Friday, August 8, 2014

आमाको साउदीमा मृत्युदण्ड छोराको मुटुको भल्भ कस्ले टालिदेला ?

नबराज वि.क./दोहा,कतार
एउटा असहजताको जीन्दगी, सगै बाच्ने सगै मर्ने कसम खाएर जो सामाजिक परम्परा अनुसार विवाह भएको लोग्ने को माया बाट बञ्चित हुन्छे अनि उसै बाट हेला र तिरस्कारको पात्र भएर जीउन बाध्य हुन्छे तिन विसा पार गरेका बृद्ध बाबाआमाको बलेसीमा जीउने सहारामा ७ बर्षे अपाङ्ग छोरो को फाटिएको ओठ अनि मुटुको भल्भमा परेको प्वाल लाई टाल्न अलवा विहान बेलुकाको जोहो गरी कष्टकर जीवन त्यतिवेला शुरु भए, जति बेलै जीवनको कालो बादलको भुमरी मडारीरहेको सुनिता(शोभा) परियार को जीबन आफैमा कहाली लाग्दो घटना को शुरुवात हुदै आज सात समुन्द्रपारी विरानो भुमिमा रेटिएर मृत्युदण्डको शिकार त्यसै पक्कै भएको होइन् ।
जति बेला आमाको शितल माया र छाहरीमा रमाउने बेलाको छोरा लाई छोडेर मनभरीका सपना अनि रहरहरु लाई भावरको साघुमा विसाएर जीवनका अनगिन्ति चोटहरु लाई सर्घषमा बदल्दै झिनो आशाहरु लाई सगालेर दलालीको प्रलोभन भनौ वा नियतिको खोट नै जहाँ जानु हुदैन थियो त्यही को यात्रा तय भो, अनि बाटो त्यही बिराइन जुन भारतिय मार्गको प्रयोग अनि महिलाको लागी प्रतिबन्धित ठाउ साउदी अरेविया को यात्रा । सामन्य परिवारमा जन्मेकी शोभा जीवन लाई दुःख सुख राम्रै सग भोगेकी थिइन् ।
जीवनमा जस्तै आपतिमा पनि केही आशाहरु जगाउदै जान्थिन परिश्रम र लगनशिलताले नै प्रमाण तह उत्तिर्ण गर्न सफल भएकी थिइन् भने गाउकै स्थानीय विधालयमा निजि स्रोतमा शिक्षिकाको रुपमा झण्डै छ बर्ष विताइ सकेकी थिइन् । स्थायी कोटाका शिक्षकको आगमन सगै त्यहाँ जागिर बाट हात धुनु परे पछि भने निर्थक जिवनमा छोराको भविष्यले दिन रातै चिन्तित रहिन । श्रीमानले अर्कै सग विहे गरेर बसे पछि छोरो लिएर माइतीमा बसेकी शोभा को पारिवारिक जीवन सुखद एउटा संयोग मात्र रह्यो । अहिले १२ बर्ष पुगी सकेका दिवश (छोरा) लाई हुर्कान पालनपोषण को लागी मासिक दुई हजार दिने भनि सहमती गरे पनि आज सम्म न सुको पैसो नै दिए न छोराको हेरचाह नै गरेका छन् । यति खेर भने छोरा कक्षा पाच मा पढ्ने भइसकेका छन् । सन् २०१० को अप्रिलमा साउदी पुगेकी शोभा घरेलु कामदारको रुपमा कार्यरत भइन् । मालिक मालिक्नी दिन रातै कुट्ने हप्कीदप्की गर्ने गर्दै गर्दा एक दिन उनी माथि जब्बरजस्ती(बलत्कार) गर्ने प्रयत्न समेत भए पछि भने आबेगले अनियन्त्रित भई प्रतिकार गरेकी थिइन् ।
सन् २०११ जुलाई महिना मा घरैमा रहेको बच्चा माथि घटना घट्न पुगे पछि उक्त घटना आफु बाट नभई उनीहरुले नै गरेको तर तिन महिनामा घर पठाइ दिने बहानामा सहि छाप लगाउन लगाई अरबी भाषाको बोल्न ज्ञान भए पनि लेखेको के थियो त्यो नबुझ्दा सोझै सहिछाप लगाउन लगाएर फसाइको परिवार सग पटक पटक फोनमा जानकारी गराइ रहेकी हुन्थिन् । तर नेपाली राजदुतावास साउदी का राजदुत उदयराज पाण्डे ले टेलिफोन सम्बादमा भने परिवारजन लाई आशंका लाग्नु स्वभाविकै भएतापनि खासमा छानविनका रिर्पोटहरु तथा स्वयम् सुनिता परियारले गल्ति लाई साउदीको हरेक निकायहरु प्रहरी प्रशान अदालत सम्म सरासर हरेक ठाउमा स्वीकार गरे पछि घटनाले फरक मोड लिएको बताए ।
गल्ति गरी सकेको प्रमाणित भइसके पछि उनको गल्ति लाई माफी छुट वा सजाए लाई कम्ति गर्नको लागी दुताबासले हरसम्भब विधि लगाएता पनि उक्त शोभा परियारको हात बाट मारिएको बच्चाको परिवारले ब्लडमनि तथा अन्य कुनै पनि चिज स्वकार गर्न नमाने पछि अरार नगरका गर्भनर स्वयम् ले प्रयास गरेका थिए भने दुताबासले समेत लागी परिरहेका थियौ तर असफल भयौ अत्यन्तै दुखित महशुस गरिरहेका छौ भन्दै अब यस घटनामा त्यस्तो कुनै किसिमको विमा नभएकाले क्षतिपुर्ति पाउने सम्भावना नरहेको जनाउदै सरकार बाट बच्चाको भविष्यको लागी केही राहत उपलब्ध गराउन पहल गर्ने छौ भने । गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिती मध्यपुर्व सह–संयोजक पुर्ण केसी भन्छन् जे जस्तो कारणले घटना भएकोभएता पनि प्रवासमा नेपाली चेली को मृत्युदण्ड ले अत्यन्तै स्तब्ध बनाएको छ ।
यस अवस्थामा अब मृत्युदण्ड नै भइसकेकाले ज्यान त बचाउन सकिएन तर पनि उनको बालबच्चाको भविष्यको लागी संस्था ले पनि आफ्नो तर्फ बाट सहयोग गर्ने छ भने सरकार लाई समेत ध्यानर्कषण गराउने छ । “हुने हार दैव नटार”भने झै सोमबार विहान नेपाली दुताबास रियाद देखी झण्डै १३सय कि.मी दुरी मा रहेको अरर नगरमा साउदीको कानुन बमोजिम घाटी रेटेर मुत्यु दण्ड दिइयो । त्यहाँ को परम्परा अनुशार उनको शव लाई गाडिएकाले नेपाल समेत अब नआउने पक्का भएको छ ।
शोभा की बहिनी रेखा परियारले भन्छिन् आइतबार मात्रै घरमा आमा बाबा सँग फोनमा कुरा गर्दै हुनुहुथ्यो । नियतिले पनि गरिबीको निउ पारेर संसार चुडाएर लग्यो । यति खेर न शोभाको छोरो राम्रो सग बोल्न सक्छ न त स्वस्थ शरीर लिएर ने हिड्न बेसाहारा छोरा दिवसको मुटुको भल्भमा परेको प्वाल लाई टाल्ने आमा को सपना अधरो रह्यो ।

No comments:

Post a Comment