अनि यत्तिमै बस्छौं १६ परिवारका ६५ जना । जमिन २ सय ६० वर्गमिटर छ, यो पनि हाम्रा नाममा छैन ।' उनका अनुसार उनीहरूलाई यहाँको समाजले संस्कारविपरीतका पात्रको रूपमा चित्रित गर्छ र त्यसैअनुसार व्यवहार गर्छ ।
हामी यी घरहरू हेर्न थाल्यौं । कस्तो रहेछ भने एकै घरमा चार परिवारसम्म खाने बस्ने सुत्ने गर्दारहेछन् । 'घरमा छानो छैन । यो हिउँद त जसोतसो जान्छ नै, बर्खामा हामी मरीमरी बाँचेका हुन्छौं,' यो निर्मलाको भनाइ हो । उनीहरू यौनधन्दाका 'आरोपी' हुन् । उनीहरूकै शब्दमा चाहिँ बाध्यताका
आरोपी । 'बाँच्नैलाई चाहिने कुरा पनि पूरा गर्न पनि नसकेपछि के गर्नू ? त्यही भएर हामीले बोर्ड झिकेर फालिदिएका हौं,' एक वृद्धाले भनिन् ।
आयस्रोत केही छैन, शिक्षाबाट वञ्चित छ पूरै समुदाय । गरी खाने जमिन छैन । विभिन्नथरीका मानिसहरू आएर उनीहरूलाई जिस्क्याइरहेका हुन्छन् । 'तिमेरलाई के समस्या छ ? हामी दिन्छौं भन्छन् । कोही तालिम दिन्छौं भन्छन्, कोही डाटा उतारेर जान्छन् तर हाम्रा दिन उस्ताको उस्तै,' सुरेन्द्र बोले, 'काम कोही दिंदैन, ओत लाग्ने छानो कोही दिंदैन ।
न जमिन कसैले दिन्छ, न कसैले माया नै गर्छ । खालि हाम्रा डाटा र फोटा लिन मात्र आउँछन् मान्छेहरू ।' उनको बुझाइमा खेलौंनासरी भएको छ बादी समुदाय- 'जो आउँछ, खेलाएर जान्छ, जिस्क्याएर जान्छ ।' उनीहरू ठान्दा रहेछन्, बादी समुदायका नाममा धेरै पैसा आइरहेको छ र त्यो बीचैमा जान्ने सुन्नेले खाइरहेका छन् ।
उनीहरूको पीडादायी अवस्थाबारे थाहा पाएपछि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले प्रतिघर १० हजार रुपियाँका दरले राहतस्वरूप दसैं-तिहार खर्च दिएका थिए । उनीहरूका लागि दर्जनौंपटक तालिम र गोष्ठीहरू आयोजना भए । उनीहरू सहभागी भएर कहिले मसाज तालिम, कहिले सवारीचालन तालिम, सिलाइबुनाइलगायतका तालिमहरू भए । तर, सारमा बस्तीमा परिवर्तनको झिल्का पनि देखिएको छैन । र, यो उस्तै छ, उस्तै छन् मानिसहरू, कथाव्यथा केही परिवर्तन भएको छैन ।
बस्तीका शिक्षित सुरेन्द्र बादी २५ वर्ष पुगे । एसएलसी उत्तीर्ण गरेर पनि उनले थप अध्ययन गर्न सकेका छैनन् । उनीपछि अर्को कसैले एसएलसीसम्म अध्ययन गरेको पनि छैन । उनले यति उपलब्धिका लागि पनि आपनो थर बदल्नुपरेको सुनाए । भने, 'समाज र साथीभाइले घृणा गर्न थाले, गाह्रो भयो । त्यसपछि पढ्नका लागि मैले अरू नै थर लेखें ।' उनको जीवनको पीडा यति गहिरो छ कि, उनी जीवनमा कुनै एक दिन पनि खुसीको सञ्चार नभएको सुनाउँछन् । आपनो समुदायको हितमा केही काम गर्न चाहिरहेका उनले विभिन्न तालिमहरू पनि लिएका छन् । तर, कहीं कतै जागिर नपाएकाले त्यसै रल्लिएर दिन बिताउनुपरेको बताए ।
'कतै अलिकति जग्गाको व्यवस्था गरिदिएर वा यिनै घरका लागि भए पनि कसैले टिनको छानो हालिदिने हो भने हामी कति ढुक्कले सुत्न पाउँथ्यौं होला ?' उमेर ढल्किएकाहरू भन्दै थिए, 'हामी त बूढी भयो भयो हाम्रा केटाकेटीका लागि मात्रै भए पनि केही व्यवस्था गरिदिए हुन्थ्यो ।' समुदायमा अधिकांश बालबालिकाहरू भएकाले तिनका लागि पठनपाठनको प्रबन्ध नभएकामा उनीहरू गुनासो गर्दै थिए । त्यस्तै 'जस्तो भए पनि' रोजगारीको खोजी गरिरहेका उनीहरू समाजमा अरूजस्तै 'मान्छे' हुन पाए ? भन्दै थिए । अन्त्यमा उनीहरूले सामूहिक गीत गाएर सुनाए ः
'धनी खान्छन् मीठा र मसिना,
गरिबलाई रातदिन पसिना
हाम्लाई त सधैं रिनै रिन,
आपत् बिपत् के सुनाउँ हजुर आएन
गरिबका दिन'
यो गीतपछि हामी विह्वल सत्यको झझल्को बोकेर बेचैन चैनपुरको पहाडी काखबाट हिँड्यौं ।

साभार : कान्तिपुर
No comments:
Post a Comment