नुवाकोट, ११ भदौ
नुवाकोटको राउतवेंसी गाविसका दुई बालिकाको भारतमा बिक्री गर्न लैजाँदै गरेको अवस्थामा उद्धार गरिएको छ । भारतमा बेच्न लैजादै गर्दा पश्चिमी सीमा नाका गड्डाचौकीबाट उद्धार गरिएको छ ।भारतीय सहर नया“दिल्लीमा बेचबिखनका लागि लैजाँदै गर्दा राउतवेंसी गाविस–८ का १४ वर्Èिया लक्ष्मी नेपाली र वडा नम्बर ४ की नौ वर्Èीया विष्णुमाया नेपालीलाई गड्डाचौकी प्रहरीले उद्धार गरेको हो ।
उनीहरूलाई नुवाकोटकै दुई युवकले नया“दिल्ली बेच्न लैजाँदै गरेको खुलेको छ । बालिका बिक्रीका लागि गाउँबाट भगाएर लैजानेहरूमा राउतवेंसी गाविस–४ का २६ वर्Èीय कुमार नेपाली र वडा नम्बर ८ का पुष्कर परियारलाई प्रहरीले भारतीय सहर बनबासाबाट पक्राउ गरेको छ । रासस
No comments:
Post a Comment