९ भदौ, कपिलवस्तु । दलित युवकले अन्तरजातिय विवाह गर्दा कपिलवस्तुमा तीन दलित परिवार विस्थापित भएका छन् ।
कपिलवस्तुको लवनी-५ का २१ वर्षीय विनयकुमार हरिजन र सोही स्थानकी १९ वर्षीया सीता चौधरीले गत साउन २१ गते भागेर विवाह गरेका थिए । विनयकुमार र सीताले भागी बिहे गरेपछि हरिजनका आफन्त विस्तावित भएका हुन् ।
केटी पक्षका परिवारले धम्की दिँदै केटाको घरमा ताला लगाएपछि हरिजानका काकाका परिवार गाउँ छोडेका छन् । तीन परिवारका १६ जना थिए ।
प्रहरीकै अगाडि युवती परिवारले आक्रमणको प्रयास गरेपछि असुरक्षा महसुस भएको हजिनका काका रामनेवास हरिजनले बताए ।
आफु र आफ्नो परिवारलाई लुकाउँदै हिडेको ३ दिन भइसक्दा पनि प्रहरीले पनि सहयोग नगरेको उनको गुनासो छ । उनले भने-’प्रहरी कै अगाडि ढुंगा-मुढाले आक्रमणको प्रयास गरेपछि प्रहरीले पनि घर छोडेर जान भन्यो ।’
अन्य परिवार कहाँ छन् भन्ने प्रश्नमा उनले युवती परिवारको धम्कीपछि सबै घर छाडेर हिँडेको तर, कहाँ छ भन्ने बारे आफुलाई केही थाहा नभएको उनले बताए ।
विनयकुमार हरिजनकी काकी गीता हरिजनले भनिन्-’प्रहरी कार्यालय गयो भने उल्टै भतिजालाई उपस्थित गराउनु भन्छन् । केटाकेटी कहाँ छन् भन्ने हामीलाई थाहा नभएपछि कहाँ बाट युवा युवतीलाई उपस्थित गराउने त ।’
इप्रका पकडीका इन्चार्ज एवं प्रहरी निरीक्षक श्रीराज कुँवरले प्रहरीले भने केटाकेटीको खोजी भइरहेको बताए । उनले केटाकेटी राजीखुसीले विवाह गरेको भए घरमा बास्दा सुरक्षा दिन आफू तयार रहेको बताए ।
नन्दनगर माविको कक्षा १० मा अध्ययनरत विनयकुमार फेल भएर पुनः परिक्षाको तयारीमा थिए भने सीताले श्री छत्रपाली तिर्था देबि उच्च मा.बि. पकडीमा ११ मा पढि्थन् ।
No comments:
Post a Comment